श्री मनकामना महिला विकास सहकारी संस्थाको साधारणसभा सम्पन्न


     एभरेस्ट आवाज    
     असाेज २० गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा १ अधिकारी टोल स्थित श्री मनकामना महिला बिकास सहकारी संस्था लिमिटेडको २७ औ साधाणसभा सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष प्रधानले सहकारिले सामाजिक उध्यमता र महिला शसक्तिकरणको क्षेत्रमा उल्लेख्य कार्य गर्दै आएको बताए ।

कार्यक्रममा यस वर्षको माध्यमिक तहमा ३ जि. पि.ए. भन्दा बढी ल्याई उत्तीर्ण हुने संस्था सदस्यका ९ जना छोराछोरीलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा अनुशासित बचतकर्ता तर्फ इन्दिरा पराजुली , असल कारोबारकर्ता रुद्र के. सी. तथा संस्थाका जेष्ठ सदस्य राधिका अधिकारीलाई समेत सम्मान गरिएको थियो।

संस्थाका अध्यक्ष रमा अधिकारीको अध्यक्षतामा सम्पन्न भएको सो साधारण सभामा पोखरा महानगरपालिका वडा नं १ का वडाध्यक्ष शाहारा प्रधानको प्रमुख आतिथ्यता रहेको थियो भने अन्य अतिथिहरूमा समावेशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सीता गुरुङ , सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारी, अनन्ता सेवा समितिका अध्यक्ष सरिता सुवेदी , अभिभावकहरू रमेशप्रसाद अधिकारी ,विष्णुप्रसाद अधिकारी कानुनी सल्लाहकार हरिप्रसाद अधिकारी , संस्थाका संस्थापक अध्यक्ष विजया अधिकारी लगायत पूर्व अध्यक्ष एवम् निवर्तमान अध्यक्षको उपस्थिति रहेको थियो ।

दसै तिहारको शुभकामना आदानप्रदान सहित उल्लासमय वातावरणमा सम्पन्न भएको सो कार्यक्रमको संचालन संस्थाका सचिव विनिता कोइरालाले गरेका थिए भने उपाध्यक्ष सुनिता देवकोटाले स्वागत मन्तव्य राखेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।