सडक

चिसो बढेसँगै मुस्ताङमा पर्यटक आगमन पनि घट्यो

हिउँदयामको अत्यधिक चिसो बढेसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकीय रौनक घट्दै जान थालेको छ । अत्यधिक चिसो बढेसँगै सदरमुकाम जोमसोमका होटललगायत यहाँका राष्ट्रिय राजमार्गमा सञ्चालित होटल सुनसान हुन थालेका छन् । हिउँदयामको मौसममा यहाँको पर्यटन व्यवसाय ठप्पै हुने गर्छ । यसैका कारण यहाँ हुन पर्यटकीय ‘अफसिजन’को छेकोमा यहाँका पर्यटन व्यवसाय जाडो छल्ने बहानामा बेँसीतर्फ झर्छन् । पछिल्लो समय बेनी–जोमसोम सडक सहज भएकाले यहाँ कतिपय पर्यटन व्यवसायी पर्यटक पर्खिएर बसेका छन् । हिउँदयामको अत्यधिक चिसो बढेसँगै पोखरा–जोमसोम हवाइसेवा एक महिनाअगावै… पुरा पढौ

मापदण्डविपरीतका संरचना नहट्दा पोखरा–मुग्लिन सडक विस्तारमा समस्या

सडकको अधिकार क्षेत्रभित्रका संरचना नहट्दा पोखरा–मुग्लिन सडक विस्तारमा समस्या भएको छ । मापदण्डविपरीतका घर, विद्युत्का खम्बा र खानेपानी पाइप स्थानान्तरणमा ढिलाइ हुँदा सडक विस्तार तथा स्तरोन्नति कार्य प्रभावित भएको सडक आयोजना कार्यालयले जनाएको छ । पोखरा–मुग्लिन सडकको पश्चिम खण्डका प्रमुख इञ्जिनियर कृष्णबहादुर कुँवरले पोखरा अन्तरराष्ट्रिय विमानस्थलका ४२ सहित ५२ विद्युतीय खम्बा सार्न बाँकी रहेको बताए । “सडक क्षेत्रभित्र पर्ने खानेपानी पाइप स्थानान्तरणको काम पनि सुस्त गतिमा भइरहेको छ, रुख कटान गरिएका ठाउँमा लिलामी हुन सकेको छैन”, उनले भने, “पोखरा महानगरपालिका–१०… पुरा पढौ

दमौली–केशवटार जोड्ने सडक कालोपत्र

तनहुँको सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने मार्ग ढलान र कालोपत्र गरिएको छ । हाल सो खण्डको नौ किमि सडक पक्की गरिएको हो । कूल १४ किलोमिटर दूरीको सडकमध्ये यसअघि सात किमि सडक कालोपत्र गरिएको उक्त सडकमा अहिले प्रदेश सरकारको बजेटबाट दुई किमि सडक ढलान गरिएको छ । गण्डकी प्रदेश सरकारको रु पाँच करोड लागतमा नाला निर्माण, सडक विस्तार र कालोपत्र गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारको अघिल्लो वर्षको बजेटबाट निर्माण कार्य बढाइएकामा उक्त कार्य… पुरा पढौ

बजेट अभावले बागलुङमा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ को काम रोकियो

बजेट अभावमा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत बागलुङमा निर्माणाधीन दुई सडकको काम अलपत्र परेको छ । बागलुङको क्षेत्र नं १ अन्तर्गत अदालत चौपारीदेखि सिगाना हुँदै बरेङ जोड्ने सडक र क्षेत्र नं २ अन्तर्गत गलकोटको हरिचौरदेखि मल्म हुँदै पाण्डवखानी जोड्ने सडकको काम अलपत्र परेको हो ।अदालत चौपारीदेखि सिगाना–बरेङ जोड्ने सडकको काम सिगानाको वडा कार्यालयमा पुगेर रोकिएको थियो । उक्त खण्ड निर्माण गरिरहेको ठेकेदारले समयमा भुक्तानी नपाएपछि काम अलपत्र थियो । डेढ वर्ष रोकिएर गत वर्ष निर्माण सम्पन्न भएको छ… पुरा पढौ

सुमो दुर्घटनामा मृत्यु भएका मध्ये पाँच जनाको सनाखत

हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित सडकमा भएको सुमो गाडी दुर्घटनामा परी मृत्यु भएका छ जनामध्ये पाँच जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार सुमो दुर्घटनामा परी मृत्यु हुनेहरूमा हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडा निवासी ४० वर्षीया सबिता लम्साल, हेटौँडा उपमहानगरपालिका–२ कान्तिराजपथ निवासी २९ वर्षीय निखिल अग्रवाल, हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवी टोल निवासी ५६ वर्षीय कृष्णप्रसाद फुँयाल, भारतको विहार राज्य बेगुसराई निवासी ५० वर्षीय अरबिन्द कुमार र भारतको विहार राज्य पटना निवासी… पुरा पढौ

बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकमबाट म्याग्दीको ताराखेतमा सडकबत्ती

म्याग्दीको मङ्गला गाउँपालिका–२ ताराखेतका बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकम परिचालन गरेर सडकबत्ती जडान गरेका छन् । ताराखेतमा पर्ने बेनी–दरवाङ सडक, पदमार्ग र मङ्गला गाउँपालिका–३ सातबिसेको सिमकुना जोड्ने झोलुङ्गे पुलमा शनिबारदेखि सडकबत्ती बालेर रातको समयमा उज्यालो बनाउन थालेका हुन् । तिहारमा देउसीभैलो खेलेर जुटाएको रु ३५ हजारसहित रु ७० हजारको लागतमा १५ वटा सडकबत्ती जडान गरेर ताराखेतलाई झिलीमिली बनाएको स्थानीय युवा अर्जुन पौडेलले बताए । “देउसीभैलो खेलेर जुटाएको रकम बचाएर सामाजिक काममा लगाएका हौँ”, उनले भने, “स्थानीय अगुवा र अभिभावकहरूले पनि… पुरा पढौ

वातावरणीय सरसफाईमा बाटुलेचौरका आमाहरु सक्रिय

शिशिर उजाडपोखरा बिहान बेलुका घरको लुते धन्दामै व्यस्त हुने आमाहरु पछिल्लो समय वातावरणीय सरसफाई र संरक्षणका क्षेत्रका पनि सक्रिय हुन थालेका छन् । पोखरा १६ बाटुलेचौरमा संरक्षण आमा समुहमा आवद्ध महिलाले प्रत्येक शनिबार विहानको समय वातावरण संरक्षणमा छुट्टयाएका छन् । उनीहरु शनिबारको बिहानै हातमा कुचो, ग्लोव र प्लाष्टिक बोकेर सार्वजनिक स्थलको सरसफाईमा लाग्ने गरेका हुन् । महिलाले शुरुवात गरेको सुधारको कामलाई स्थानीय अमलाबिसौंनी धोविनी पाटन टोल विकास संस्थाले पनि सहकार्य गरेको छ । उनीहरुले आज अमलाबिसौनी देखि मैदानचोकसम्म सरसफाई गरेका… पुरा पढौ

करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्ण रूपमा बन्द भएको उक्त नाका आज बिहानदेखि सञ्चालनमा आएको हो । नाका सञ्चालनका लागि चीन सरकारले ९१ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरेपश्चात् सवारीसाधन सञ्चालनमा आएका उनले जानकारी दिए । उनका अनुसार पुलको भारवहन क्षमता ५५ टन बराबर रहेको छ । केरूङ नाका खुलेपश्चात् चिनियाँ सामान आयातका लागि आठ वटा नेपाली… पुरा पढौ

सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मत ढिलाइ गरेमा निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने बताएका छन् । समयमै काम सम्पन्न नगरेमा पेनाल्टी तिर्नुपर्ने व्यवस्था लागू गरिने र आवश्यक परे ठेक्का नै रद्द गर्न बाध्यता हुने उनले बताए । आज सडक बोर्ड नेपालको २३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले तोकिएको समयसीमाभित्र सडक निर्माण तथा मर्मत नसक्ने निर्माण व्यवसायीप्रति सरकार अब सहनशील नहुने बताए । उनले भने, “कम रकममा ठेक्का लिएर समयमै काम नगर्ने र बारम्बार ढिलाइ गर्ने कतिपय निर्माण व्यवसायीको… पुरा पढौ

विद्युतीय प्रसारण लाइनको तार मुनिको जग्गाको कित्ताकाट हुने

सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार राइट अफ वे मा पर्ने क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीको नाममा रहने गरी कित्ताकाट गर्न सकिने व्यवस्था भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । नयाँ व्यवस्था अनुसार प्रसारण लाइन मुनिको जग्गा कित्ताकाट गर्न पाइने भएता पनि सुरक्षाका मापदण्ड भने परिवर्तन भएका छैनन् । प्रसारण लाइनको मा मार्गाधिकारमा पर्ने जग्गाको क्षेत्रभित्र घरलगायतका संरचना निर्माण, अग्ला रुख रोप्न… पुरा पढौ