पोखरा उद्योग वाणिज्य संघको सदस्यमा पौडेल मनोनित


     एभरेस्ट आवाज    
     कार्तिक २५ गते २०८१ मा प्रकाशित




२५ कात्तिक ।

पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा युवा व्यवसायी मनोहरि पौडेललाई मनोनित गरिएको छ ।
संघका नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्कीले संघको विधानको व्यवस्था बमोजिम पौडेललाई कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् ।
टुइन्स कलेक्सन बुद्घ बिशाल बजारका सञ्चालक पौडेल बुद्घ बिशाल बजार व्यापरिक एशोसियसनका प्रवक्तासमेत हुन्।  पौडेल त्रिलोकेश्वर शिव मन्दिर सेवा समिति पोखरा २८ को अध्यक्ष शितल युवा क्लव पोखरा १२ को सल्लाहकार जुत्ता व्यवसायी समिति कास्कीको प्रेस संयोजक  कास्की बडिबिल्डिङ एण्ड फिटनेश एसोशिएसनको प्रेस संयोजक सुर्केमैदान सिर्जनशील क्लब पोखरा २८ को संस्थापक अध्यक्षसमेत रहेका छन् ।

पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा चयन भएका पौडेलले संघको संस्थागत विकास र उद्योगी व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । अध्यक्ष कार्कीले उनलाई पद तथा गोपनियताको सपथ ग्रहणसमेत गराइसकेका छन् ।
संघको विधान अनुसार साधारण सदस्यमध्येबाट ४ जनालाई अध्यक्षले मनोनित गर्न पाउने व्यवस्था छ । अध्यक्ष कार्कीले
 यसअघि सोवित पौडेल,   कमलबहादुर सुनार र नवीन पौडेललाई मनोनित गरिसकेका छन्। संघको विधान २०६५९ पहिलो संशोधन २०७२० को परिच्छेद ६ को धारा ६।१ को ‘ड’ ले प्रदान गरेको अधिकार प्रयोग गर्दै उनीहरुलाई अध्यक्ष कार्कीले मनोनित गरेका हुन् । पौडेलको यो मनोनयसँगै पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिले पूर्णता पाएको छ । 


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।