पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनको संख्या २०२ पुगेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल अन्र्तगतको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई जनाको बुधबार विहान मृत्यु भएसंगै मृतकको संख्या बढेको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकरी अनुसार कोरोना भाइरस संक्रमणबाट पोखरा २९ की ३५ वर्षिय महिलाको बुधबार बिहान मृत्यु भएको छ । गत पुस २९ गते कोरोना संक्रमित भएकी उनको आज बिहान ६ बजे उपचारकै क्रममा मृत्यु भएको हो ।
यस्तै सोही अस्पतालमा उपचाररत स्याङ्जाको बिरुवा–५ की ७० वर्षिया बृद्धाको पनि आज बिहान मृत्यु भएको छ । उनमा माघ ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिड निमोनियाको समस्या भएकी उनको आज बिहान ७ बजे मृत्यु भएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







