हिमाली जिल्ला मनाङको लाइफलाइनको रुपमा रहेको चामे–बेंसीसहर सडक अवरुद्ध भएको छ ।
नासोँ गाउँपालिका–३ खोत्रो पाखामा सडक भासिएर उक्त सडक अवरुद्ध भएको हो । सडक भासिदा पूर्ण रुपमा चामे–बेँसीसहर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए । “वर्षायाममा पहाडी क्षेत्र जोखिम हुनुका साथै भासिने र बाढीपहिराले अवरुद्ध हुने गरेको छ”, उनले भने, “भासिएको सडक खुलाउन उक्त क्षेत्रमा आवश्यक सामग्रीसहित सुरक्षाकर्मी पुगिसकेका छन् ।”
मनाङको एक मात्र लाइफलाइन रहेको उक्त सडकमा यात्रा गर्नेहरुले कहिले लमजुङको पहिरो त कहिले मनाङको पहिरोका कारण सास्ती भोग्नु परेको स्थानीय देवेन्द्र गुरुङले बताए । “मनाङी त सधैँ सास्तीमा रहनुपर्ने बाध्यता छ”, उनले भने । क्षमताभन्दा धेरै भार भएका गाडीका कारण पनि यो सडक भासिएको हुनसक्ने स्थानीय पासाङ लामाले बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ६ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिनका लागि…





