देश

सहमतिमा नागरिकता विधेयक पारित गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नागरिकताको राष्ट्रियतासँग जोडिएकाले सर्वदलीय सहमतिद्वारा नेपाल नागरिकता ऐन, २०६३ पहिलो संशोधन, विधेयक २०७९ पारित गर्दा माग गरिएको छ । सो विधेयकमाथिको दफाबार छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले का सांसद खगराज अधिकारीले नागरिकतासम्बन्धी विश्वका अन्य मुलुकको अनुभवका आधारमा निर्णयमा पुग्नुपर्ने बताए । सोही पार्टीका गङ्गा चौधरी सत्गौवाले सार्कका अन्य मुलुकका अभ्यासलाई हेरेर नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गर्नेबित्तिकै नभई विवाहको सात वर्षपछि मात्रै विदेशीलाई अङ्गीकृत नागरिकता दिने व्यवस्था गर्न माग गरे । बैठकमा संशोधनकर्ता… पुरा पढौ

साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौँ । भारतको भुवनेश्वरमा आयोजना हुने यु–२० पुरुष साफ च्याम्पियनसिपमा सहभागिता जनाउन जाने नेपाली फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । यही साउन ९ देखि २० गतेसम्म आयोजना हुने उक्त च्याम्पियनसिपमा सहभागी हने नेपाली फुटबल टोलीलाई अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टङ्कलाल घिसिङलगायत एन्फाका पदाधिकारीले सफलताको गर्दै बिदाइ गरेका हुन । उक्त प्रतियोगितामा आयोजक भारतसँगै नेपाल, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का गरी पाँच टोलीको सहभागिता रहेको छ । नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै उक्त… पुरा पढौ

नेपालगञ्जको तातो हावाबारे अध्ययन हुँदै

नेपालगञ्ज । नेपालगञ्जको तापक्रम र तातो हावा बारे यहाँ अध्ययन सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले बढ्दो तापक्रम न्यूनीकरणका लागि आवश्यक कदम चाल्न र त्यसको असरबारे अध्ययन थालेको हो ।जिल्लास्थित नेपाल रेडक्रस सोसाइटीको आयोजनामा तातो हावासम्बन्धी कार्यशालामा उपमहानगर प्रमुख प्रशान्त विष्टले नेपालको सबैभन्दा बढी गर्मी हुने सहरमा ‘हिटवेभ’सम्बन्धी अध्ययन भइरहेको र अध्ययन प्रतिवेदनको आधारमा योजनाबद्ध तरिकाले काम अगाडि बढ्ने बताए । उनले तातो हावा कम गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै यसमा सरोकारवाला व्यक्तिको सहयोग आवश्यक पर्ने जानकारी दिए ।… पुरा पढौ

स्थानीयवासीलाई सिक्लेस हाइड्रापावरको आइपिओ खुला

काठमाडौँ । सिक्लेस हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन बिक्री खुला गरेको हो । आयोजनाबाट असर पर्ने कास्की जिल्लाको मादी गाउँपालिका– १, २ र ३ का वासीले आजदेखि यही साउन २० गतेसम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै उक्त अवधिमा मागबमोजिम आवेदन नपरे आगामी… पुरा पढौ

सरकारी अस्पतालको स्तारोन्नतिसँगै बिरामीको बढ्दो चाप

गलकोट । कुनै दिन बागलुङको सरकारी स्वामित्वको धौलागिरि अस्पताल सुनसान हुन्थ्यो । सरकारी अस्पताल एउटा ‘रिफर सेन्टर’का रपमा मात्रै चिनिएको थियो । साविक धौलागिरि अञ्चलवासीलाई सेवा दिनका लागि सञ्चालित अस्पतालमा जिल्ला अस्पताल सरहकै सुविधा थिएन । अस्पतालमा आएका बिरामीहरुलाई पोखरा वा अन्यत्र पठाउनुपर्ने बाध्यता केही वर्ष अघिसम्म थियो नै । बागलुङका स्थानीयवासीले रकम तिरेर भए पनि उपचार पाउन सकेका थिएनन् । साविक धौलागिरि अञ्चलका मुस्ताङ, म्याग्दी, पर्वत र बागलुङ जिल्लाका जनतालाई आधारभूत स्वास्थ्य सेवा पनि दिन नसकेको यस अस्पतालले भने… पुरा पढौ

