पोखरा, असोज १
बजाजको पल्सर एनएस २०० पोखरामापनि बिक्री शुरु भएको छ । बजाजको आधिकारिक बिक्रेता ईच्छाशक्ति अटोमोवाइलले पोखरा नयाबजारस्थित बजाज सो–रुममा सोमबार एक औपचारिक कार्यक्रम गरेर बजाज पल्सर एनएस २०० लञ्चिङ गरेको हो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्की र पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसियसनका अध्यक्ष कृष्ण श्रेष्ठले सो बाईकको संयुक्त रुपमा लञ्चिङ गरे ।

यो मोडलको पल्सर पोखरासहित देशैभर आजै एकसाथ बिक्री शुरु गरेको नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले जनाएको छ ।
नेपाली युवाहरुको ढुकढुकीमा बस्न सफल बजाजको यो नया भर्सन पल्सर एनएस २०० मा ब्लुटुथ कनेक्सन र नेभिगेसनसहितको पूर्ण डिजिटल कन्सोलका साथमा आएको जनाइएको छ । यो मोडलको बजाज पल्सर पावर, प्रविधि, र डिजाइनको उत्कृष्ट संयोजन रहेको ईच्छाशक्ति अटोमोवाईल नयाबजारका म्यानेजर भगवान बिजुक्छेले जानकारी दिए । उनका अनुसार यस मोडलमा ट्रिपल स्पार्क फोर भल्भ इन्जिन छ । जसले १८ किलोवाट पावर र १८.७४ एनएम टर्क उत्पन्न गर्ने उनले बताए । यो मोडलको बजाज पल्सरमा ६–स्पीड गियरबक्स र नयाँ प्रणालीको एलइडी लाइटिङ छ ।

यो मोडलको बजाल पल्सर ब्लुटुथ कनेक्टिभिटीसहितको पूर्ण–डिजिटल कन्सोल भएकाले टर्न–बाई–टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, डिस्ट्यान्स–टु–एम्प्टी रिडआउट, र इन्धन खपतको डेटा समेत हुने उनले जानकारी दिए । यसले अपसाइड–डाउन फ्रन्ट फोर्क्स र डुअल–च्यानल एबिएसले उत्कृष्ट ब्रेकिङ कन्ट्रोल प्रदान गर्ने उनको भनाई छ । स्पोर्टी डिजाइन, उन्नत इन्जिनियरिङ र उत्कृष्ट पावर–टु–वेट रेसियोले यस मोटरसाइकल जस्तोसुकै सडकमा फिट हुनेसमेत उनले दाबी गरे ।
यसको मूल्य ४ लाख ४४ हजार ९ सय रुपैयाँ कायम गरिएको जनाइएको छ ।
नया मोडलको बजाज पल्सर बाईकको लञ्चिङ गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले युवाको रोजाई भएकाले यसले पोखरामात्र नभई गण्डकीकै बजारमा राज गर्ने बताए । तर युवा पलायनका कारण अटोमोवाइल व्यवसाय समस्याग्रस्त रहेकाले यसलाई नियन्त्रण गर्न आफू नेतृत्वको संघले योजना र कार्यक्रम ल्याउने उनले बताए ।

पश्चिमाञ्चल अटोमोवाइल एशोसियसनका अध्यक्ष कृष्ण श्रेष्ठले पोखरा र गण्डकीमा बजाज र ईच्छाशक्तिको नाम नै काफी भएकाले यो मोडलको बाईक युवाको रोजाई बन्ने विश्वास व्यक्त गरे ।
ईच्छाशक्ति अटोमोवाइलका सञ्चालक ईच्छामान बुद्धाचार्यले बजाज र आफूप्रति पोखरेलीको माया अटुट रहने विश्वास व्यक्त गरे । उनले युवाको रोजाई अनुसारको पल्सर बाईक ल्याउन आफू सदैव लाग्नेपनि बताए ।
कार्यक्रममा ईच्छाशक्ति अटोमोवाइलकी डाईरेक्टर गंगामाया बुद्धाचार्यले स्वागत मन्तव्य राख्दै अहिलेको युवालाई नया मोडलले आकर्षित गर्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष कार्कीसहित पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिदै सम्मान गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







