विचार

आजदेखि पोखरामा बाघजात्रा

२३ वर्ष पछि पोखरामा हुन गइरहेको बाघजात्रा आजबाट शुरु हुँदै छ । यही भदौ २० गतेसम्म चल्ने बाघजात्रा आफैमा जात्राहरुको पनि जात्रा भएको हुँदा यहाँ धेरै किसिमका जात्राहरु एक साथ प्रदर्शन हुनेछन् । बाघजात्रामा सबैभन्दा अगाडि कुमारी रहनेछ । यस पछि ताहामचा, धिमेबाजा, घोडानाच, सेनापति, प्रधानमन्त्री, राजा, रानी, दायाँबायाँ सुरक्षागार्ड, घोडचढी रिसल्लाहरु, झ्यासी न्यासीका रुपमा हतियारधारी शिकारीहरु, उहिलेका सैनिकका रुपमा गुरुज्यूका पल्टनका सैनिकहरु, सबैभन्दा आकर्षणका रुपमा रहेका बाघ तथा बाघको शिकारका लागि चारै तर्फबाट घेर्नका लागि हातमा बाँस बोकेका गाउँलेका… पुरा पढौ

नेपाल र नेपालीका प्यारा दुई फूलहरु क.पुष्पलाल र बीपी

राणा, शाह, पञ्च, बहुदल हुँदै गणतन्त्रसम्मको शासन व्यवस्थालाई समीक्षा गर्दा देशले सम्झनैपर्ने दुई शिखर नेताहरुमा पुष्पलाल र बीपी कोइरालालाई नसम्झिदा इतिहास र माटोले धिक्कार्ने छ । हुन त सम्झनलायक अन्य नेता हुन्– मनमोहन अधिकारी ,मदन भण्डारी ,गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुशील कोइराला पनि छन् नै।हालका राजनीतिक खेलाडीमध्ये कोसँग आशावादी हुनुहुन्छ भन्ने अर्को जिज्ञासामा धेरैले प्रधानमन्त्री केपी ओलीसँग अलि बढी नै अपेक्षा गरेको पाइन्छ तर दुई तिहाई बहुमतको सरकार बन्दा पनि राजकीय सत्ता र पार्टी भित्रको सत्ताको छिनाझपटी हुनु राम्रो… पुरा पढौ

आज २१० औं भानु जयन्ती : आदिकवि भानुभक्तमा हार्दिक श्रद्धाञ्जली !

भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन् । उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे । ’अध्यात्म रामायण’ अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे । भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज, सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तकृत रामायण नेपाली भाषा र साहित्यको पहिलो महाकाव्य हो। मोतीराम भट्टले १९४८ सालमा भानुभक्त आचार्यलाई आदिकवि लेखे, तर उनले लेखेको त्यो ’आदिकवि’ त्यतिसारो चलेन । १९९७ सालमा जुद्धशमशेर राणाले ’भानुभक्तलाई आदिकवि भने… पुरा पढौ

पश्चिमाञ्चल मावि : प्रयोगात्मक अभ्यासका लागि रंगशालादेखि रेडियो स्टेशनसम्म

पोखरा–पोखरा बहुमुखी क्याम्पसले आयोजना गरेको जिल्लास्तरीय छात्रा भलिवल प्रतियोगितामा पोखरा–४ गैहपाटनको पश्चिमाञ्चल माविले उपाधि हात पा¥यो ।–प्याब्सन कास्कीले आयोजना गरेको जिल्लास्तरीय छात्रा भलिवल प्रतियोगितामा पनि पश्चिमाञ्चल माविले नै उपाधि जित्यो ।–पोखरा महानगरले आयोजना गरेको राष्ट्रपतिकप विद्यालय स्तरीय ‘ज्याब्लिङ थ्रो’ मा पनि पश्चिमाञ्चल माविले नै उपाधि जित्यो ।पश्चिमाञ्चल माविले योवर्ष मात्र खेलकुद क्षेत्रमा रचेको इतिहासका यी केही उदाहरण हो । विद्यालयले खेल क्षेत्रमा हरेक वर्ष कुनै न कुनै उपाधि हात पारिरहेको छ । विद्यालयका को–अर्डिनेटर देव क्षेत्री भन्छन, ‘हामी शैक्षिक ज्ञान… पुरा पढौ

‘प्रतिभा’ उत्पादनमा प्रतिभा माविको छलाङ

–‘अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाड–२०२२’ मा प्रतिभा माविका अजर गुरुङले स्वर्ण पदक जिते । चीनमा भएको प्रतिश्पर्धामा विभिन्न २० मुलुकका प्रतिश्पर्धीलाई पछि पार्दै गुरुङले स्वर्ण हात पारेका थिए । २० मुलुकका ३४ समुहका १५६ जना विद्यार्थीबीच भएको प्रतिश्पर्धामा गुरुङ अब्बल ठहरिए । गुरुङले चारसय अंकमा ३६८.५ अंक हात पारेका थिए । –प्रतिभा माविकै अजर गुरुङ र बिनिताकुमारी चापागाँइले यहीवर्ष काठमाडौंमा भएको नेपाल इकोनोमिक्स ओलम्पियाडको ‘बिजनेस केस एनालाइसिस’ विधामा क्रमशः स्वर्ण र रजतपदक हात पारे । चौंथो संस्करणको यो राष्ट्रिय प्रतिश्पर्धामा अजरले व्यक्तिगत… पुरा पढौ

