भदौ १५ पोखरा । हाम्रो बहुउद्देश्यीय सहकारी लि. को २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
पोखरा – ८ न्यूरोडमा अवस्थित सहकारीको २५ औं वार्षिक साधरण सभा तथा २७ औं साधरण सभाको संस्थाका शेयर सदस्य विष्णु प्रसाद तिमिल्सिनाले उद्घाटन गरे । उनले सहकारीले वित्तिय अनुशासनमा रहेर काम गर्दै आएकाले कुनै शङ्का नगरी आर्थिक ढुक्क भएर कारोबार गर्न शेयर सदस्यहरूलाई आग्रह गरे ।
कार्यक्रममा संस्थाका सल्लाहकार तथा पूर्व अध्यक्ष युवराज त्रिपाठीले संस्थालाई नेपालकै उत्कृष्ट सहकारी रुपमा अगाडि बढाउने गृहकार्यमा लाग्न सम्पूर्ण शेयर सदस्य र सञ्चालक समितिलाई आग्रह गरे ।
निवर्तमान अध्यक्ष तथा सल्लाहकार उमनाथ बरालले संस्थाले उत्पादनशील क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल दिन सक्ने बताउँदै, सहकारीले ऐनकानुनको पालना गरी अगाडि वढ्नु पर्ने बताए ।
संस्थाका अध्यक्ष बसन्त राज अधिकारीले शेयर सदस्यहरूको हकहितलाई ध्यान मध्यनजर गर्दै आगामी कार्ययोजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
जिल्ला बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समितिका सदस्य दिपक घिमिरेले बहुउद्देश्यीय हिसाबले स्थापना भएको यस सहकारीले आफ्ना सदस्यहरूलाई उत्पादन मूलक कार्यमा लगाउन पर्नेमा जोड दिए ।
कार्यक्रममा शिक्षा उप–समितिका संयोजक कमला सुवेदी, शेयर सदस्यहरू कमल कोइराला, मनकुमारी गुरुङ,सरिता सिग्देल अर्याल लगायतले बोलेका थिए ।
सो अवसरमा उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट बचत कर्ता, माध्यमिक र स्नातक तहमा सर्वोकृष्ट हुने शेयर सदस्यका छोरा छोरीलाई पुरस्कृत गरिएको थियो ।
सभाले सचिव नरेश तिमिल्सीनाले प्रस्तुत गरेका सचिवको प्रतिवेदन, कोषाध्यक्ष पिताम्बर पराजुलीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, रकम परिचालन उपसमितिका संयोजक गणेश पहारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक राजु पौडेलले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।
वि.स २०५७ सालमा स्थापना भएको सहकारीमा १ हजार १ सय ३१ शेयर सदस्य जना रहेका छन । र्सस्थाले मा शेयर पुजि ५ करोड ३७ लाख रहेकोमा २३ करोड लागानी गरेका छन । सहकारीले आव ८०÷८१ ऋायकर २५ लाख ५० हजार बुझाइएको जानकारी सभामा गराइएको थियो ।
संस्थाका अध्यक्ष बसन्त राज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाश क्षत्रीले स्वागत संचालक सदस्य रिता देवी कडेलले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







