पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १४ हजार ८३६ पुगेको छ ।
पछिल्लो पटक प्रदेशका कास्की सहित ४ जिल्लाका २५ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या बढेको हो ।
थपिएका संक्रमित मध्य कास्कीको पोखरा महानगरपालिकाका २१ जना छन् । यस्तै लमजुङको बेशीसहर, पर्वतको कुस्माका २ जना, म्याग्दीको बेनी नगरपालिकाका १–१ जना छन् ।
उनीहरुको लाइफ केयर एण्ड डायग्नोष्टिक प्रा.लि.मा पिसिआर परीक्षण गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







