पोखरा । गण्डकी प्रदेशमा हालसम्म १४ हजार ६०७ जना कोरोना भाइरस संक्रमणमुक्त भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लाका थप ३९ जना कोरोना भाइरस संक्रमणमुक्त भएसंगै यो संख्या बढेको हो ।
यस्तै सोही अवधीमा थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा २७५ जनाको नमुना पिसिआर परीक्षण गर्दा उनिहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको निर्देशनालयले जारी गरेको कोभिड–१९ सम्बन्धी अध्यावधिक विवरणमा उल्लेख छ । आज संक्रमण पुष्टि भएका मध्ये ३० जना पुरुष र १० जना महिला छन् ।
जसमा थपिएका संक्रमित मध्ये कास्कीका २७, तनहुँका १०, बाग्लुङका २ र पर्वतका एक जना हुन् ।
यो सहित प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १५ हजार २६४ पुगेको छ ।
अब, प्रदेशमा ४५५ जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् । ति मध्ये ४३१ जना होम आइसोलेसनमा र बाँकी संस्थागत आइसोलेसनमा रहेको निर्देशनालयद्वारा अध्यावधिक विवरणमा उल्लेख छ ।
गण्डकी प्रदेशको कास्कीमा सबैभन्दा बढी ३ सय, तनहुँमा ४०, लमजुङमा ३६, बाग्लुङमा ३१, नवलपुरमा १६, स्याङ्जामा १५, म्याग्दीमा १०, पर्वतमा ३, मुस्ताङ, मनाङ र गोरखामा सक्रिय संक्रमितको संख्या शून्य छ ।
प्रदेशभर कोरोना संक्रमणबाट २०२ जनाको ज्यान गुमेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमणबाट कास्कीमा १११, बाग्लुङमा ३१, तनहुँमा २४, नवलपुर वर्दघाट सूस्ता पूर्वमा २२, स्याङ्जामा १७, गोरखामा ९, पर्वत र म्याग्दीमा ३–३ जनाले ज्यान गुमाएको निर्देशनालयले जनाएको छ ।
हालसम्म प्रदेशभर एक लाख २५ हजार ४० जनाको पिसिआर परीक्षण गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







