पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
सोही अवधीमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
प्रदेशका १३३ जनामा गरिएको पिसिआर परीक्षणमा कास्कीका २८, लमजुङका ८, बाग्लुङ र म्याग्दीका ३–३ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जानएको छ ।
निर्देशनालयले जनाए अनुसार गण्डकी प्रदेशभर हालसम्म १५ हजार ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो मध्य १४ हजार २९२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
अब प्रदेशभर ५९९ जना सक्रिय संक्रमित छन् । तिमध्य ५१८ जना होम आइसोलेसनमा छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । यो सहित कोरोना भाइरस संक्रमणबाट १९७ जनाको ज्यान गएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







