गृहमन्त्री सुधन गुरुङले राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइने बताएका छन् । गृहमन्त्री गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको आज सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्ट पारेका छन् । “राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो,” उनले सामाजिक सञ्जालमा लेखेका छन् , “पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन ।…
पुरा पढौ