देश

रु. आठ लाखसहित जुवाको खालबाट १३ पक्राउ

भक्तपुर। चागुँनारायण नगरपालिका–६ नगरकोट गैरीगाउँस्थितमा ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीन तले घरमा सञ्चालन गरेको न्यू गन्तब्य रेष्टुरेन्ट एण्ड होटलमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १३ जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिसरको टोलीले होटलमा छापा मारी जुवाखालबाट १६ थान कौडा, रु. आठ लाख २२ हजार ६० सहित १३ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिए । पुरा पढौ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ। नेपाल आयल निगमले आज (बुधबार) राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ। त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर १४३ रुपैयाँ कायम गरिएको छ।खाना पकाउने ग्यासको प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ। पुरा पढौ

होटल संघ पोखराले नेपाली नया वर्षको अवसरमा सडक महोत्सव गर्ने

पोखरा, चैत २२ होटल संघ पोखराले नेपाली नया वर्षको अवसरमा सडक महोत्सव गर्ने भएको छ । यसअघि फेवा नव वर्ष महोत्सव गर्दै आएको होटल संघ पोखराले रेष्टुरेण्ट एण्ड बार एशोसियसन अफ नेपाल (रेवान) पोखराकै शैलीमा सडक महोत्सव गर्ने भएको हो । रेवान पोखराले हरेक अंग्रेजी नया वर्षमा ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ पोखरा सडक महोत्सव आयोजना गर्दै आएको छ । होटल संघ पोखरालेपनि यस वर्ष नेपाली नया वर्षको अवसरमा यहि चैत ३० गतेदेखि बैशाख १ गतेसम्म… पुरा पढौ

पोखरामा करीब २ करोडको लागतमा दीपकले शुरु गरे डि जानकी एग्रो फार्म, सार्वजनिक सुनुवाईपनि सम्पन्न

पोखरा, चैत २२ युवा कृषि उद्यमी दीपकप्रसाद तिमिल्सिनाले करीब दुई करोडको लगानीमा डि जानकी एग्रो फार्म प्रालि सञ्चालनमा ल्याउने भएका छन् । भैंसीपालक किसानका रुपमा परिचित जानकी एग्रो फार्म प्रालिका सञ्चालकसमेत रहेका युवा कृषि उद्यमी तिमिल्सिनाले विश्वबैंक र नेपाल सरकारसँगको अनुदान सहयोगमा पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित राती खहरेमा १ करोड ९५ लाख ८१ ह्जार ८ सय ३३ रुपैयाँको लागतमा सो फार्म सञ्चालनमा ल्याउन लागेका हुन् । फार्म सञ्चालनका लागि नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाइभ… पुरा पढौ

कास्कीमा चैत २५ गतेदेखि टाइफाइडबिरुद्धको खोप लगाइने

पोखरा, चैत २२ कास्कीमा आउँदो शुक्रबारदेखि टाइफाइडबिरुद्धको खोप लगाइने भएको छ । बहुवर्षिय खोप कार्ययोजना २०१७–२१ को लक्ष्य अनुरुप यहि चैत चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म कास्कीमा टाइफाइडबिरुद्धको खोप लगाइने भएको हो । कास्कीसहित देशैभर पहिलोपटक सञ्चालन गर्न लागिएको टाइफाइडबिरुद्धको खोप १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाइने जनाइएको छ । अभियान अन्तर्गत गण्डकी प्रदेशमा ५ लाख ६० हजार २ सय २७ बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाइने छ । कास्कीमा भने १ लाख ४१ ह्जार ७ सय ७६ बालबालिकालाई खोप लगाउने… पुरा पढौ

पचहत्तर लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर ७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई यही चैत २५ देखि वैशाख १८ गतेसम्म उक्त खोप लगाइने जानकारी दिए । उनले एक वर्ष तीन महिनादेखि १५ वर्ष उमेरसम्मका सबै बालबालिकालाई एक पटक टाइफाइड विरुद्धको खोप लगाइने बताए । गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध… पुरा पढौ

राजनीतिक दलद्वारा आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता

काठमाण्डौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक नियम कानुनको पूर्णपालना गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचन आयोगले ती दलका प्रतिनिधिलाई आज आयोगमा आमन्त्रण गरी निर्वाचन आचारसंहितालगायत संविधान, ऐन र कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जाहेर गर्न लगाएको हो । प्रतिबद्धता पत्रमा भनिएको छ, ‘नेपालको संविधान, निर्वाचन आयोग ऐन २०७३, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३, स्थानीय तह निर्वाचन… पुरा पढौ

कांग्रेस नेता पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

काठमाण्डौं । सत्ता साझेदार दलहरुको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । नेता पौडेलको नेतृत्वमा पाँच दलबाट प्रतिनिधिहरू रहने गरी समिति गठन भएको जनाइएको छ । समितिको सदस्यहरूमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सदस्य छन् भने माओवादीबाट नेता वर्षमान पुन र देवप्रसाद… पुरा पढौ

क्षतिपूर्तिको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

तनहुँ उद्योग वाणिज्य संघले गत फागुन २२ गते दमौलीमा भएको आगलागीबाट पीडितलाई उचित क्षतिपूर्ति प्रदान गर्न गृहमन्त्री बालकृष्ण खाणसँग माग गरेको छ। व्यास नगरपालिका–४ मा आगलागीबाट पीडित भएका व्यवसायी एवं सर्वसाधारणलाई सरकारको तर्फबाट राहत प्रदान गर्नका लागि संघले मन्त्री खाणलाई सोमबार ज्ञापनपत्र बुझाएको हो। संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले आठौँ तनहुँ महोत्सवको समापन समारोहमा आएका मन्त्री खाणलाई उक्त मागसहितको ज्ञापनपत्र बुझाएका हुन्। आगलागीबाट व्यवसायीको करोडौँ क्षति भएकाले सरकारको तर्फबाट उचित क्षतिपूर्तिको आस गरिएको संघका अध्यक्ष श्रेष्ठले बताए। ‘क्षतिको मूल्यांकनसहित राहतका लागि… पुरा पढौ

५९१ रुपैयाँ पुग्यो, पोखरा–काठमाडौंको बसभाडा

पोखरादेखि काठमाडौं जाने र काठमाडौंबाट पोखरा आउने बसका यात्रुले अब ५९१ रुपैयाँ तिर्नुपर्नेछ। सरकारले सार्वजनिक गाडीको भाडा १५ प्रतिशतसम्म बढाएसँगै काठमाडौं–पोखराको भाडा ५९१ रुपैयाँ पुगेको हो। काठमाडौं–पोखराका लागि यसअघि ५३७ रुपैयाँ भाडा थियो। यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चैत १७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार यात्रुवाहक गाडीको भाडा १० प्रतिशतसम्म बढाइएको थियो। यस्तै, मालवाहक गाडीको भाडा १५ प्रतिशतसम्म बढेको छ। पहाडमा मालवाहक गाडीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ। इन्धनको मूल्य… पुरा पढौ