सेती खोचमा अड्किएका परियारको उद्धार


     एभरेस्ट आवाज    
     भाद्र ५ गते २०८३ मा प्रकाशित




पोखराको रामघाटस्थित सेती नदीको खोचमा अड्किएका एक युवाको उद्धार गरिएको छ ।

आज बिहान पोखरा ९ शान्तिवनस्थित सेती नदीको भिरबाट खसेका रुपन्देहीको बुटवल घर भई पृथ्वीचोक बस्दै आएका २८ बर्षिय अनिल परियार पोखरा ९ शान्तिवनस्थित सेती नदीको भिरबाट खसेर अड्किएका थिए । उनी अड्किएको खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय कास्की र सि.आर.भी पृथ्वीचोकबाट खटिएको प्रहरी टोलीले उनको उद्धार गरेको कास्की प्रहरीका प्रवक्ता विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

परियार बिहान करिब ६ बजेको समयमा त्यहाँ खसेको प्रहरीले जनाएको छ । उद्धार गरिएका परियारलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, रामघाट लगिएको छ । हाल उनको अवस्था सामान्य बोल्न सक्ने रहेको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।