कृषि विकास बैंक कर्मचारी सघं गण्डकीमा ५७ यूनिट रगत संकलन


     एभरेस्ट आवाज    
     माघ ६ गते २०८० मा प्रकाशित




पोखरा । कृषि विकास बैंक कर्मचारी सघं नेपाल गण्डकी प्रदेश समितीको आयोजनामा शनिवार भएको रक्तदान कार्यक्रममा ५८ यूनिट रगत संकलन भएको छ ।

बैंकको पृथ्वीचोस्थित शाखा कार्यालयमा सम्पन्न कार्यक्रममा ५७ जनाले रक्तदान गरेका हुन् । कार्यक्रमको पेशागत महासघं नेपालका केन्दिय सचिव राम प्रसाद खनालले सघंका पूर्व सल्लाहाकार घनेन्द्र अधिकारीलाई ब्लडब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरे ।

कार्यक्रममा केन्द्रिय सल्लाहाकार महेश पौडेल ,विफु गण्डकी प्रदेश अध्यक्ष भेषराज घिमिरे ,नेपाल बंैक लि। कर्मचारी सघं अध्यक्ष ध्रुवपौडेल, नेपाल वित्तिय संस्था कर्मचारी सघंका अध्यक्ष राजेन्द्र सुवेदी लगायतले रक्तदानको महत्वका विषयमा बोलेका थिए ।

कृषि विकास बैंक कर्मचारी सघं नेपाल गण्डकी प्रदेश अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भिमबहादुर थापा र सञ्चालन सचिव सुमन सुवेदीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।