फाइल तस्विर
पोखरा । नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम हुने भएको छ ।
महासंघको ९ औं वार्षिकोत्सवको अवसरमा प्रदेश समन्वय समिति, गण्डकी प्रदेश तथा कास्की जिल्ला संघको संयूक्त आयोजना तथा सिटिजन फर्निचर फर्निचरसँगको सहकार्यमा भोलि उक्त कार्यक्रम गर्न लागिएको हो ।
“रक्तदान जीवनदान, जीवनदान महादान, रक्तदान गरौं पुण्य कमाऔं” भन्ने नाराका साथ भोलि (मंगलबार )पोखराको न्यूरोडस्थित सिटिजन फर्निचर फर्निचर परिसरमा खुल्ला रक्तदान कार्यक्रम गरिने सिटिजन फर्निचरका प्रोपाइटर दीपक कार्कीले जानकारी दिए ।

प्रादेशिक रक्तसञ्चार सेवा, पोखराको प्रविधिक सहयोगमा बिहान ८ बजे देखि बिहान ११ः३० बजेसम्म सञ्चालन हुने खुल्ला रक्तदान कार्यक्रममा उपस्थितीका लागि महासंघले सम्पूर्णमा आग्रह समेत गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







