कृषि

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा सो परिमाणको यार्सागुम्बा सङ्कलन तथा निकासी भएको जानकारी दिए । उक्त परिमाणको यार्सागुम्बा निकासीबाट रु १६ लाख ५७ हजार पाँच सय राजस्व सङ्कलन भएको उनले बताए । यार्सा निकासीका लागि प्रतिकिलो रु ५१ हजार दस्तुर लिने गरिएको छ । निकासी गरिएको दस्तुर रु ५१… पुरा पढौ

कृषि उपजलाई बजार अभाव

म्याग्दी । पन्ध्र वटा मुर्रा भैँसी र आठ वटा होलिस्टिन जातका गाईपालन गरेका अन्नपूर्ण गाउँपालिका–६ बिरौटाका कृष्ण र शिव बरुवालले सञ्चालन गरेको धौलागिरि बहुउद्देश्यीय कृषि फार्ममा दैनिक एक सय ४० लिटर दूध उत्पादन हुन्छ । बेनी बजारमा प्रतिलिटर रु एक सय ४० का दरले दूध बिक्री हुन्छ तर खड्का दाजुभाईले प्रतिलिटर रु एक सय २० मा बिक्री गर्दा पनि बजार पाएका छन् । “नजिकैको पोखरेबगर, भुरुङ–तातोपानी, नारच्याङ र बासबोटमा घरघरमा लगेर जाँदा पनि दूध कटाउन समस्या भएपछि पोखरेबगरमा डेरी खोलेको… पुरा पढौ

तनहुँमा दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना

दमौली । तनहुँमा एक वर्षको अवधिमा दुई हजार बढी रोपनी क्षेत्रफलमा फलफूल, लिची, आँप आदिको क्षेत्र विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्रको सहयोगमा सञ्चालित फलफूल बगैँचा स्थापना तथा विस्तार कार्यक्रमबाट तीन कृषक समूह, २८ कृषि फर्म र एक सहकारीका गरी एक सय ७८ घरधुरी लाभान्वित भएका छन् । यस कार्यक्रमबाट दुई हजार ३६ रोपनी क्षेत्रफलमा सुन्तला जातका फलफूल खेतीको विस्तार भएको कृषि ज्ञान केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए। यस कार्यक्रमका लागि आर्थिक वर्ष २०८०÷८१ मा रु ४५… पुरा पढौ

लमजुङमा आज हलोक्रान्ति दिवस मनाइँदै

सुन्दरबजार । आज साउन ११ गते हलोक्रान्ति प्रारम्भ भएको दिन । आजभन्दा ७५ वर्ष अगाडि २००६ साल साउन ११ गते सुन्दरबजार नगरपालिका–४ साबिकको दुराडाँडा गाविस–६ अर्चल्यानीको बाटेगरामा ब्राम्हणहरूले सामूहिक रूपमा हलो जोतेको दिन । हलोक्रान्तिका जानकारहरूले हलोक्रान्तिका रूपमा साउन ११ गते दुराडाँडामा बर्सेनि हलोत्कर्षक दिवस मनाउने गरिए पनि हलोक्रान्तिलाई राष्ट्रिय दिवसका रूपमा मान्यता दिन र पहिलोपटक हलो जोतेर सामाजिक अभियान सुरु गर्ने अभियान्तालाई राष्ट्रिय विभूति घोषणा नभएकामा उनीहरूले दुःख व्यक्त गरेका छन् । हलोक्रान्तिलाई राष्ट्रियस्तरमा चिनाउन हलोक्रान्ति नेपाल तथा तोयनाथ… पुरा पढौ

बाँझो जग्गामा फलफूल रोप्दै विदेशी

गलकोट । काठेखोला गाउँपालिका–२ भीमापोखराको डोहेरीगाउँ बसाइँसराइको चपेटामा छ । बूढापाका मात्रै भेटिने उक्त गाउँको खेतीयोग्य जग्गा विस्तारै बाझिँदै गएको छ । खेतीयोग्य जग्गामा निगाले, सल्लो र ऐंसेलुको बोट उम्रिएको छ । यातायातको सुविधासमेत नपुगेको उक्त गाउँमा हिजोआज चहलपहल बढेको छ । विदेशीहरु लामबद्ध भएर उक्त गाउँमा फलफूल बगैँचा निर्माणमा लागेका छन् । डोहेरीको बाँझो जग्गामा अहिले विदेशी स्वयंसेवकले धमाधम फलफूलका बोट लगाइरहेका छन् । विश्व चुनौती कार्यक्रम(वल्ड च्यालेञ्ज प्रोग्राम)अन्तर्गत पिएसडी नेपाल मार्फत अहिले काठेखोलाको डोहेरी गाउँमा ओखर, एभोकाडो, कागती… पुरा पढौ

