तराईमा बाक्लो कुहिरो, गण्डकी प्रदेशमा मौसम सफा


     एभरेस्ट आवाज    
     पौष २४ गते २०७७ मा प्रकाशित




देशको तराईका भू–भागमा आज (शुक्रबार) बाक्लो कुहिरो लागेको छ।

मौसमविदहरुका अनुसार चिसोका कारण बाक्लो कुहिरो लागेको हो। दिउँसोपछि कुहिरो हटेर घाम लाग्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन्।

तराईमा आज चर्को घाम भने लाग्ने संभावना छैन्। सुदूरपश्चिम र प्रदेश १ मा आज दिनभर बादल लाग्ने बताइएको छ। रातिदेखि फेरि प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य बदली हुने संभावना छ।

यता, गण्डकी प्रदेश लगायत अन्य ठाउँमा भने मौसम सामान्यतया सफा रहने बताइएको छ। केही दिन यता यस प्रदेशको मौसम सफा रहेको छ। त्यस्तै, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानूमान महाशाखाका अनुसार आज (शुक्रबार), पोखराको अधिकतम तापक्रम २४ दशमलव ८ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ९ दशमलव १ रहने अनुमान छ।

यसैबीच काठमाण्डौ उपत्यकामा हिजोभन्दा आज चिसो बढेको छ। आज बिहान काठमाण्डौ उपत्यकाको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ। हिजो बिहान काठमाण्डौको तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो। दिउँसो फेरि घटेर ५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो। बादल हटेर आकाश खुलेकाले चिसो बढेको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।