गण्डकी प्रदेशका ४४५ जना आइसोलेसनमा, कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १५ हजार ४ सय नाघ्यो


     एभरेस्ट आवाज    
     माघ १२ गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा सोमबारसम्म ४४५ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । तिमध्ये ४१७ जना होम आइसोलेसनमा छन् ।

निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीमा २९४ जना आइसोलेसनमा छन् । त्यस्तै लमजुङमा ३०, तनहुँमा ३३, नवलपुर बर्दघाट सुस्ता पूर्वमा १६, स्याङ्जामा १२, पर्बतमा १४, बाग्लुङमा ३४, म्याग्दीमा १२, जना आइसोलेसनमा छन् ।

निर्देशनालयका अनुसार गोरखा, मनाङ र मुस्ताङमा भने शून्य संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा आइसोलेसनमा रहेका ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

सोही अवधीमा २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको निर्देशनालयद्वारा गण्डकी प्रदेशको कोभिड–१९ सम्बन्धि अध्यावधिक विवरणमा भनिएको छ । आज थपिएका मध्ये १५ जना पुरुष र १२ जना महिला हुन् ।

प्रदेशका विभिन्न प्रयोगशालाहरुमा १८३ जनामा गरिएको पिसिआर परीक्षमा उनिहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । आज थपिने संक्रमित मध्ये कास्कीका २२ जना, बाग्लुङका २, लमजुङ, पर्बत र म्याग्दीका एक–एक जनामा छन् ।


यो सहित हालसम्म गण्डकी प्रदेशका १५ हजार ४०१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तिमध्य १४ हजार ७५३ कोरोनामुक्त भएका छन् । २०३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको निर्देशनालयद्धारा जारी विवरणमा भनिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।