देश

अनुदानको व्यवस्थाले रुपा गाउँपालिकामा व्यावसायिक पशुपालन गर्ने किसानको संख्या बढ्दो

कास्कीको रुपा गाउँपालिकाले गाईभैँसी किन्न किसानलाई अनुदान दिएपछि पालिकामा व्यावसायिक पशुपालन गर्नेको सङ्ख्या बढेको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँपालिकाले गरिबी निवारणका लागि दूध उत्पादन परियोजना सुरु गरेर किसानलाई गत आर्थिक वर्षमा गाई खरिद गर्न नगद अनुदान दिएको हो । यसबाट पालिकामा दूध उत्पादन वद्धि भएको छ भने किसानको आम्दानीसमेत बढेको छ । पालिकामा पशुपालनको लहर चल्दा स्थानीय सरकारको साथले किसान उत्साहित बनेका छन् । रुपा ७ ठूलीबेँसीका किसान शङ्करलाल श्रेष्ठको गोठमा अहिले तीन वटा जर्सी गाई छन् ।… पुरा पढौ

गण्डकी खेलकुद पदक वितरणमा भएको चरम लापरवाही र मिलेमतोको छानबिन गर्न खेलकुद पत्रकार मञ्च गण्डकीको आग्रह

पोखरा, साउन २२ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गण्डकी प्रदेश खेलकुद परिषद् (गखेप) ले आर्थिक वर्ष २०८१/८२ का लागि गरेको पदक वितरण प्रक्रियामा देखिएको चरम लापरवाही र मिलेमतोको छानबिन गर्न माग गरेको छ। मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था) र महासचिव परशुराम शर्माद्वारा जारी विज्ञप्तिमा पदक वितरणमा भएको अनियमितताको छानबिन गर्न माग गरिएको हो।। साथै पदक वितरणमा संलग्न सम्बन्धित समिति तथा जिम्मेवार पदाधिकारीलाई नैतिक जिम्मेवारी वहन गर्दै आफ्नो गल्ती सच्याउनसमेत मञ्चले आग्रह गरेको छ। छानबिनमा दोषी देखिएका व्यक्तिमाथि कानुन… पुरा पढौ

‘पेन्सन पट्टा’को टिजर सार्वजनिक

पोखरा । प्रेम, त्याग, संघर्ष र आत्मसम्मानको भावनात्मक कथामा आधारित नेपाली चलचित्र ८८‘पेन्सन पट्टा’८८को बहुप्रतीक्षित टिजर सार्वजनिक गरिएको छ। आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रले टिजरमार्फत पारिवारिक सम्बन्ध, सामाजिक यथार्थ र गुरुङ समुदायको जीवनशैलीलाई मार्मिक रूपमा प्रस्तुत गर्ने संकेत दिएको छ। सार्वजनिक टिजरमा दयाहाङ राई, स्वर्गीय सुनिल थापा, गौमाया गुरुङ, पशुपति राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, पंचसुब्बा गुरुङ (दिल), माया गुरुङ, विश्वास गुरुङ, प्रतिक्षा गुरुङ, पुस्कर गुरुङ, राज थापा, डीबी गुरुङ, अनुसा राई, मनोज गुरुङ,… पुरा पढौ

पोउवा संघद्वारा देउखुरी उवा संघको प्रतिनिधिमण्डलाई स्वागतसँगै सहकार्यको सहमति

पोखरा,२२ साउन । पोखरा र दाङको देउखुरी उद्योग वाणिज्य संघ निजी क्षेत्रको हितका निम्ति समान एजेण्डासहित अगाडि बढ्न सहमत भएका छन् । दुवै उद्योग वाणिज्य संघबीच पर्यटन र सेवा क्षेत्रमा सहकार्यको सहमति पनि बनेको छ । जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमणको क्रममा शुक्रबार पोखरा आएको देउखुरी उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डललाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकर्ण कार्कीले निजी क्षेत्रमाथि आइपर्ने समस्या समाधानका निम्ति साझा अवधारणा हुनुपर्नेमा जोड दिए… पुरा पढौ

