देश

कास्की कारागारबाट फरार मगर ललितपुरमा पक्राउ

कास्की कारागारबाट फरार रहेका एक कैदी ललितपुरमा पक्राउ परेका छन् । सहकारी ठगी सम्बन्धी कसूरमा कास्की कारागारमा रहेका पोखरा २९ पट्नेरीका उत्तम मगरलाई आइतबार ललितपुरबाट नियन्त्रणमा लिईएको जिलला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मगर २०८२ भदौ २४ गतेको जेनजी प्रदर्शनको क्रममा कारागरबाट भागेको प्रहरीले जनाएको छ । लुकीछिपी बस्दै आएका ४५ बर्षिय मगरलाई जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा कास्की प्रहरीको टोलीले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ स्थित सानोगाउँबाट नियन्त्रणमा लिएको थियो । पक्राउ परेका मगरलाई पोखरा ल्याई आवश्यक… पुरा पढौ

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा करिब ६८ करोड आम्दानी

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गत आव २०८२÷०८३ मा पर्यटक शुल्कबाट मात्रै करिब ६८ करोड रुपैयाँ सङ्कलन गरेको छ । एक्यापले गत आवमा ६७ करोड ७५ लाख ९० हजार नौ सय ८६ रुपैयाँ सङ्कलन गरेको जनाएको छ । गत आवमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएपछि प्रवेश शुल्कबाट हुने आम्दानी पनि बढेको हो । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार गत आवमा दक्षिण एसियाली मुुलुकका तीन लाख ८४ हजार एक सय ४५ र अन्य मुलुकका एक लाख २४ हजार… पुरा पढौ

बाढीले पढ्ने किताब कापी नै बगायो, बालबालिकालाई भने पढाइको पीर

पर्वतको जलजला गाउँपालिका–७ फर्से स्थित शिव माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने दिवश केसीको कापी–किताब बाढीले बगायो । कालीगण्डकी उर्लेर उनको घर गोठ बग्दा उनका कापी–किताब, विद्यालय पोसाक र झोला बग्यो । बगेको खाद्यान्न र लत्ताकपडाका लागि त राहत मिलेको छ तर उनले पढ्ने किताबबारे कसैको चासो देखिन्न । यो चिन्ता जति–उनी स्वयं भोग्दैछन् । दस दिनदेखि विस्थापित लस्तीबासी खेतखेतमा प्लाष्टिकको टनेलमा बसेका छन् भने कतिपय आफन्तको घरमा पुगेका छन् । दीर्घकालीन रुपमा खानेबस्ने समस्या भए पनि जिल्ला र प्रदेश… पुरा पढौ

दसैँका लागि पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

दसैँ नजिकिँदै आउँदा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ । बडादसैँलाई लक्षित गरी डोल्पाको जगदुल्ला गाउँपालिकाबाट भेडाच्याङ्ग्रा पोखरा ल्याइएको व्यापारी बुद्धिराम बोहराले बताए । भेडाच्याङ्ग्रा लिएर हिँडेको २३ दिनपछि शनिबार पोखरा आइपुगेको उनले जानकारी दिए । यहाँ ल्याइएको भेडाच्याङ्ग्रा पोखरा महानगरपालिका–१ स्थित जौबारी, याम्दी क्षेत्रमा आइतबार बिहानदेखि नै बिक्रीका लागि राखिएको उनले बताए । तीन जना व्यवसायी मिलेर २०० भेडाच्याङ्ग्रा पोखरा ल्याएको व्यापारी बोहराले जानकारी दिए । “यो पटक हामी तीन जना साथीहरु मिलेर डोल्पाको जगदुल्ला गाउँपालिकाको विभिन्न ठाउँबाट… पुरा पढौ

कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया सुरु हुँदैछ । आइतबार काठमाडौँको खुलामञ्चमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएसँगै कांग्रेस बन्द सत्र हुँदै निर्वाचन प्रक्रियातर्फ अघि बढ्न लागेको हो । खुलामञ्चमा केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । प्रवक्ता चालिसेका अनुसार पार्टीको १५औँ महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पेस गर्ने प्रतिवेदनमाथि केन्द्रीय कार्यसमितिले पारित गरेपछिमात्र बन्दसत्र सुरु गर्ने कार्यक्रम रहेको छ । उनले भने, “पार्टीले विभिन्न समितिलाई जिम्मेवारी दिएको छ । त्यो जिम्मेवारीअनुसार उहाँहरूले… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे कांग्रेस उप-सभापतिमा उठ्ने

