कार्तिक १२ पोखरा । पोखराको पुम्दीभुम्दीमा भएको माइक्रो बस दुर्घटनाका घाइतेहरुको परिचय खुलेको छ ।
पोखरा–१७ छोरेपाटनबाट पोखरा–२२ शान्तिस्तुपातर्फ जाँदै गरेको पोखरा यातायात प्रालिको ग १ ख ८५८५ नम्बरको बस दुर्घटनाका घाइतेहरुको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनामा घाइतेमध्य तीन जनाको अवस्था गम्भीर, ४ जनाको अवस्था मध्यम र बाँकी सबै जनाको अवस्था सामान्य रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक प्रा.डा. भरत बहादुर खत्रीले जानकारी दिए ।
अस्पतालका अनुसार पोखरा–१७ का उत्तम बहादुर गुरुङ (५७), पोखरा–३१ का बुद्धिराज सुवेदी (३५) र काठमाण्डौंकी रिमा कार्की (४९) को अवस्था गम्भीर छ ।
पोखरा–१७ की अनिता थापा (३१), सोही ठाउँकी राधिका थापा (६१),पोखरा–१५ कि बिनिता न्यौपाने (१६) र काठमाण्डौंकी बिनिता पराजुली (२८)को अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । घाइतेहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, रामघाट पोखरामा उपचार भइरहेको छ ।
यस्तै पोखरा–१७ की गिता गुरुङ (४२),सृष्टी गुरुङ (१३), दक्षिता गुरुङ (८), सुवास गुरुङ (४), पोखरा–८ का विनम शेर्पा (५४), सिता शेर्पा (३३), पोखरा–१५ कि विनिता न्यौपाने (१५), सोही ठाउँका बिशाल न्यौपाने (१८), पोखरा–३१ कि सुमित्रा तिवारी (३०), पोखरा–२६ का अजय त्रिपाठी (१३), पोखरा–७ की सिता गुरुङ (४५), यस्तै तनहूँका तारा पराजुली (५३), सुरक्षा रिमाल (२६), ग्रेसी थापा ( ९), कल्पना सिग्देल (३७), रहेका छन् ।

यस्तै काठमाण्डौंका नमन भट्टराई (४४), सुशन पौडेल (२०), रेखा बस्नेत (५१), समर बस्नेत (१२), चन्द्रमा पौडेल (४३), प्रभा पराजुली (६२), चन्द्रप्रसाद पराजुली (५५), सुरेश निरौला (४४), इन्सु निरौला (११), विवेक शर्मा (२४), रोश्मी बस्नेत (१९) घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका वर्ष ७३ का मनगति सुनारको ठेगना खुल्न सकेको छैन ।
पोखरा यातायात प्रालिको सो बस शान्ति स्तुपाहुँदै महादेव मन्दिरका लागि यात्रु लिएर जाँदै गरेको घैयाखेत एरियामा भिरबाट लगभग २० मिटर तल खसेको कास्की प्रहरीले जनाएको छ ।
पोखराको छोरेपाटनदेखि शान्ति स्तुपातर्फ जाँदै गरेको बस दुर्घटना, ३५ घाईते, ७ को अवस्था गम्भीर
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







