पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट स्याङ्जाका एक वृद्धको मृत्यु भएसंगै प्रदेशमा मृतकको संख्या बढेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
गत पुस १३ गते कोरोना संक्रमण पुष्टि भएका स्याङ्जाको चापाकोट नगरपालिका–६ का ७७ वर्षिय वृद्धको उपचारका क्रममा सोमबार विहान ५ः४५ बजे पोखराको गैह्रापाटनस्थित फिस्टेल अस्पतालमा मृत्यु भएको निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए ।
उनमा कोभिड निमोनिया, उच्च रक्तचाप लगायतका समस्या थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







