पोखरा । कास्कीका १९ र बाग्लुङका एक जना गरि २० जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
प्रदेशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार कास्कीमा संक्रमण पुष्टि भएका मध्य एक जना रुपा गाउँपालिकाका एक छन् भने अरु सबै पोखराका महानगरपालिकाको विभिन्न वडा हुन् । यस्तै बाग्लुङको बाग्लुङ नगरपालिकाको वडा नं. ७ का एक जना छन् ।
यो सहित हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १४ हजार ४४१ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







