पोखरा । गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १५ हजार ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या बढेको हो ।
पछिल्लो क्रममा थपिएका संक्रमित मध्य कास्कीका १९, तनहुँका २ र पर्वतका एक जना छन् । थपिएका मध्य १३ जना पुरुष र ९ जना महिला भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
सोही अवधीमा ४१ जना कोरोना भाइरसमुक्त भएका छन् । हालसम्म १४ हजार २१९ जना कोरोनामुक्त भएका छन् ।
अब प्रदेशभर ६२६ जना सक्रिय संक्रमित छन् । तीमध्य ५४८ होमआइसोलेसन छन् ।
गण्डकी प्रदेशभर कोरोना भाइरस संक्रमणबाट १९६ जनाको मृत्यु भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







