देश

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध कटान हुन थालेपछि स्थानीय चिन्तित बनेका छन् । सुस्ता गाउँपालिका ५ मा नारायाणी नदीको पानी बस्तीमा पस्नबाट रोक्ने उद्देश्यले बाँध निर्माण गरिएको थियो । नदीमा पानीको उच्च बहावले बाँध कटान सुरु गरेपछि स्थानीयले सुस्ता जोगाउन अस्थायी बाँध निर्माण गरिरहेका छन् । ‘सुस्ता बचाउ अभियान’का प्रवक्ता रवीन्द्र जैसवालले बस्तीलाई कटान र डुबानबाट बचाउन स्थानीयको सक्रियतामा बाँध निर्माण गरिएको जनाउँदै गएरातिदेखि नदीमा पानीको बहाव उच्च हुँदा कटान सुरु भएको बताए । सुस्ताका नागरिकले हप्ता… पुरा पढौ

विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन

पोखरा १९ तल्लाकोटस्थित विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा आनन्दराज अधिकारी चयन भएका छन् । विद्यालयमा शुक्रबार सम्पन्न अभिभावक भेलाले अधिकारीको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । समितिको सदस्यमा हेम बहादुर तामाङ, तारा बास्तोला,गिता अधिकारी बास्तोला ,शिक्षक प्रतिनिधी अर्जुन अधिकारी , वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक श्रीराम आचार्य चयन भएका हुन् । त्यस्तै भेलाले शिक्षक अभिभावक संघ पनि गठन गरेको छ । संघको अध्यक्षमा मान बहादुर के सी,सदस्यहरुमा राजेन्द्र बास्तोला,नारायण प्रसाद बास्तोला,तेजमाया आचार्य,बबिता ढुङ्गाना… पुरा पढौ

अनुदानको व्यवस्थाले रुपा गाउँपालिकामा व्यावसायिक पशुपालन गर्ने किसानको संख्या बढ्दो

कास्कीको रुपा गाउँपालिकाले गाईभैँसी किन्न किसानलाई अनुदान दिएपछि पालिकामा व्यावसायिक पशुपालन गर्नेको सङ्ख्या बढेको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँपालिकाले गरिबी निवारणका लागि दूध उत्पादन परियोजना सुरु गरेर किसानलाई गत आर्थिक वर्षमा गाई खरिद गर्न नगद अनुदान दिएको हो । यसबाट पालिकामा दूध उत्पादन वद्धि भएको छ भने किसानको आम्दानीसमेत बढेको छ । पालिकामा पशुपालनको लहर चल्दा स्थानीय सरकारको साथले किसान उत्साहित बनेका छन् । रुपा ७ ठूलीबेँसीका किसान शङ्करलाल श्रेष्ठको गोठमा अहिले तीन वटा जर्सी गाई छन् ।… पुरा पढौ

गण्डकी खेलकुद पदक वितरणमा भएको चरम लापरवाही र मिलेमतोको छानबिन गर्न खेलकुद पत्रकार मञ्च गण्डकीको आग्रह

पोखरा, साउन २२ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गण्डकी प्रदेश खेलकुद परिषद् (गखेप) ले आर्थिक वर्ष २०८१/८२ का लागि गरेको पदक वितरण प्रक्रियामा देखिएको चरम लापरवाही र मिलेमतोको छानबिन गर्न माग गरेको छ। मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था) र महासचिव परशुराम शर्माद्वारा जारी विज्ञप्तिमा पदक वितरणमा भएको अनियमितताको छानबिन गर्न माग गरिएको हो।। साथै पदक वितरणमा संलग्न सम्बन्धित समिति तथा जिम्मेवार पदाधिकारीलाई नैतिक जिम्मेवारी वहन गर्दै आफ्नो गल्ती सच्याउनसमेत मञ्चले आग्रह गरेको छ। छानबिनमा दोषी देखिएका व्यक्तिमाथि कानुन… पुरा पढौ

‘पेन्सन पट्टा’को टिजर सार्वजनिक

पोखरा । प्रेम, त्याग, संघर्ष र आत्मसम्मानको भावनात्मक कथामा आधारित नेपाली चलचित्र ८८‘पेन्सन पट्टा’८८को बहुप्रतीक्षित टिजर सार्वजनिक गरिएको छ। आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रले टिजरमार्फत पारिवारिक सम्बन्ध, सामाजिक यथार्थ र गुरुङ समुदायको जीवनशैलीलाई मार्मिक रूपमा प्रस्तुत गर्ने संकेत दिएको छ। सार्वजनिक टिजरमा दयाहाङ राई, स्वर्गीय सुनिल थापा, गौमाया गुरुङ, पशुपति राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, पंचसुब्बा गुरुङ (दिल), माया गुरुङ, विश्वास गुरुङ, प्रतिक्षा गुरुङ, पुस्कर गुरुङ, राज थापा, डीबी गुरुङ, अनुसा राई, मनोज गुरुङ,… पुरा पढौ

