असोज ८ पोखरा । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरुका लागि वित्त साक्षरता कार्यक्रम संचालन गरेको छ ।
संस्थाले मंगलबार पोखराको तालचोक शाखामा आवद्ध आवद्ध सदस्यहरुका लागि आर्थीक उपार्जन र आर्थीक अनुशासनका बारेमा जानकारी गराएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै ग्रामिण विकास लघुवित्त वित्तिय सस्थाका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले आर्थिक उन्नतीका लागि उचित ठाउँमा लगानीको खोजी गरि नाफा घाटाका आधारमा कम जोखिमका क्षेत्रमा लगानी गरि आय आर्जनमा जोडिन आग्रह गरे ।
संस्थाका वरिष्ठ प्रवन्धक धनप्रसाद तिवारीले आर्थीक अनुसासन विना कुनै क्षेत्रमा पनि सफलता हात पार्न नसकिने तर्क राख्दै भोलिका लागी आज कमाउनु पर्छ भन्ने संस्थाको मान्यतालाई आत्मसाथ गर्दै आफ्नो कमाईको कम्तीमा पनि १० प्रतिशत बचत गर्ने बानीको विकास गर्नु पर्ने सुझाव राखे ।
तालचोक शाखाका प्रवन्धक नरहरी ढुगानाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा शाखा प्रवन्धक कृष्ण प्रसाद बराल, लघुवित्तिय अधिकृत जयकृष्ण भुसाल र साहायक प्रवन्धक ईश्वर प्रसाद लम्साल लगायतले आफुले लिएको ऋण रकमको सहि सदुपयोग गरि आय आर्जनका काममा लगानी गर्नुपर्नेमा जोड दिए ।
देशभरका ५७ जिल्लामा सेवा विस्तार गरेको संस्थाले १८९ शाखा मार्फत सेवा दिँदै आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







