कृषि

आन्तरिक पर्यटकको गन्तव्य बन्दै म्याग्दीको रत्नेचौर रत्नेचौर

गलेश्वर । म्याग्दीको रत्नेचौर यति बेला विदेशमा समेत चर्चित छ । परम्परागत तोरी खेतीलाई सामाजिक सञ्जालसँग जोडेर राख्न थालेदेखि यो गाउँको चर्चा हुन थालेको हो । बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर केही समययता सामाजिक सञ्जालमा ‘भाइरल’ बनेकाले अहिले आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बनेको छ । भौगोलिक वनावटका साथै प्राकृतिकरूपले सुन्दर रत्नेचौर सबैलाई आकर्षित गर्न सफल भएको छ । परम्परागत कृषिलाई व्यवस्थित गरेर सूचना प्रविधिसँग जोडिएकाले यो गाउँको कायापलट भएको स्थानीय अगुवा भरत खत्री बताउछन् ।उत्तरतर्फ चाँदीझैँ टल्किएका धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत… पुरा पढौ

गण्डकीमा सुन्तालाको क्षेत्रफलसँगै उत्पादन पनि बढ्यो

गण्डकी । गण्डकी प्रदेशका किसानले यस वर्ष ५४ हजार दुई सय २८ मेट्रिक टन सुन्तला फलाएका छन् । जुन गत वर्षको तुलनामा एक हजार आठ सय ९७ मेट्रिक टनले बढी हो । प्रदेशको कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९÷८० मा ५२ हजार तीन सय ३१ मेट्रिक टन सुन्तला फलेको थियो । आव २०७८÷०७९ माजम्मा ५० हजार आठ सय ५० मेट्रिक टन उत्पादन भएको थियो । सुन्तला खेतीको क्षेत्रफल विस्तारसँगै पछिल्लो तीन वर्षयता सुन्तलाको उत्पादन लगातार वृद्धि भएको निर्देशनालयका प्रमुख… पुरा पढौ

तोरीखेती गर्ने किसानलाई पोखरा महानगरपालिकाबाट अनुदान प्रदान

गण्डकी । हिउँदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाले तोरीखेती गर्ने किसानलाई अनुदान दिएको छ । तोरीखेती विस्तारबापत प्रतिरोपनी रु चार सय र बीउमा ५० प्रतिशतका दरले अनुदान वितरण गरिएको कृषि महाशाखा प्रमुख मनोहर कँडरियाले जानकारी दिए । महानगरपालिकाबाट अनुदान पाएपछि वडा नं ११, १३, २३, २९ र ३१ किसानले पाँच रोपनीमा तोरीखेती विस्तार गरेको उनले बताए। समूहगतरुपमा आएका किसानलाई जग्गा तयार गरेबापत क्षेत्रफलअनुसार अनुदान दिइएको हो । व्यक्तिगतरुपमा आउने किसानलाई बीउमा मात्र अनुदान दिइएको महाशाखा प्रमुख कडरियाले बताए । महानगरपालिकाले हिउँदे… पुरा पढौ

विदेशबाट फर्केर नमुना किसान बनेका भोजबहादुर

बलेवा । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेका भोजबहादुर बोहरा पाँच वर्ष विदेशमा बसेर स्वदेश फर्केपछि गाउँमा नमुना किसानका रुपमा परिचय बनाउँदै छन् । उनले गाईभैँसी, बाख्रा, कुखुरापालन गर्नुका साथै व्यावसायिक तरकारीखेती पनि गरिरहेका छन् । भोजबहादुरलाई उनकी श्रीमतीले साथ दिईरहेकी छिन् । बोहरा दम्पतीले दुधालु भैँसी तीन, एउटा गाई, माउबाख्रा पाँच र कुखुरा १४ वटा पालेका छन् । बाह्रै महिना दूध बिक्री गर्ने योजनाका साथ पालेका गाईभैँसीले अहिले प्रशस्त आम्दानी दिइरहेका भोजबहादुरले बताए। दूधका साथै गोबरलाई मलका रुपमा बेचेर थप आम्दानी… पुरा पढौ

उखु र अदुवापछि बेसारको ‘ब्रान्डिङ’ गर्दै सहकारी

गलकोट । अधिकांश सहकारी उद्देश्यअनुरुप नचलेको गुनासोकाबीच यहाँको एक सहकारीले बहुआयामिक उत्पादनलाई शेयर सदस्यलाई जोड्न थालेको छ । छ वर्षदेखि उखु र अदुवा उत्पादन गर्दै आएको बागलुङको सिमृक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले यस वर्षदेखि बेसारलाई ‘ब्रान्डिङ’ गरेर बजार पठाएको छ । सहकारीले बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराको दुई स्थानमा १० रोपनी बाँझो जग्गा भाडामा लिएर उखुखेती गर्दै आएको थियो भने तीन वर्षयता बागलुङ नगरपालिका–४ कुँडुलेमा दुई रोपनी जग्गा भाडामा लिएर बेसारखेती गर्दै आएको छ । यस्तै तितौरेमा दुई रोपनी… पुरा पढौ