पोउवा संघद्वारा देउखुरी उवा संघको प्रतिनिधिमण्डलाई स्वागतसँगै सहकार्यको सहमति

पोखरा,२२ साउन । पोखरा र दाङको देउखुरी उद्योग वाणिज्य संघ निजी क्षेत्रको हितका निम्ति समान एजेण्डासहित अगाडि बढ्न सहमत भएका छन् । दुवै उद्योग वाणिज्य संघबीच पर्यटन र सेवा क्षेत्रमा सहकार्यको सहमति पनि बनेको छ । जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमणको क्रममा शुक्रबार पोखरा आएको देउखुरी उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डललाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकर्ण कार्कीले निजी क्षेत्रमाथि आइपर्ने समस्या समाधानका निम्ति साझा अवधारणा हुनुपर्नेमा जोड दिए… पुरा पढौ

संघीयताको मर्म र चुनौतीमा पोखरेली विद्यार्थीको बहस

पोखरा, २३ साउन ।किशोर वयका विद्यार्थीले नेपालमा संघीयताका अवसर र चुनौतीबारे मन्थन गरेका छन् । संसदीय पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखराको पश्चिमाञ्चल माध्यमिक विद्यालयमा गरेको का विद्यालयमै आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सहभागी हुँदै उनीहरुले संघीय शासन व्यवस्थाका विविध आयामबारे धारणा राखेका हुन् । प्रतिस्पर्धामा सुजना पौडेल प्रथम भइन् । ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उत्कृष्ट स्थान हासिल गरेकी हुन् ।प्रतियोगितामा कुबेर पाण्डे दोस्रो र प्रशंसा शर्मा तेस्रो भए । अनिल यादवले सान्त्वना स्थान प्राप्त गरे । सहभागी कक्षा ११… पुरा पढौ

कानुन र स्रोत साधनको अभावले भने जति काम गर्न सकिएन: जिसस प्रमुख पौडेल

जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०८३,८४ को बार्षिक कार्ययोजना सार्वजनिक गरेको छ। समितिले शुक्रबार संचारकर्मी भेटघाट कार्यक्रम आयोजना गरेर आफ्नो उपलब्धी र कार्ययोजना सार्वजनिक गरेको हो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले नेपालको संविधानको धारा २२० अनुसार जिससका काम कर्तव्य र अधिकार, जिल्लाभित्रका गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने, विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सो को अनुगमन गर्ने,जिल्लामा रहने संघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने, प्रदेश कानून बमोजिमका अन्य… पुरा पढौ

पाँच सय बढी रोहिङ्ग्या नेपाल छिरे

खुला सिमाना र प्रविधियुक्त सुरक्षा निगरानीसम्बन्धी व्यवस्था नहुँदा पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गरेको पाइएको छ । विभिन्न समयमा नेपाल–भारत सीमानाका हुँदै ती रोहिङ्ग्या शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । प्रहरीका अनुसार हालसम्म ५२६ जना रोहिङ्ग्या नेपालमा रहेका छन् । जसमा १६२ पुरुष, १४८ महिला र २१६ बालबालिका छन् । उनीहरू काठमाडौँको कपन, लसुनटार र राममन्दिर तथा ललितपुरको सुनाकोठी क्षेत्रमा बसोबास गरिरहेको प्रहरीले जनाएको छ । प्रहरी नायब महानिरीक्षक काफ्लेले… पुरा पढौ

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लिले आफ्नो आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रा.लि मार्फत पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। पोखरा महानगरपालिका–१०, बुद्धचोकस्थित यो नयाँ सर्भिस सेन्टरसँगै पोखरामा बीवाईडीको थ्रीएस सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स सुविधा पूर्ण रूपमा सञ्चालनमा आएको जनाईएको छ। सर्भिस सेन्टरको उदघाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए । बीवाईडीले नेपालभर आफ्नो बिक्रीपछिको सेवा सञ्जाल तीव्र रूपमा विस्तार गरिरहेको अवस्थामा पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनु कम्पनीका लागि अर्को… पुरा पढौ