पोखरा । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १४ हजार ५८८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या बढेको हो । सोही अवधीमा प्रदेशका ८२ जना कोरोनामुक्त भएका छन् । यो सहति हालसम्म कोरोनामुक्त हुनेको संख्या १३ हजार ३८३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार पछिल्लो क्रममा थपिनेमा कास्कीका ३२, नवलपुर वर्दघाट सुस्ता पूर्वका १४, तनहुँका ७, स्याङ्जा र लमजुङका २—२, बाग्लुङ र म्याग्दीका १—१ जनामा छन् । ३०२ जनाको ३०२ जनाको पिसिआर परीक्षणमा उनीहरु थपिएका हुन् । थपिएका मध्य ३७ पुरुष र २२ महिला छन् ।
अब प्रदेशमा एक हजार १३ जना सक्रिय कोरोना संक्रमित आइसोलेसनमा छन् । तीमध्य ८६८ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।
त्यस्तै कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएसंगै प्रदेशभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १९२ पुुगेको निर्देशनालयले अध्यावधिक गरेको विवरणमा भनिएको छ
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







