साउन ६ पोखरा । पोखराको सभागृहमा फरएभर ग्रिन एजुकेशन कन्सल्टेन्सी सञ्चालनमा आएको छ । आइतबार उक्त कन्सल्टेन्सीको सुरुवात गरिएको हो । कन्सल्टेन्सीका स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) भिसा अन्तर्गत जापान जान चाहनेहरुका लागि लक्षित गर्दै कन्सल्टेन्सी सञ्चालनमा आएको सञ्चालन तथा प्रशिक्षक विनोद रानाभाटले जानकारी दिए ।
उनका अनुसार १८ वर्षभन्दामाथिका युवाहरु जो जापान जान चाहन्छन्, उनीहरुले स्पेसिफाइड स्किल्ड वर्कमा एप्लाई गर्न सक्नेछन् । औपचारिक शैक्षिक प्रमाणपत्र नभएपनि कुनै क्षेत्रमा स्किल भएको तथा जापानीज भाषा ४ लेभल पास गरेकाले एप्लाई गर्न सक्ने रानाभाटले सुनाए । कन्सल्टेन्सीले भाषा कक्षा पनि सञ्चालन गरिरहेको उनको भनाई थियो ।
जापान सरकारले नेपाल लगायतका देशहरुबाट स्किल्ड वर्क कामदार भित्र्याउन विभिन्न देशसँग एसएसडब्लु सम्झौता गरेको छ । सोही भिसा अन्तर्गत आफूहरुले न्यूनतम शुल्कमा नेपालीलाई जापान पठाउने अर्की सञ्चालक लक्ष्मी कोइरालाले जानकारी दिइन् । कोइरालाका अनुसार १० वर्ष बढी जापान बसेर फर्केका ४ साथीहरुले कन्सल्टेन्सी खोलेका हुन् । विनोद रानाभाट, लक्ष्मी कोइराला, शिल्पा पुन मगर र मञ्जु थकाली मिलेर कन्सल्टेन्सी सञ्चालकमा ल्याएका हुन् । उनीहरुले आफूहरुले जापान बाहेक अन्य देशका लागि काम नगर्ने बताए ।
‘एसएसडब्लुसँगै हाम्रो कन्सल्टेन्सीले जापानको भिजिट भिसाका लागि पनि काम गर्छ । त्यो बाहेक अहिले अन्य देशका लागि काम गर्दैनौं,’ सञ्चालक कोइरालाले जानकारी दिइन् ।
जापान सरकारले एसएसडब्लुमा कामदार लगेर स्वदेश फर्किसकेपछि जापानमा ‘अन द जब’ तालिम मार्फत हासिल गरेको सीप र ज्ञान साझा गरेर अन्तर्राष्ट्रिय योगदान प्रदान गर्ने लक्ष्य लिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







