पोखरा
नेपालीको महान चाँड बडादशैंको आज मुख्य दिन । मान्यजनबाट टीका र जमरा लगाउने परम्परा छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दशैंको सबैभन्दा महत्वपूर्ण दिन हो ।

आज दुर्गादेवीको प्रसादको रुपमा टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका लगाउँदा कुन दिशामा फर्किएर बस्ने भन्ने कुरालाई ख्याल राख्नुपर्ने हुन्छ । टीका लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्किनु पर्ने वास्तुविद एवम् धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्री बताउँछन् ।
चन्द्रमालाई दाहिने र सम्मुख पारेर टीका लगाउनुपर्ने भएकाले टीका लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्किंदा शुभ हुन्छ,’ उनले भने । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