एउटै गाउँबाट रु ११ करोडका सुन्तला बिक्री

पर्वत । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले रैथाने जातको मान्यता प्रदान गरेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा उत्पादित सुन्तला मुग्लिन र काठमाडौँको कालीमाटी बजारमा पठाइएको छ । अन्यत्र सुन्तलाको सिजन सकिने बेला भइसक्दा यहाँका सुन्तला भने बल्ल बजार पठाउन थालिएको हो । यस वर्ष सुन्तला खरिद गर्न काठमाडौँको कालीमाटी, मुग्लिन, धादिङ तथा नारायणगढका व्यवसायी बाँसखर्कका सुन्तला बगानमा आइपुगेका छन् । कतिपय व्यवासयीले थोरै मात्रामा सुन्तला ढुवानी गर्न थालेका छन् भने कतिपय व्यवसायीले किसानसँग सम्झौता गरे पनि सुन्तला टिप्न आइनपुगेको सबैभन्दा बढी… पुरा पढौ

स्याङ्जामा दुई हजार दुई सय हेक्टरमा सुन्तला बगैँचा

वालिङ । स्याङ्जामा दुई हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको छ । जिल्लाका एघार स्थानीय तहमध्ये नौ स्थानीय तहमा व्यावसायिक सुन्तला खेती हुँदै आएको छ । चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा व्यावसायिकरुपमा सुन्तला खेती गरिएको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइअन्तर्गत सुन्तला सुपरजोन सञ्चालनमा रहेको छ । सुपरजोन सञ्चालनमा आएसँगै जिल्लाका विभिन्न स्थानीय तहमा सुन्तला बगैँचा फैलिँदै गएको सुन्तला सुपरजोन परियोजनाका वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालले जानकारी दिए । उनका अनुसार… पुरा पढौ

सुनजस्तै पहेँलपुर तनहुँका सुन्तला तर ढुवानीमा समस्या झेल्दै किसान

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर रु ७५ लाख आम्दानी गरे । विसं २०५२ बाट व्यावसायिकरुपमा सुन्तला खेतीमा आबद्ध उहाँले सुन्तला खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । गाउँको भिरालो जग्गालाई सदुपयोग गरी सुन्तला खेती गर्नुभएका अधिकारीको सुन्तला बगैँचामा एक हजार तीन सयभन्दा बढी बोट छन् । सबैभन्दा धेरै यही वर्ष सुन्तला उत्पादन भएको अधिकारीको भनाइ छ । उनले भने, “अन्य वर्ष रु ६०÷७० लाखको उत्पादन भएको छ । यो वर्ष सबैभन्दा धेरै उत्पादन भयो… पुरा पढौ

कृषि विकास बैंक कर्मचारी सघं गण्डकीमा ५७ यूनिट रगत संकलन

पोखरा । कृषि विकास बैंक कर्मचारी सघं नेपाल गण्डकी प्रदेश समितीको आयोजनामा शनिवार भएको रक्तदान कार्यक्रममा ५८ यूनिट रगत संकलन भएको छ । बैंकको पृथ्वीचोस्थित शाखा कार्यालयमा सम्पन्न कार्यक्रममा ५७ जनाले रक्तदान गरेका हुन् । कार्यक्रमको पेशागत महासघं नेपालका केन्दिय सचिव राम प्रसाद खनालले सघंका पूर्व सल्लाहाकार घनेन्द्र अधिकारीलाई ब्लडब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा केन्द्रिय सल्लाहाकार महेश पौडेल ,विफु गण्डकी प्रदेश अध्यक्ष भेषराज घिमिरे ,नेपाल बंैक लि। कर्मचारी सघं अध्यक्ष ध्रुवपौडेल, नेपाल वित्तिय संस्था कर्मचारी सघंका अध्यक्ष… पुरा पढौ

पोखरा महोत्सवमा आज एलिना चौहान र मन्त्र ब्याण्ड गुञ्जिदै

पोखराको अमरसिंह खेल मैदानमा जारी बाह्र्रौँ संस्करणको पोखरा महोत्सवमा आज एलिना चौहान र मन्त्र व्याण्डले प्रस्तुती दिदैछन् । ‘युवाको जाँंगर राष्ट्र निर्माणको आधार’ भन्ने नारासहित युनाइटेड क्लव पोखराको आयोजनामापुस २६ गतेदेखि शुरु महोत्सवमा आज दिउँसो एलिना चौहान र साँझ मन्त्र व्याण्डले प्रस्तुती दिने क्लवका महासचिव दीनेश सुनारले जानकारी दिए । महोत्सवमा आज एलिनासंगै जीवन दाहाल, शिवहरी ढुंगाना, निश्चल दवाडी, सबिना गुरुङ, शान्ता बर्देवा, माधव चाँपागाई, कमला गैरे, बिनिता क्षेत्री, सुरेश भुर्तेल लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ ब्याण्ड तर्फ मन्त्र… पुरा पढौ