गण्डकी प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण, ४१ जना कोरोनामुक्त


     एभरेस्ट आवाज    
     माघ १३ गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा मंगलबार थप ४१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । सोही अवधीमा थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न प्रयोगशालाहरुमा १४७ जनाको पिसिआर परीक्षण गर्दा उनिहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । आज थपिनेमध्ये कास्कीका ३१, बाग्लुङका ३, स्याङ्जा र तनहुँका एक–एक जना छन् । उनिहरुमध्ये २२ जना पुरुष र १४ जना महिला छन् ।

यो सहित गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १५ हजार ४३७ पुगेको छ । तिमध्ये १४ हजार ७९४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

अब प्रदेशभर ४४० जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् । तिमध्य ४०४ जना होम आइसोलेसनमा छन् ।

यस्तै हालसम्म २०३ जना कोरोना भाइरस संक्रमितको ज्यान गुमेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।