कृषि

विदेशबाट फर्केर नमुना किसान बनेका भोजबहादुर

बलेवा । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेका भोजबहादुर बोहरा पाँच वर्ष विदेशमा बसेर स्वदेश फर्केपछि गाउँमा नमुना किसानका रुपमा परिचय बनाउँदै छन् । उनले गाईभैँसी, बाख्रा, कुखुरापालन गर्नुका साथै व्यावसायिक तरकारीखेती पनि गरिरहेका छन् । भोजबहादुरलाई उनकी श्रीमतीले साथ दिईरहेकी छिन् । बोहरा दम्पतीले दुधालु भैँसी तीन, एउटा गाई, माउबाख्रा पाँच र कुखुरा १४ वटा पालेका छन् । बाह्रै महिना दूध बिक्री गर्ने योजनाका साथ पालेका गाईभैँसीले अहिले प्रशस्त आम्दानी दिइरहेका भोजबहादुरले बताए। दूधका साथै गोबरलाई मलका रुपमा बेचेर थप आम्दानी… पुरा पढौ

उखु र अदुवापछि बेसारको ‘ब्रान्डिङ’ गर्दै सहकारी

गलकोट । अधिकांश सहकारी उद्देश्यअनुरुप नचलेको गुनासोकाबीच यहाँको एक सहकारीले बहुआयामिक उत्पादनलाई शेयर सदस्यलाई जोड्न थालेको छ । छ वर्षदेखि उखु र अदुवा उत्पादन गर्दै आएको बागलुङको सिमृक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले यस वर्षदेखि बेसारलाई ‘ब्रान्डिङ’ गरेर बजार पठाएको छ । सहकारीले बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराको दुई स्थानमा १० रोपनी बाँझो जग्गा भाडामा लिएर उखुखेती गर्दै आएको थियो भने तीन वर्षयता बागलुङ नगरपालिका–४ कुँडुलेमा दुई रोपनी जग्गा भाडामा लिएर बेसारखेती गर्दै आएको छ । यस्तै तितौरेमा दुई रोपनी… पुरा पढौ

एउटै गाउँबाट रु ११ करोडका सुन्तला बिक्री

पर्वत । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले रैथाने जातको मान्यता प्रदान गरेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा उत्पादित सुन्तला मुग्लिन र काठमाडौँको कालीमाटी बजारमा पठाइएको छ । अन्यत्र सुन्तलाको सिजन सकिने बेला भइसक्दा यहाँका सुन्तला भने बल्ल बजार पठाउन थालिएको हो । यस वर्ष सुन्तला खरिद गर्न काठमाडौँको कालीमाटी, मुग्लिन, धादिङ तथा नारायणगढका व्यवसायी बाँसखर्कका सुन्तला बगानमा आइपुगेका छन् । कतिपय व्यवासयीले थोरै मात्रामा सुन्तला ढुवानी गर्न थालेका छन् भने कतिपय व्यवसायीले किसानसँग सम्झौता गरे पनि सुन्तला टिप्न आइनपुगेको सबैभन्दा बढी… पुरा पढौ

स्याङ्जामा दुई हजार दुई सय हेक्टरमा सुन्तला बगैँचा

वालिङ । स्याङ्जामा दुई हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको छ । जिल्लाका एघार स्थानीय तहमध्ये नौ स्थानीय तहमा व्यावसायिक सुन्तला खेती हुँदै आएको छ । चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा व्यावसायिकरुपमा सुन्तला खेती गरिएको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइअन्तर्गत सुन्तला सुपरजोन सञ्चालनमा रहेको छ । सुपरजोन सञ्चालनमा आएसँगै जिल्लाका विभिन्न स्थानीय तहमा सुन्तला बगैँचा फैलिँदै गएको सुन्तला सुपरजोन परियोजनाका वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालले जानकारी दिए । उनका अनुसार… पुरा पढौ

सुनजस्तै पहेँलपुर तनहुँका सुन्तला तर ढुवानीमा समस्या झेल्दै किसान

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर रु ७५ लाख आम्दानी गरे । विसं २०५२ बाट व्यावसायिकरुपमा सुन्तला खेतीमा आबद्ध उहाँले सुन्तला खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । गाउँको भिरालो जग्गालाई सदुपयोग गरी सुन्तला खेती गर्नुभएका अधिकारीको सुन्तला बगैँचामा एक हजार तीन सयभन्दा बढी बोट छन् । सबैभन्दा धेरै यही वर्ष सुन्तला उत्पादन भएको अधिकारीको भनाइ छ । उनले भने, “अन्य वर्ष रु ६०÷७० लाखको उत्पादन भएको छ । यो वर्ष सबैभन्दा धेरै उत्पादन भयो… पुरा पढौ

