विचार

पदक खर्चले गरिबलाई मास्क तथा साबुन वितरण गर्नु राम्रो

हाम्रो देशमा पदकलाई निकै सस्तो र अलोकप्रिय बनाइयो | पदक भनेको थोरै व्यक्तिलाई दिनुपर्छ, जसले देश र जनताको लागि त्यो बर्ष उल्लेख्य काम गरेको होस् | पदक पाउने व्यक्तिको नाम सुन्दा नागरिकको मनमा श्रद्धा उत्पन्न होस् | कुन व्यक्तिले के कारणले पदक पाएको हो ? कारण आम नागरिकलाई थाहा होस् | त्यो पदक पाएपछि पदक पाउने व्यक्तिको बढुवा होस्, सामाजिक सम्मान होस् | यस्तो भयो भने पदक स्वयम् सम्मानित हुन्छ | उदाहरणको लागि मैले नर्दन युनिभर्सिटी बंगलादेशबाट जनस्वास्थ्य स्नातकोत्तरमा ४ जिपिएमा… पुरा पढौ

हाइपर टेन्सन साइलेन्ट किलर हो

हाम्रो मुटुले एउटा पम्प वा मोटरको रुपमा काम गरिरहेको हुन्छ । मुटुुले शरीरमा रहेको रगतलाई तानेर शरीरका हरेक अंग, भागमा पठाउने गर्छ । यही रगत सञ्चार गर्ने क्रममा मुटुमा एक प्रकारको शक्ति, बल या ऊर्जा पैदा हुन्छ । यसैलाई नै हामी रक्तचाप भन्छौं । औसतमा एउटा वयस्क मानिसको रक्तचाप १२०/८० मर्करी वा यसैको सेरोफेरोमा रहन्छ । यही यो बढ्दै गयो र १४०/९० वा सोभन्दा बढी भयो भने यसलाई हामी उच्च रक्तचाप वा हाइपर टेन्सन भन्छौं । अमेरिकन कार्डियोलोजी सोसाइटी, युरोपियन… पुरा पढौ