पोखरा— गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै अघि बढाउन आफूले उपसभापति पदमा उम्मेदवारी दिएको पाण्डेले बताए। पार्टीभित्र र बाहिरबाट कांग्रेसको एकता र सुदृढ संगठन निर्माणको आवश्यकता निरन्तर उठिरहेको भन्दै उनले पार्टीका सबै तह र पुस्ताका नेता–कार्यकर्तालाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा जोड्नु आफ्नो प्राथमिकता हुने बताए।पाण्डेले आफू नेपाली कांग्रेसको तीन पटक केन्द्रीय सदस्य तथा ४५ वर्षभन्दा बढी… पुरा पढौ

ब्रोइलर कुखुरा पालक किसानका समस्या समाधान गर्न कास्कीमा नयाँ समिति, अध्यक्षमा सापकोटा

पोखरा ।कास्कीमा ब्रोइलर कुखुरा पालन गर्ने किसानहरुको आइतबार भएको एक भेलाले पोखरा–२५ हेमजाका ईश्वर सापकोटाको अध्यक्षमा कास्की जिल्ला ब्रोइलर किसान संघ गठन गरेको छ । उक्त तदर्थ समितिको उपाध्यक्षमा चिरञ्जीवी ढु·ाना, सचिवमा प्रेम जोशी, सह सचिवमा बसुन्धरा लम्साल, कोषाध्यक्षमा प्रकाश थापा तथा सदस्यहरुमा निराज बराल क्षेत्री, गणेश गौतम, दुर्गा सुनार, सुशिल भण्डारी, लिलाधर पौडेल र धु्रवराज गौतम रहेका छन् । ब्रोइलर कुखुरा किसानहरूले भोग्दै आएका विभिन्न समस्या समाधानका लागि नयाँ समिति गठन गरिएको छ। किसानको हकहित संरक्षण गर्दै कुखुरा व्यवसायलाई… पुरा पढौ

राइजिङ्ग स्टार युथ क्लवको रक्तदानमा ४६ युनिट रगत संकलन

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीमा रहेको राइजिङ्ग स्टार युथ क्लवले राखेको खुल्ला रक्तदानमा ४६ युनिट रगत संकलन भएको छ । क्लवको वार्षिक कार्यक्रम अन्र्तगत आइतवार राखिएको खुल्ला रक्तदानमा समाजसेवी मेजर सुर्य गुरुङले पहिलो रक्तदाता राजन गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गर्दै युवाहरुको समाज विकासमा ठूलो भूमिका रहने वताए । पोखरा महानगरपालिका वडा नं २७ का वडा सदस्य जितेन्द्रबहादुर क्षत्रीले क्लवको सकृयताको प्रशंसा गर्दै समाज परिवर्तनका लागि अझै खटेर काम गर्न काम गर्न सुझाव दिए। क्लवका अध्यक्ष अनिल गुरुङको… पुरा पढौ

आर्थिक पारदर्शिता अप्नाउँदै कास्की नेकपा

सन्देश श्रेष्ठपोखरा, असोज १८ नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आर्थिक पारदर्शिता अप्नाउन शुरु गरेको छ । पोखरा शिवालयचोकस्थित कास्की पार्टी कार्यालय भवनको माथिल्लो तलामा सभाहल बनाउँदा लागेको खर्च सार्वजनिक गरेर नेकपा कास्कीले आर्थिक पारदर्शिता अप्नाउन शुरु गरेको हो । यसअघि नेकपालगायत कुनै पनि पार्टीले आर्थिक संकलन गर्दा होस् वा खर्च गर्दा आर्थिक कारोबार सार्वजनिक गर्ने प्रचलन थिएन । तर नेकपा कास्कीले भवनको माथिल्लो तलामा सभाहल निर्माणमा लागेको खर्च र संकलन भएको रकम दुबै बुँदागत रुपमा आईतबार सार्वजनिक गरेर आर्थिक पारदर्शिताको नमूना… पुरा पढौ

कांग्रेस महाधिवेशन उद्घाटन सत्र जारी, विभिन्न दलका शीर्ष नेताहरु उपस्थित,विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ । ‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित सुरु भएको महाधिवेशनमा मुलुकका विभिन्न दलका शीर्ष नेताको सहभागिता रहेको छ । पार्टीका सभापति गगनकुमार थापाले महाधिवेशनको उद्घाटन गमलाको बिरुवामा जल सिञ्चन गरी गरे । उद्घाटन सत्रमा सभापति थापासँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेता… पुरा पढौ