धानबालीमा फेद कुहिने समस्या भएपछि किसान चिन्तित

बलेवा । धान रोपेको एक महिना भएको छैन । समयमै वर्षा भएकाले यस वर्ष यहाँका किसानले समयमै धान रोप्न पाए । धान हरियो भएर गाँज लाग्ने बेला फेद कुहिन थालेको छ । फेद कुहिने र गाँज मर्ने समस्या देखापरेपछि किसान चिन्तित बनेका छन् । बागलुङ नगरपालिकको पैयुँपाटा, अमलाचौर, नारायणस्थान, सिम, कालीमाटीका खेतमा रोपेको धान दुई साता नपुग्दै मर्न थालेको हो । धानको फेद र डाँठ कुहिएर पहेँलो हुँदै मर्न थालेको किसान लालप्रसाद शर्माले बताए । “धान गोड्ने समय हुँदै थियो,… पुरा पढौ

गण्डकी प्रदेश सरकारद्वारा घाँसमा आधारित पशुपालनमा जोड

कास्की । पशुजन्य उत्पादनको लागत न्यूनीकरणका लागि प्रदेश सरकारले घाँसमा आधारित पशुपालनमा जोड दिएको छ । किसानलाई घाँस उत्पादन गर्न अनुदान दिएर दानाको माग कम गरी पशुउत्पादन लागत कम गर्नका लागि घाँसखेती प्रोत्साहन कार्यक्रम सञ्चालन भए पनि यसमा किसानको आकर्षण भने छैन । यस कार्यक्रमबाट खेतीयोग्य जमिन सदुपयोग हुने र पशुचौपायाका लागि दाना खर्च घटाउने लक्ष्य राखिएको थियो । गण्डकी प्रदेश सरकार मातहतको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र कास्कीले गत आर्थिक वर्षमा सञ्चालन गरेको बाँझो जमिनमा घाँसखेती प्रवद्र्धन कार्यक्रमका… पुरा पढौ

गण्डकीमा हालसम्म ८४ प्रतिशत धान रोपाई सम्पन्न

पोखरा । गण्डकी प्रदेशमा साउनको पहिलो सातासम्म करीब ८४ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । गण्डकी प्रदेशमा साउन ६ गतेसम्ममा ८४.२६ प्रतिशत मात्र धान रोपाई सकिएको कृषि विकास निर्देशनालय गण्डकीले जनाएको छ । गण्डकीमा ९६ हजार ५३ हेक्टर जमिन धान रोपाई गर्न योग्य रहेकोमा हालसम्म ८० हजार ९ सय ३२ हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको निर्देशनालयका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत विनोद शर्माले जानकारी दिए । गण्डकीमा कास्की र बागलुङमा सबैभन्दा धेरै समान ९५ प्रतिशत धान रोपाई… पुरा पढौ

झाडी फाँडेर चिया रोप्दै काठेखोला गाउँपालिका

बागलुङको काठेखोला गाउँपालिकाले खेर गइरहेका वनक्षेत्र लगायतका झाडी फाँडेर चियाखेती सुरु गरेको छ । यसैवर्षमात्र थामानेटामा तीन रोपनी क्षेत्रफलमा चियाका बेर्ना रोपिएको छ । थामानेटासहित पालिकाले रेश र धम्जामा ५५ रोपनी क्षेत्रफलमा यो वर्ष चियाखेती विस्तार गरेको हो । थामानेटाको जौछरे सामुदायिक वनको झाडी फाँडेर गाउँपालिकाले वन उपभोक्ताको सक्रियतामा चियाको बर्ना लगाएको छ । लोकमार्ग नजिकै रहेको थामानेटा एक प्रसिद्ध वनभोज स्थलका रुपमा परिचित छ । थामानेटामा अहिले ‘भ्यू टावर’ र आश्रयस्थललगायत संरचनासमेत निर्माण भइसकेका छन् । लोकमार्गका यात्रुहरुको विश्रामस्थलका… पुरा पढौ

गोरखामा बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा रोपियो फलफूलका बिरुवा

गोरखा । गोरखा जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा खाली जमिनमा फलफूलका बिरुवा रोप्न सुरु गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममार्फत नगरपालिकाभित्र बाँदर नियन्त्रणका लागि घोषणा गरेको ‘वनको बाँदर वनमै’ कार्यक्रमअन्तर्गत शनिबार एकै दिन खाली जमिन, खोल्सा तथा सामुदायिक वनमा छ हजारभन्दा बढी फलफूलका बिरुवा रोपिएको नगरप्रमुख विवश चिन्तनले जानकारी दिए । “पन्ध्रौँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमअनुसार नगरपालिका क्षेत्रका जङ्गलमै बाँदरका लागि खाने कुरा उब्जाउन फलफूलका बिरुवा लगाउने… पुरा पढौ