संघीयताको मर्म र चुनौतीमा पोखरेली विद्यार्थीको बहस

पोखरा, २३ साउन ।किशोर वयका विद्यार्थीले नेपालमा संघीयताका अवसर र चुनौतीबारे मन्थन गरेका छन् । संसदीय पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखराको पश्चिमाञ्चल माध्यमिक विद्यालयमा गरेको का विद्यालयमै आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सहभागी हुँदै उनीहरुले संघीय शासन व्यवस्थाका विविध आयामबारे धारणा राखेका हुन् । प्रतिस्पर्धामा सुजना पौडेल प्रथम भइन् । ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उत्कृष्ट स्थान हासिल गरेकी हुन् ।प्रतियोगितामा कुबेर पाण्डे दोस्रो र प्रशंसा शर्मा तेस्रो भए । अनिल यादवले सान्त्वना स्थान प्राप्त गरे । सहभागी कक्षा ११… पुरा पढौ

कानुन र स्रोत साधनको अभावले भने जति काम गर्न सकिएन: जिसस प्रमुख पौडेल

जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०८३,८४ को बार्षिक कार्ययोजना सार्वजनिक गरेको छ। समितिले शुक्रबार संचारकर्मी भेटघाट कार्यक्रम आयोजना गरेर आफ्नो उपलब्धी र कार्ययोजना सार्वजनिक गरेको हो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले नेपालको संविधानको धारा २२० अनुसार जिससका काम कर्तव्य र अधिकार, जिल्लाभित्रका गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने, विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सो को अनुगमन गर्ने,जिल्लामा रहने संघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने, प्रदेश कानून बमोजिमका अन्य… पुरा पढौ

पाँच सय बढी रोहिङ्ग्या नेपाल छिरे

खुला सिमाना र प्रविधियुक्त सुरक्षा निगरानीसम्बन्धी व्यवस्था नहुँदा पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गरेको पाइएको छ । विभिन्न समयमा नेपाल–भारत सीमानाका हुँदै ती रोहिङ्ग्या शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । प्रहरीका अनुसार हालसम्म ५२६ जना रोहिङ्ग्या नेपालमा रहेका छन् । जसमा १६२ पुरुष, १४८ महिला र २१६ बालबालिका छन् । उनीहरू काठमाडौँको कपन, लसुनटार र राममन्दिर तथा ललितपुरको सुनाकोठी क्षेत्रमा बसोबास गरिरहेको प्रहरीले जनाएको छ । प्रहरी नायब महानिरीक्षक काफ्लेले… पुरा पढौ

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लिले आफ्नो आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रा.लि मार्फत पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। पोखरा महानगरपालिका–१०, बुद्धचोकस्थित यो नयाँ सर्भिस सेन्टरसँगै पोखरामा बीवाईडीको थ्रीएस सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स सुविधा पूर्ण रूपमा सञ्चालनमा आएको जनाईएको छ। सर्भिस सेन्टरको उदघाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए । बीवाईडीले नेपालभर आफ्नो बिक्रीपछिको सेवा सञ्जाल तीव्र रूपमा विस्तार गरिरहेको अवस्थामा पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनु कम्पनीका लागि अर्को… पुरा पढौ

२ सय ५० रुपैयाँको सामान किनेका करदाताले पाए, दश लाखको ‘बम्पर’ पुरस्कार

करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ । आन्तरिक राजस्व विभागले सुरु गरेको उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले १५ जना विजेता र एक जना बम्पर उपहार विजेता छनोट गरे । विभागका अनुसार बम्पर उपहार कार्यक्रम अन्तर्गत रु १० लाख कुपन नम्बर ००७३१५२५४४९३ लाई परेको छ । यो कुपन भएका व्यक्ति शिवकृष्ण जनरल स्टोरबाट रु २५० को सामान खरिद गरी कार्यक्रममा सहभागी भएका थिए । करदाता प्रोत्साहन उपहार कार्यक्रमको शुभारम्भ गर्दै अर्थमन्त्री वाग्लेले करदाता… पुरा पढौ

देशलाई चीन र दक्षिण एसियालाई जोड्ने गतिशील पुलका रूपमा विकास गरिन्छ: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः विकसित क्षेत्रीय व्यवस्थामा चीन–भारत–नेपाल त्रिपक्षीय सम्बन्ध’ शीर्षकमा ललितपुरमा आज आयोजित अन्तरराष्ट्रिय सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् । उनले आर्थिक कूटनीतिको उद्देश्य नेपाली नागरिकको जीवनस्तरमा सुधार ल्याउनु तथा व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, पर्यटन, प्रविधि, नवप्रवर्तन र दिगो विकासका अवसर सिर्जना गर्नु हो भने । परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार चीन र दक्षिण एसियाबीच आर्थिक, व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न नेपालले गतिशील पुलको… पुरा पढौ