पोखरा । गण्डकी प्रदेशका कास्की, स्याङ्जा र तनहुँका थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षण रिपोर्टमा उनिहरुमा कोरोना भाइरस संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले शनिबार विज्ञप्तीमार्फत जनाएको छ ।
निर्देशनालयका अनुसार आज पछिल्लो क्रममा थपिएका संक्रमितमध्य कास्कीको पोखरा महानगरपालिकाका ८ जना, स्याङ्जाको बिरुवाका २ जना र तनहुँको भिमादका एक जना छन् ।
यो सहित गण्डकी प्रदेशभर हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १५ हजार १२८ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