कृषि विकास बैंक कर्मचारी सघं गण्डकीमा ५७ यूनिट रगत संकलन

पोखरा । कृषि विकास बैंक कर्मचारी सघं नेपाल गण्डकी प्रदेश समितीको आयोजनामा शनिवार भएको रक्तदान कार्यक्रममा ५८ यूनिट रगत संकलन भएको छ । बैंकको पृथ्वीचोस्थित शाखा कार्यालयमा सम्पन्न कार्यक्रममा ५७ जनाले रक्तदान गरेका हुन् । कार्यक्रमको पेशागत महासघं नेपालका केन्दिय सचिव राम प्रसाद खनालले सघंका पूर्व सल्लाहाकार घनेन्द्र अधिकारीलाई ब्लडब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा केन्द्रिय सल्लाहाकार महेश पौडेल ,विफु गण्डकी प्रदेश अध्यक्ष भेषराज घिमिरे ,नेपाल बंैक लि। कर्मचारी सघं अध्यक्ष ध्रुवपौडेल, नेपाल वित्तिय संस्था कर्मचारी सघंका अध्यक्ष… पुरा पढौ

पोखरा महोत्सवमा आज एलिना चौहान र मन्त्र ब्याण्ड गुञ्जिदै

पोखराको अमरसिंह खेल मैदानमा जारी बाह्र्रौँ संस्करणको पोखरा महोत्सवमा आज एलिना चौहान र मन्त्र व्याण्डले प्रस्तुती दिदैछन् । ‘युवाको जाँंगर राष्ट्र निर्माणको आधार’ भन्ने नारासहित युनाइटेड क्लव पोखराको आयोजनामापुस २६ गतेदेखि शुरु महोत्सवमा आज दिउँसो एलिना चौहान र साँझ मन्त्र व्याण्डले प्रस्तुती दिने क्लवका महासचिव दीनेश सुनारले जानकारी दिए । महोत्सवमा आज एलिनासंगै जीवन दाहाल, शिवहरी ढुंगाना, निश्चल दवाडी, सबिना गुरुङ, शान्ता बर्देवा, माधव चाँपागाई, कमला गैरे, बिनिता क्षेत्री, सुरेश भुर्तेल लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ ब्याण्ड तर्फ मन्त्र… पुरा पढौ

गोरखाका किसानलाई फलफूलको बेर्नामा अनुदान

गोरखा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्व्यन एकाइ गोरखाले किसानलाई सुन्तला जातका फलफूलको बेर्नामा अनुदान उपलब्ध गराएको छ । परियोजनाअन्तर्गत किसानलाई रु १७ लाख ८० हजार रकम उपलब्ध गराइएको हो । फलफूलको उत्पादन वृद्धिमा सहयोग पु¥याउने उद्देश्यसहित परियोजनाले फलफूलका बेर्नामा अनुदान उपलब्ध गराएको परियोजना कार्यालय गोरखाकी प्रमुख वरिष्ठ कृषि अधिकृत पूर्ण ढुङ्गानाले जानकारी दिए । “किसानलाई फलफूल खेतीतर्फ आकर्षित गर्दै उत्पादन बढाउने परियोजनाको उद्देश्य छ”, उनले भने, “सोहीअनुरुप व्यावसायिक रुपमा सुन्तला जातका फलफूलको खेती गर्ने किसानलाई बेर्नामा अनुदान उपलब्ध… पुरा पढौ

पोखरा महोत्सवमा आज तरुल र सखरखण्डले दर्शकलाई स्वागत गरिदै, साँझमा र्यापर लाहुरेको प्रस्तुती

पोखरा महोत्सव आज पाचौं दिन जारी छ । अमरसिंहचौरमा जारी महोत्सवमा आज माघ १ गते सखरखण्ड र तरुलले दर्शकलाई स्वागत गरिने आयोजकले जनाएको छ ।सोमबारदेखि पोखरा महोत्सवमा विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता हुने भएको छ । १७ टिमको प्रतिष्पर्धा रहने उक्त प्रतियोगितामा माघ १ गते बेसलाइन एकेडेमी, बाल मन्दिर मावि, अमरसिंह एन र कालिका मावि विच प्रतिस्पर्धा रहने छ ।त्यसैगरी माघ ३ गते मेट्रोपोलिन, सेन्ट मेरिज, सरस्वती र बालकल्याण बिच प्रतिस्पर्धा रहने छ । त्यस्तै माघ ५ गते मेरिगोल्ड, ज्ञानगंगा,… पुरा पढौ

गुल्मीमा २३ करोडको सुन्तला उत्पादन

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँका ५४ वर्षीय टीकाबहादुर हमालले विगत ३३ वर्षदेखि सुन्तलाखेती गर्दै आएका छन्। सुन्तलाखेतीबाटै उनले वार्षिक लाखौँको आम्दानी गर्दै आएका छन् । “एक वर्ष बिराएर सुन्तलाको उत्पादन राम्रो हुन्छ, पोहोर साल रु आठ लाखको बिक्री भयो”, हमालले भने, “यस वर्ष उत्पादन अलि घटेकाले रु छ लाखको सुन्तला बिक्री भयो ।” सुन्तला लिन घरमै व्यापारी आउने गरेका छन् । अहिले उनले प्रतिकिलो रु ६५ देखि ७० मा सुन्तला बिक्री गरेका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने… पुरा पढौ