भदौ २९ पोखरा । मार्गदर्शन कृषि सहकारी संस्थाको अध्यक्षमा बालाकृष्ण त्रिपाठी चयन भएका छन् ।पोखरा–२६ कालिकाचोकस्थित सहकारीको शनिबार सम्पन्न नवौं साधरणसभा तथा तेश्रो अधिवेशनले त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
संस्थाको उपाध्यक्षमा हरिकृष्ण बजगाईं, सचिवमा विश्वज्योति सुवेदी, कोषाध्यक्षमा सुजन अधिकारी र सहसचिवमा केदारनाथ बजगाईं चयन भएका छन् ।

यस्तै सदस्यहरुमा रामचन्द्र भुर्तेल, शिवानी बजगाईं, लक्ष्मी दाहाल र गीता बजगाईं छन् । यस्तै अधिवेशनले बिष्णुहरि तिवारीको संयोजकत्वमा ३ सदस्यी लेखा समितिपनि गठन गरेको छ । समितिको सदस्यहरुमा सुवास खड्का र इन्दु अर्याल चयन भएको निर्वाचन संयोजक दधिराम पौडेलले जानकारी दिए । अधिवेशन सम्पन्न गर्नका लागि संयोजक पौडेलसहित जीवन तिवारी र सोमलाल तिवारी सदस्य रहेको निर्वाचन समितिले नयाँ पधाधिकारी चयनका लागि सहजीकरण गरेको थियो ।
यसअघि साधारण सभाको जिल्ला सहकारी संघ कास्कीका महासचिव दीपक बाँस्तोलाले कार्यक्रमको उद्घाटन गरेका थिए ।उनले स्थानिय लगानीमा सञ्चालित सहकारीभन्दापनि बाहिरबाट आएका व्यक्तिले सञ्चालन गरेका सहकारीहरु समस्याग्रस्त रहेको भन्दै आफ्ना सदस्यहरुको लगानी सुरक्षित गर्ने गरि सहकारी सञ्चालन गर्न आग्रह गरे ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, गुंदेमत्स्य बचत तथा ऋण सहकारी संस्थाका सचिब बद्री नाथ ढुङ्गाना, जल्धारे बचत तथा ऋण सहकारी संस्थाका सचिब बिचित्र नाथ ढुङ्गाना, पोखरा २६ का कृषि सन्जाल सचिब ईश्वर राज भण्डारी, सिलिङगे बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष सोमनाथ अधिकारी लगायतले बोलेका थिए ।
साधारणसभाले बालकृष्ण त्रिपाठीले प्रस्तुत गरेको सचिवको प्रतिवेदन र विष्णुहरि अधिकारीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।
संस्थाका अध्यक्ष नारायण बजगाईंको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष ईन्दु अर्याल न्यौपाने र सञ्चालन सचिव सचिव बालाकृष्ण त्रिपाठीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







