मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ पुगेका एक पथ प्रदर्शकको मृत्यु भएको छ ।
सोेलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ का २७ वर्षीय लाक्चन्द्र कुलुङको मुस्ताङस्थित प्रदेश अस्पताल जोमसोममा उपचारका क्रममा बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिए । पथ प्रदर्शक कुलुङ हिमालयन हब एड्भेन्चर प्रालिमार्फत फ्रान्सका महिला पर्यटकलाई लिएर मनाङ हुँदै थोरङला पास पुगेर बुधबार राति मुस्ताङको वारागुङ मुक्तिक्षेत्र(१ मुक्तिनाथ पुगेका थिए ।
सूचना अधिकारी महतका अनुसार कुलुङ मुक्तिनाथको एक होटलमा ‘वाथरुम’मा नुहाउन गएकामा लामो समयसम्म बाहिर ननिस्किएपछि होटलका सचालकले इलाका प्रहरी कार्यालय मुक्तिनाथलाई जानकारी गराएका थिए । पथ प्रदर्शक कुलुङ ‘वाथरुम’मा अचेत अवस्थामा भेटिएका थिए । तत्काल उनलाई उपचारका लागि प्रदेश अस्पताल जोमसोम भर्ना गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ पुगेका एक पथ…







