स्याङ्जा । भारत सरकारले सहयोगस्वरुप उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप सोमबार स्याङ्जा पुगेको छ ।
भारतले केही दिन पहिले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप प्रदेश सरकार हुँदै आज स्याङ्जा पुगेको हो ।
सोमबार स्याङ्जाका प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले प्रदेश सरकार हुँदै प्राप्त १७१ भायल एक हजार ७१० मात्रा कोरोना भाइरसविरुद्धको खोप स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्मालाई हस्तान्तरण गरे ।
सो खोप पहिलो चरणमा सरकारी निति अनुसारस्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिने कर्मचारीलाई लगाउने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शर्माले बताए ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज प्रदेशका सबै जिल्लामा कोभिड–१९ विरुद्धको खोप कोभिशिल्ड पठाइएको छ । जसमा स्याङ्जासहित कास्की, बाग्लुङ, पर्बत, म्याग्दी लगायतका जिल्लामा आज नै खोप पुगेको पनि खबर प्राप्त भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







