देश

लेखनाथ महोत्सव पुस १८ गतेदेखि, तयारी अन्तिम चरणमा

पोखरा, पुस १५ पोखराको लेखनाथमा पुस १८ गतेदेखि लेखनाथ महोत्सव हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ १ गतेसम्म २० औं संस्करणको लेखनाथ महोत्सव आयोजना हुने भएको हो । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी सह–आयोजक रहेको महोत्सव पोखरा महानगरपालिका वडा नम्बर २७ डाँडाको नाक, तालचोकमा सञ्चालन हुनेछ । महोत्सव उद्घाटनअघि झाँकी प्रदर्शनी… पुरा पढौ

नेपालमा सौर्य गतिविधि र वर्षाको प्रवृत्तिमा समानता: अध्ययन

अमेरिकामा रहेका म्याग्दीका सुजनप्रसाद गौतम नेतृत्वको अनुसन्धानकर्ताहरुको टोलीले नेपालमा सौर्य गतिविधि र वर्षाको सम्बन्धका विषयमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । अनुसन्धानकर्ता गौतमको नेतृत्वमा अनुसन्धानकर्ता अशोक सिल्वाल, बासुदेव बराल र डा बिनोद अधिकारीको टोलीले ‘द पोसिबल इम्प्याक्ट अफ सोलार एक्टिभिटी अन रेनफल इन नेपाल स् अ केस स्टडी’ शीर्षकमा गरेको अध्ययनको प्रतिवेदन अन्तर्राष्ट्रिय जर्नल ‘एड्भान्सेस इन स्पेस रिसर्च’मा प्रकाशित भएको हो । जल तथा मौसम विज्ञान विभागको सन् १९६८ देखि सन २०२३ सम्मको पोखरा र काठमाडौँको मासिक वर्षाको तथ्याङ्कहरुलाई… पुरा पढौ

क्यान्सरविरूद्धको थप पाँच लाख खोप ल्याइयो

किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याइएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीका अनुसार आइतबार चार लाख ९६ हजार दुई सय ८० मात्रा खोप ल्याइएको छ । सरकारले यसभन्दा अघि दुई पटक एचभिपी खोप ल्याइसकेको छ । उक्त खोप टेकुस्थित भण्डारण कक्षमा राखिएको छ । यसअघि ल्याइएका खोपलाई प्रदेश कार्यालयमा पठाइएको र यो खोप पनि प्रदेश कार्यालयमा पठाइने निर्देशक रायमाझीले जानकारी दिए । ‘एचपिभी’ खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल… पुरा पढौ

आज ‘तमु ल्होसार/ल्होछार’ मनाइँदै

गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको… पुरा पढौ

मदरल्याण्डमा जलवायु सम्बन्धि सचेतना : ‘जलवायु परिवर्तनले मानवको जीवनशैली नै परिवर्तन’

पोखरा, पुस १४जलवायु परिवर्तन र त्यसले पारेको असरबारे जानकारी दिलाउने उद्देश्यले मासबारस्थित मदरल्याण्ड माविमा आइतबार विभिन्न कार्यक्रम गरिएको छ । चित्रकला, भित्ते म्यागेजिन, जलवायु सम्बन्धि ओलम्पियाड र जलवायु बहस लगायतका कार्यक्रमबाट जलवायु परिवर्तन र त्यसले पारेको असरबारे जानकारी दिइएको थियो ।विद्यालयका प्राचार्य डा।नारायण बरालका अनुसार मदरल्याण्ड मावि, नेपाल–अमेरिका अलुम्नाई नेटवर्क, जिस्ट इन्टरनेशनल फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा विभिन्न मुलुकका विद्यार्थी र विश्वविद्यालयका प्राध्यापक सहभागि भएका थिए । बरालका अनुसार जलवायु परिवर्तनको असर पछिल्लो समय बढ्दै गएको र त्यसले जनमानसमा असर पारेकोले… पुरा पढौ

नेप्से परिसूचक २१ अङ्कले घट्यो

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव १२ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव ५८ बिन्दुमा कायम भएको छ । आज तीन सय १६ कम्पनीको एक करोड १० लाख ९९ हजार दुई सय ३९ कित्ता शेयर ६६ हजार सात सय ७४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ४७ करोड ४८ लाख ६८ हजार सात सय ६४ बराबरको कारोबार भएको हो । लघुवित्त एक दशमलव १२, म्युचुअफ फन्ड शून्य दशमलव १८ र अन्य समूह… पुरा पढौ

राष्ट्रपति पौडेलद्धारा सहकारीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छ । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन । “राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको छ”, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि संसद्को अधिवेशन नभएको अवस्थामा सरकारले उक्त अध्यादेश ल्याएको हो । रासस पुरा पढौ

करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक

भारतको महाराष्ट्र जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको हो । दश वर्ष उमेर समूहका नेपालका खेलाडी सिद्वार्थ रानाले स्वर्णपदक जितेका हुन् । भारतीय राष्ट्रिय कराते सङ्घको आयोजनामा भएको प्रतियोगितामा बङ्गलादेश, श्रीलङ्कालगायत भारतका विभिन्न क्षेत्रबाट एक सयभन्दा बढी खेलाडी सहभागी छन् । प्रतियोगिताअन्तर्गत आज र भोलि विभिन्न उमेर र तौल समूहका फाइनल खेल हुनेछन् । प्रतियोगितामा नेपालका तर्फबाट महिला तथा पुरूष गरी १८ जना खेलाडी सहभागी छन् ।… पुरा पढौ

चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी

अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको हो । सल्लेरीमा शनिबार बिहानको तापक्रम माइनस एक डिग्रीसेल्सियस मापन गरिएको हावापानी मापन केन्द्रले जनाएको छ । मापन केन्द्रका कर्मचारी नवराज पराजुलीका अनुसार सल्लेरीको तापक्रम केही दिनयता माइनसमा गएको हो । चिसो बढेसँगै सल्लेरी क्षेत्रमा मानिस आगो तापेर बस्न थालेको स्थानीय निरकुमार नेपालीले बताए । उनले भने, “चिसोले घरभित्र बस्न सक्ने अवस्था छैन, त्यही भएर बिहानबेलुका सबै एक ठाउँमा… पुरा पढौ

पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’

नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आजदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको छ । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी हुँदैछन् । प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितामा २० टोली सहभागी हुनेछन् । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको… पुरा पढौ