पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ७१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
सोही अवधीमा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार २५५ जनामा गरिएको कोरोना परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका मध्य सबैभन्दा बढी कास्कीका २० जना छन् । यस्तै तनहुँका १२, बाग्लुङका ९, लमजुङका ३ र स्याङ्जाका २ जनामा संक्रमण पाइएको छ ।
योसहित हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १४ हजार ९२२ पुगेको छ । तीमध्य १३ हजार ९८५ जना कोरोनामुक्त भएको निर्देशनालयद्वारा अध्यावधिक विवरणमा उल्लेख छ ।
अव प्रदेशभर ७४२ जना कोरोना सक्रिय संक्रमित छन् । यस्तै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, बैशाख २१ पोखराको चिप्लेढुंगामा एलभिडी ब्राण्डको शाखा खुलेको छ । पोखरा…