स्मृति दिवसमा बिपीको सालिकमा माल्यार्पण

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी उनको सालिकमा माल्यार्पण गरिएको छ । कोइरालाको ४० औँ स्मृति दिवसको अवसर पारेर आज सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयमा रहेको उनको पूर्णकदको सालिकमा माल्यार्पण गरिएको त्यहाँका अध्यक्ष परशुराम पोखरलले जानकारी दिए । प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीहरुलाई बन्दी बनाइएको सुन्दरीजल बन्दीगृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरिएको थियो । बिपीको जीवनका महत्वपूर्ण चीजबीजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त… पुरा पढौ

प्रेस युनियनको महाधिवेशन आजदेखि

नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। हेटौँडामा प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशन संचालनका लागि आवश्यक सभागृह तथा सहभागी प्रतिनिधिहरुलाई होटलहरुको व्यवस्थापनलगायत अन्य व्यवस्थापन मिलाइसकिएको महाधिवेशन आयोजक स्थानीय समितिका अध्यक्ष कुमार अधिकारीले जानकारी दिएका छन्। २ दिनसम्म हेटौँडामा संचालन हुने महाधिवेशनमा नेपाल प्रेस युनियनका ७७ वटै जिल्ला शाखा, उपशाखा, काठमाडौँ उपत्यका समिति, विभिन्न प्रतिष्ठानबाट र ७ वटै प्रदेश समितिका प्रतिनिधि र पर्यवेक्षक गरी १ हजार ६५० जना संचारकर्मीको सहभागिता रहनेछन्। महाधिवेशनबाट नेपाल प्रेस युनियनको… पुरा पढौ

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्दैछ। अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिएका छन्। त्यसअघि, आज बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको छ। बैठकले मौद्रिक नीति पारित गर्नेछ। सोही मौद्रिक नीति दिउँसो सार्वजनिक गरिनेछ। मौद्रिक नीतिबारे गभर्नर महाप्रसाद अधिकारीले बिहीबार साँझ अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका थिए। त्यसअघि, उनले अर्थ सचिव, राष्ट्रिय योजना आयोगका अध्यक्ष लगायतलाई पनि जानकारी गराएका थिए। यस… पुरा पढौ

मेयर आचार्य पर्यटन मन्त्रालयको विषयगत समितिमा

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिएका छन्। मन्त्रालयको नीतिगत छलफल हुने सो समितिमा मेयर आचार्य देशभरका ७५३ स्थानीय तहको तर्फबाट सदस्य तोकिएको बताइन्छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षता रहने समितिमा ७ वटै प्रदेशका पर्यटनमन्त्री सदस्य रहने व्यवस्था छ। प्रमुख आचार्यलाई संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ को उपदफा (१) (ग) बमोजिमको स्थानीय तह तर्फको विषयगत समितिको सदस्य पदमा नेपाल सरकार (माननीय मन्त्रीस्तरीय)… पुरा पढौ

भदौ २२ गते भलिबल संघको निर्वाचन

नेपाल भलिबल संघको निर्वाचन भदौ २२ गते हुने भएको छ। भक्तपुरमा बिहीबार जारी भलिबल संघ कार्यसमितिको पूर्ण बैठकले निर्वाचन भदौ २२ गर्ने निर्णय गरेको एक पदाधिकारीले बताएका छन्। ‘संघको चुनाव भदौ २२ गतेका लागि तय भएको छ। अहिलेलाई यति भनौँ,’ संघका एक पदाधिकारीले भनेका छन्। कार्यकाल सकिएको झण्डै २ वर्ष बितिसक्दा पनि कोभिड–१९ तथा नयाँ खेलकुद ऐनका कारण संघको नयाँ निर्वाचन हुन सकेको थिएन। संघको निर्वाचनमा अहिलेकी उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरिसकेकी छिन्। संघमा अहिलेसम्म अन्यले… पुरा पढौ