पोखरा । पोखरा महानगरपालिका वडा नं १८ स्थित सेदीभिलेजमा रहेको सुनगाभा बचत तथा ऋण सहकारी संस्थाको छैटौँ अधिवेशनबाट अध्यक्षमा रामबहादुर थापा निर्विरोध निर्वाचित भएका छन ।
पोखरामा शनिबार सम्पन्न अधिवेशनले थापाको अध्यक्षतामा नौ सदस्सीय सञ्चालक समिति र तीन सदस्सीय लेखा समिति निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा पार्वती कोइराला,सचिव कृष्णबहादुर थापा, कोषाध्यक्ष राजु थापा चयन भए । सदस्यहरुमा रमेश थापा(सुमन), सुरेन्द्र थापा, मीना थपलिया, जीवनकुमारी अधिकारी पराजुली र कृष्णबहादुर थापा सर्वसम्मत निर्वाचित भएका हुन ।
लेखा समितिको संयोजकमा निर्मल पहारी र सदस्यहरु धुव्रबहादुर थापा र सृजना अधिकारी थापा रहेका छन् । निर्वाचन समितिको संयोजकमा पत्रकार गणेश पहारी र सदस्यमा दामोदर पहारी र सिर्जना कुँबर रहनुभएको निर्वाचन मण्डलले निर्वाचित सदस्यहरुलाई शपथ गराएको थियो ।
साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले सहकारी संस्थाहरु नियम र कानुन अनुसार सञ्चालन हुनुपर्ने बताए । पूर्ववडाध्यक्ष रणबहादुुरले संस्थाका गतिविधिमा शेयर सदस्यहरुले ध्यान दिनुपर्ने बताए ।
संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले संस्थाले सदैव शेयर सदस्यहरुको आर्थिक गतिविधिलाई सजिलो बनाउन सहयोग गर्दै आएको बताए । नवर्विाचित अध्यक्ष राम बहादुर थापाले शेयर सदस्यहरुको हकहितलाई ध्यान मध्यनजर गर्दै आगामी कार्ययोजना अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरे ।
सचिब कृष्ण थापाले सहकारीलाइ पोखराकै उत्कृष्ट सहकारी रुपमा अगाडी बढाउने गृहकार्यमा लागि परेको बताउदै, सवैको साथ सहयोग को आवश्यकता रहेको बताए ।
कार्यक्रममा पोखरा–१८ का वडासदस्य रमेशबहादुर थापा,सर्वहित बचत तथा ऋण सहकारीका अध्यक्ष भरत तिमिल्सिना, बङ्लादी बचत तथा ऋण सहकारीका अध्यक्ष तुलसी गौतम, गन्तव्य अन्नपूर्ण बचत तथा ऋण सहकारीका अध्यक्ष दीपेन्द्र तिमिल्सिना, भावना सामुदायिक कृषि सहकारीका अध्यक्ष वलराम कोइराला, अम्विका ममता युवा क्लबका अध्यक्ष कृष्णबहादुर थापा, प्रभात आधारभूत विद्यालयका प्रअ कृष्णप्रसाद कोइराला,संस्थाका उपाध्यक्ष पार्वती कोइराला, प्रवन्ध निर्देशक सरिता सिग्देल लगायतले सहकारी संस्थाले बचतकर्ताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
साधारणसभाले संस्थाका सचिव कृष्ण थापाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजु थापाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







