देश

पोखरा महानगरपालिका प्रमुख आचार्यसँग नेपालका लागि इजरायली राजदूतको भेट

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरीबासले आज शिष्टाचार भेट गरेका छन् । त्यसअवसरमा उनीहरुबीच नेपाल–इजरायल सम्बन्ध, साझा हित, पर्यटन, कृषि, प्रविधिशिक्षा, रोजगारी प्रवर्द्धनलगायतका विषयमा छलफल भएको महानगरपालिकाले जनाएको छ । दुवै देशबीच पर्यटन तथा सांस्कृतिक आदान–प्रदानलाई विस्तार तथा पोखरा र इजरायलबीच सीधा हवाई उडान सञ्चालन सम्भावनाका विषयमा समेत विचारविमर्श भएको थियो । सो अवसरमा महानगर प्रमुख आचार्यले महानगरका कर्मचारी तथा प्राविधिक जनशक्तिको दक्षता र क्षमता अभिवृद्धिका लागि इजरायलसँग सहकार्य तथा नयाँ अवसरका लागि आवश्यक समन्वय… पुरा पढौ

पदयात्रामा निस्किएका पोखराका ३ युवा सम्पर्कविहिन

मर्दी हिमाल पदयात्रामा निस्किएका ३ युवा सम्पर्कविहिन भएका छन् । पोखरा महानगरपालिका १४ खसिबजार बस्ने २४ वर्षका अजित जिसी, २३ वर्षका युकेश गुरुङ र दिपेश गुरुङ सम्पर्क विहिन भएको प्रहरीले जनाएको छ। उनीहरु माछापुच्छ्रे गाउँपालिका ९ स्थित बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन भएका हुन् ।उनीहरु जंगलमा बाटो बिराएको हुन सक्ने बताईएको छ । उनीहरु आज बिहान ८ बजेसम्म सम्पर्कमै थिए। त्यसपछि मोबाइल अफ भएकाले उनीहरुसँग सम्पर्क हुन सकेको छैन। युवाहरु हराएको सूचना पाएपछि खोजी कार्य तीव्र पारिएको छ। भेँडावारी प्रहरी पोस्टबाट प्रहरी… पुरा पढौ

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा पर्वतका प्रा डा खड्गबहादुर केसी

सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका तथा घाइते भएकाहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिईन् । बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्षमा प्रा डा खड्गबहादुर केसी पर्वत र सचिवमा प्राध्यापक डा रोजी श्रेष्ठ भोजपुरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।त्यसैगरी, बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल इन्टरमोडेल यातायात विकास समिति गठन… पुरा पढौ

देशभर खाना पकाउने ग्यासको चरम अभाव, पोखरामा पनि उपभोक्ता घण्टौँ लाइनमा बस्न बाध्य

बिगत एक सातादेखि देशका विभिन्न जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । राजधानी काठमाण्डौंमा मात्र नभई पोखरा, चितवन तथा तराईका विभिन्न जिल्लामा ग्यास अभाव भएपछि उपभोक्ता दिनभर ग्यासको खोजीमा लाईन बस्न बाध्य भएका छन् । बिभिन्न स्थानका डिलरहरूमा बिहानैदेखि उपभोक्ताको लामो लाइन लाग्दै आएका छन् । कतिपय उपभोक्ताले हप्ता दिन कुर्दा पनि सिलिन्डर ग्यास पाउँन नसकेको गुनासो गरेका छन् । पोखराका बिभिन्न ठाउँमा पनि आज बिहानै देखि उपभोक्ताहरु डिलर अगाडी घण्टौँ लाइनमा बस्न बाध्य भएका छन् । पोखराको… पुरा पढौ

सरकारद्वारा राष्ट्रिय कृषि नीति, २०८३ जारी,कृषि निर्यात प्रवर्द्धनलाई प्राथमिकता

कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति, २०८३ जारी गरेको छ । सङ्घीय शासन प्रणालीअनुरूप तयार गरिएको उक्त नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय अभिवृद्धि, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा कृषि निर्यात प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखेको छ । उक्त नीतिकाबारे आफ्नो धारणा राख्दै कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्ने उद्देश्यले नीति ल्याइएको बताईन् ।… पुरा पढौ