पुष्पलाल १०० औं जन्मजयन्ती बिशेष

नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लाको भङ्गेरीमा बुवा भक्तलाल र आमा तुलसीकुमारीको माहिला छोराका रूपमा भएको थियो । पुष्पलालका एक दाजु गङ्गालाल, तीन भाइ गौरीलाल, देवीलाल, विजयलाल श्रेष्ठ एवम् बहिनी पुष्पलता हुन् । पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालको क्रममा एक्सन कमिटीको अध्यक्ष पनि बन्नुभएको थियो । वि.सं. १९९७ माघ महिनामा आफ्ना दाजु शहीद गंगालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एकदिनअघि भद्रगोल जेलमा स–परिवार भेट्न जाँदा गङ्गालालले… पुरा पढौ

पुष्पलालका प्रिय कम्युनिष्ट हस्ती बलराम उपाध्याय : जो सँधै ओझेलमा रहे

नेपाली बाम लोकतान्त्रिक आन्दोलनका अविष्मरणीय योद्धा दिबङ्गत बलराम उपाध्याय तिमिल्सिनाको आज १७ औं स्मृति दिवस । वहाँप्रति हार्दिक श्रद्दासुमन,पोखरा -१६ ,बाटुलेचौरमा वहाँको सिङ्गै तिमिल्सिना परिवारप्रति हार्दिक अभिनन्दन ।      नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालका २०१० सालदेखि नै यति नजिक कि,एउटा सीधा रेखाका सबैभन्दा नजिकका दुई बिन्दु जस्तै नजिक ,निकटस्थ र सबैभन्दा नजिकका सहयोगी। वास्तव मै पुष्पलालको लालनपालन नै बाचुन्जेल बलराम उपाध्यायले गर्नुभो। २०३५ सालको शुरुवाती दिनसम्म प्रायः  सबै नेता र कार्यकर्ताले पुष्पलाललाई छोडे पनि वहाँले पुष्पलाललाई कहिल्यै… पुरा पढौ

विद्यार्थीलाई प्रश्न सोध्न कसरी प्रोत्साहन गर्ने ?

कक्षा चारमा पढ्दै गरेको एक विद्यार्थीले शिक्षकलाई प्रश्न गर्यो, “सर, सूर्य किन पश्चिमबाट उदाउँदैन ?”सरको पारो तातिहाल्यो झर्कदै तयारी जवाफ दिए, “किनकि सूर्य पूर्वबाट उदाउँछ । ” विद्यार्थीको जिज्ञासा मेटिएन । उसले जान्न चाहेको प्रश्नको जवाफ थिएन यो । एक छिन टाउको कन्यायो ! अनि फेरि जुरुक्क उठेर शिक्षकलाई सोधिहाल्यो, ” सर, सूर्य पूर्वबाट किन उदाउँछ?”पढ्नु पर्ने विषय भित्र नपरेकोले ठूलो कक्षामा आफैं थाहा पाउने भन्दै शिक्षकले फेरि विद्यार्थीलाई ग्रहहरुको नाम घोक्न लगाए ।अर्को विद्यार्थीले प्रश्न गर्यो, “सर, पृथ्वी फनफनी… पुरा पढौ

धार्मिक साम्प्रदायिक माथिको प्रहार ‘द केरला स्टोरी’

५ मे २०२३ देखि भारतीय चलचित्र ‘द केरला’ स्टोरी देश भरका सिनेमा घरमा लागि रहेको छ,यो चलचित्रको टीजर रिलीज भए देखि बिभिन्न तह तप्का देखि राजनीतिक बृत सम्म यसको चर्चा एबं बिबादमा चलेको छ। नचलोस पनि कसरी हिन्दू सँग आबद्द संघ सस्था र बि जे पि जस्ता पार्टी पनि चुनाबका माहोल तताउन यो सिनेमा एजेण्डाका रुपमा आएको छ र समर्थन गरेका छन भने अर्का थरि भारतीय काँग्रेस वा निकटले भने खुले आम बिरोध जनाएका छन। तिन चरणमा देखिएको यो चलचित्रको… पुरा पढौ

बिद्यार्थी दिवस र अनेरास्ववियु 

पोखरा । २०१७ साल पौष ०१ गते तत्कालीन राजा महेन्द्रले निर्वाचित प्रधानमन्त्री बिपी कोईरालालाई अपदस्त गरी दलहरू माथि प्रतिबन्ध लगाउदै एकतन्त्रीय ,फासिष्ट,तानाशाही पन्चायती ब्यवस्थाको स्थापना गरेपछि हाम्रो देश राजनीतिक-सामाजिक रुपले अस्थिर रह्यो,नेपाली जनसमुदायका स्वतन्त्रतापूर्वक बोल्न पाउने,पत्रपत्रिका प्रकाशन गर्न पाउने ,विद्यार्थी सङ्गठनहरु खोल्न पाउने,भेला-सम्मेलन गर्न पाउने सम्पूर्ण अधिकारहरु पन्चायती शासकहरुले खोसे। २०१७ सालदेखि नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीको मुख्य नेतृत्वमा रहेका केही राजनीतिकर्मीहरु समेत पन्चायती शासकहरुसङ्ग आत्मसमर्पण गरे ,राष्ट्र ,जनता र आफ्नो दल बिरोधी क्रियाकलापहरुमा उद्दत रहे जस्तै नेपाली काङ्ग्रेसका तत्कालीन… पुरा पढौ