असोज १९ पोखरा । पोखरा महानगरपालिका २ मिरुवा स्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका २३ र २८ वाहेक ३१ बटा वडाहरु, माछापुच्छ्रे गाउँपालीका वडा नंम्बर ६ र ७, अन्नपूर्ण गाउँपालीका वडा नंम्बर १,२,३ कार्यक्षेत्र रहेको सहकारीको कुल शेयर पूँजी चार करोड १२ लाख ५५ हजार एक सय रहेको कोषाध्यक्ष दुर्गा प्रसाद अधिकारीले जानकारी दिए ।
कास्की बचत तथा ऋण सहकारी संघ लि. का कार्यवाहक अध्यक्ष ईश्वर प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा भएको सभामा संस्थापक शेयर सदस्य, जेष्ठ शेयर सदस्य, असल कारोवारकर्ता, विद्यावारिधी गरेका शेयर सदस्य, १०+२ मा उत्कृष्ट अंक ल्याउने छात्र/छात्रा संगै विभिन्न क्षेत्रमा उल्लेख्य काम गरेका सहकारीका शेयर सदस्यहरु गरि ३७ जनालाई सम्मान गरिएको सहकारी संचालक समिति सदस्य कविता गुरुङले जानकारी दिईन । सभाले सचिव शिवराज अधिकारी र कोषाध्यक्ष दुर्गा प्रसाद अधिकारीले पेश गरेको वार्षिक प्रतिवेदन पारित गरेको थियो ।

सहकारीका अध्यक्ष जयलाल अधिकारीको अध्यक्षतामा सम्पन्न सभाको संचालन सचिव शिवराज अधिकारीले गरेका थिए ।
सभामा बचत संघका पूर्व अध्यक्ष तथा विशाल सहकारीका प्रमुख कार्यकारी अधिकृत सुदिप ढकाल, राष्ट्रिय सहकारी बैंक गण्डकी प्रदेश प्रमुख नरेश पाण्डे, जिल्ला सहकारी संघ कास्कीका महासचिव दिपकराज बास्तोला लगायतले सहकारीले गरेका गतिविधिहरुको प्रशंसा गर्दै सहकारीका समिति, उपसमिति मात्र नभई सम्पूर्ण शेयर सदस्यहरु नै चनाखो भई संस्थामा भए गरेका सम्पुर्ण गतिविधिहरुको निगरानी गर्नुपर्ने बताएका थिए ।
सहकारीका काम, कर्तव्य र कारवाहीसंगै सञ्चालक र सदस्यहरुले पालन गर्नुपर्ने नियमहरु, बचत सगै क्रण लिदा उपनाउनुपर्ने विषयमा नियम भित्र रहेर काम गरे कुनै समस्या नआउने भनाई समेत उनीहरुको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल परिवार नियोजन संघ कास्कीले यांैन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजनका…






