पोखरा । पोखरा– ५ स्थित शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको १३ औ साधरण सभा सम्पन्न भएको छ ।
शनिबार सम्पन्न साधरण सभाको गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे । उनले पछिल्लो क्रममा सहकारीहरु समस्यामा परिरहेको सन्र्दभलाई जोड्दै यसको मर्म अनुसार अगाडी बढेमा कुनैपनि बाह्य समस्याले सहकारी संस्थालाई प्रभाव नपार्ने धारणा व्यक्त गरे । उनले स्व नियत्रण प्रणालीबाट सञ्चालन गरिएका सहकरीमा जिम्मेवार व्यक्तिले सधै पदीय अनुसासनमा रहेको अवस्थामा कुनैपनि समस्या नआउने बताए ।

यस्तै कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका सचिव रामप्रसाद पोखरेल, नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य लोचना अधिकारी, गण्डकी प्रदेश समितिका अध्यक्ष रोमहर्षण पौडेल, सहकारीका संरक्षक सल्लाहकार एवम् नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीका अध्यक्ष तिर्थराज ढकाल र संस्थाका निर्वतमान अध्यक्ष उमनाथ गौतम संस्थाको प्रगतीको कामना व्यक्त गरे ।
यसैविच सो अवसरमा निवृत्त शिक्षकहरु ठाकुरप्रसाद पौडेल, मिना थापा कार्की र मात्रिकाप्रसाद भण्डारीलाई दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
साधारण सभाले गत वर्षका विविध गतिविधिहरुको समेटिएका अध्यक्ष, सचिव, कोषाध्यक्ष, लेखापरीक्षकको प्रतिवेदन तथा बार्षिक बजेट तथा कार्यक्रमसहित विभिन्न प्रस्तावहरु पारित भएको छ ।
संस्थाका अध्यक्ष बसन्धरा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष बाबुराम भुजेल, सात सिद्धान्त वाचन सञ्चालक सदस्य हेम प्रसाद तिमिल्सिना र सञ्चालन सचिव दामोदर तिमिल्सिनाले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