१९ बुँदे सहमतिपछि अभियन्ता ज्योति रानाभाटको अनसन अन्त्य

विभिन्न माग राखेर सत्याग्रहमा बसेकी नर्सअभियन्ता ज्योति रानाभाटले अनसन अन्त्य गरेकी छन् । सरकारी वार्ता टोली र अभियन्ता रानाभाटका बीचमा आज बिहान विभिन्न १९ बुँदे सहमति भएपछि अभियन्ता रानाभाटले ६ दिनदेखि जारी अनसन अन्त्य गरेकी हुन् । उनी बिभिन्न माग राखेर यही साउन १४ गतेदेखि अनसनमा बसेकी थिईन् । सहमतिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्तचन्द्र ओझा र कानुन अधिकृत जयप्रकाश सुवेदीले हस्ताक्षर गरेका छन् । सहमतिका बुँदाहरूमा सरकारी, प्रतिष्ठान, निजी, सामुदायिक… पुरा पढौ

नियम उल्लंघन गर्ने ९ विद्यालयका सवारी चालक कारबाहीमा

पोखरामा सवारी नियम उल्लंघन गर्ने थप ९ विद्यालयका सवारी चालकलाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले आज बिहान गरेको विशेष चेकजाँचका क्रममा उनीहरु कारबाहीमा परेका हुन् । प्रहरीका अनुसार कारबाहीमा पर्नेमा करुणनिधि एजुकेशन फाउण्डेसन,प्राइम मन्टेश्वरी,सगरमाथा बोर्डिङ स्कुल र इन्द्र राज्य लक्ष्मी माध्यमिक विद्यालयका चालकलाई ट्रफिक नियमानुसार कारबाही गरिएको छ । त्यस्तै आमा एकेडेमी, विन्ध्येश्वरी माध्यमिक विद्यालय, पोखरा दिप मन्टेश्वरी, फुलबारी मन्टेश्वरी र बेस बोर्डिङ स्कुलका सवारी चालकले पनि नियम उल्लंघन गरेको पाइएको छ । सोमबार मात्रै ३… पुरा पढौ

पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले पर्यटन क्षेत्रको विकासलाई व्यवस्थित गर्न पर्यटन विधेयकलाई समयानुकूल संशोधन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले विधेयकमा आधुनिक पदमार्ग, आरोग्य पर्यटन, सांस्कृतिक र सहासिक पर्यटकलगायतका बहुआयामिक विषयबस्तुलाई समेटिनुपर्ने आवश्यकता औल्याए । मन्त्री पौडेलले तीन वर्षअघि ड्राफ्ट भएको पर्यटन विधेयक राष्ट्रियसभामा पेस भई प्रतिनिधिसभामा आएको भए त्यसमा विस्तृत संशोधन जरुरी रहेको बताए। उनले भने, “पर्यटनको प्रशस्त सम्भावना बोकेको देशलाई व्यवस्थित बनाउने बलियो कानुन आवश्यक छ, विधेयकमाथि सरोकारवालबीच… पुरा पढौ

दिल्लीका मुख्यमन्त्रीको ईच्छा, पशुपतिनाथको दर्शन

भारतको राजधानीस्थित दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री रेखा गुप्ताले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गर्ने इच्छा व्यक्त गरेकी छन् । पाल्पा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद सन्दीप राना नेतृत्वको समूहसँग भएको भेटका अवसरमा उनले आफू छिट्टै नेपाल आउने र भगवान पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गर्ने जानकारी गराएकी छन् । पशुपतिनाथका कारण नेपाल भारतबीच सदियौँदेखि धार्मिक, सांस्कृतिक सम्बन्ध प्रगाढ रहँदै आएको मुख्यमन्त्री गुप्ताले बताईन् । भेटका क्रममा दुवै देशको विकासमा युवाको सहकार्य, दुई देशबीचको आपसी सम्बन्ध विस्तारलगायत विषयमा कुराकानी… पुरा पढौ

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न कास्की प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि आपूर्ति र वितरणलाई सहज बनाउन पहल थालनी गरेको छ । कृत्रिम अभाव र कालोबजारी रोक्न अनुगमन तीव्र पारिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । पोखरामा रहेका बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न सचेत गराइएको उनको भनाइ छ । पोखरामा ग्यास आपूर्ति गर्ने १९ वटा कम्पनीलाई ग्यास आपूर्ति र बिक्रीवितरणलाई सहज बनाउन आग्रह गरिएको उनले बताए । “प्रशासनका तर्फबाट समन्वय भइरहेको छ, बजार अनुगमन पनि गरिरहेका छौँ, आजभोलिसम्ममा तीनवटा… पुरा पढौ