देश

कुदुमा एकैपटक तीन लिप्ट सिँचाइ योजना

जाजरकोट । भेरी नगरपालिका –१३ कुदुका बासिन्दाले खानेपानीसहित सिँचाइ सुविधा पाउने भएका छन् । यहाँ एकै पटक तीनवटा लिप्ट सिँचाइ योजना निर्माणको अन्तिम चरणमा पुगेपछि कुदुवासीले असोजसम्ममा खानेपानी र सिँचाइ सुविधा पाउने भएका हुन् । असोजसम्म तीनै वटा योजना निर्माण गरिने लक्षका साथ काम भइरहेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । कुदुको ११० हेक्टरभन्दा बढी जमिनलाई सिँचाइ पुग्ने उनले बताए । भेरी नदीको पानीलाई लिप्टमार्फत कुदुमा ल्याई यहाँ १२ महिना सेवा प्रवाह गर्न लागिएको छ । पहिलो… पुरा पढौ

मधेस प्रदेशको पूर्वपश्चिम लोकमार्गमा सिसीटिभी

सर्लाही । पूर्वपश्चिम लोकमार्गका साथै बिपी लोकमार्गमा सिसीटिभीबाट निगरानी गर्न थालिएको छ । पथलैयास्थित मधेस प्रदेश ट्राफिक कार्यालयले सडकमा गुड्ने सवारी साधनलाई सिसीटिभीमार्फत निगरानी गर्न थालिएकोे हो । पूर्व–पश्चिम र लोकमार्गमा गुड्ने सवारी साधनको तीव्रतामा निगरानी गर्न सिसीटिभी प्रयोगमा ल्याइएको उक्त कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए । उनका अनुसार सडकमा तीव्र गतिमा गुडेको सवारी साधनलाई निगरानी गर्न समस्या देखिएपछि सिसीटिभीको फुटेज प्रयोग गरी कारबाही सुरु गरिएको हो । मधेस प्रदेशको पाँच स्थानमा सिसीटिभी जडान गरिएको र… पुरा पढौ

पहिराले रित्तिँदै बस्ती

गलेश्वर । जथाभावी खनिएका मोटरबाटोका कारण बाढीपहिरो र प्राकृतिक विपद्का समस्या बढ्दै जान थालेपछि म्याग्दीका थुप्रै बस्ती रित्तिँदै गएका छन् ।जिल्लाको बेनी नगरपालिका– ३ तोराखेतको बस्ती पनि अहिले सुनसान छ । केहीवर्ष अगाडिसम्म निकै चहलपहल हुने तोराखेत गाउँ अहिले झाडीमा परिणत हुन थालेको छ । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकामा पर्ने रायखोर गाउँको अवस्था पनि यस्तै छ । गाउँको पुछारमा भीषण पहिरो छ । शिरान र गाउँको छेउछाउबाटसमेत पहिरो खस्न थालेपछि यो गाउँका कतिपय मानिस विस्थापित भएका छन् भने गाउँमा रहेका… पुरा पढौ

उल्लेखनीय वित्तीय प्रगतिमा जिकिर गरिए पनि किसान भने बेखुसी

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ७६ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जिकिर गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ को अन्त्यमा मन्त्रालयले सो जिकिर गरेको हो । मन्त्रालयले ७६ प्रतिशत वित्तीय प्रगति हासिल गर्दै गर्दा किसान भने बेखुसी देखिन्छन् । रोपाइँ गर्ने मौसममा रासायनिक मल पाउन नसकेकै कारण उनीहरु बेखुसी भएका हुन् । असार महिनामा मात्र किसानलाई झन्डै तीन लाख मेट्रिकटन रासायिनक मल आवश्यक पर्छ । यो अवधिमा सरकारले दुइलाख १८ हजार मेट्रिकटन अनुदानको मल बिक्री भइसकेको जनाएको छ… पुरा पढौ

राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणको खाँचो छ ः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणको खाँचो रहेको बताउनुभएको छ । नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा आज राजधानीमा आयोजित ६०औँ इन्जिनियर दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशलाई समृद्ध बनाउन सडक, पुल, पुलेसा, नहर जलविद्युत् आयोजना तथा सूचना र प्रविधिको विकासको आवश्यकता रहेको बताए । प्रधानमन्त्री देउवाले लागत किफायती, गुणस्तरीय र वातावरणमैत्री पूर्वाधार निर्माण गर्नुनै नयाँ नेपालको आधारशिला भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले मुलुकको वर्तमान आवश्यकतालाई मध्यनजर गरी इन्जिनियरहरुले दिगो, वातावरणमैत्री र जनताको… पुरा पढौ

अझै बनेन गागन खोला र कमला नदीको पुल

जनकपुरधाम । तराई–मधेशको ‘लाइफलाइन’कै रुपमा रहेको हुलाकी सडक अन्तर्गत निर्माणाधीन महत्वपूर्ण दुई वटा पुल लामो समयदेखि अलपत्र पर्दा सर्वसाधारण सास्ती बेहोर्न बाध्य भएका छन् । निर्माण व्यवसायी कम्पनिका कारण सिरहाको औरही गाउँपालिका– १ स्थित गागन खोला पुल र निर्माण नसकिँदै भाँसिएको कमला नदीको पुल निर्माण नहुँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।गागन खोलामा निर्माणाधीन पुल निर्माण व्यवसायीका कारण अलपत्र पर्दा वर्षायाममा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेको स्थानीयवासी मुकेश यादवले बताए । हुलाकी सडक अन्तर्गत पूर्व बरियारपट्टीदेखि पश्चिम… पुरा पढौ

सडकका समस्या मिलेर समाधान गर्ने महानगर र मन्त्रालयबीच सहमति

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौँ महानगरबीच हालका लागि महानगरभित्रका सङ्घीय सडकमा समस्या आउँदा मन्त्रालयले नै समाधान गर्ने गरी सहमति भएको छ । भौतिक पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राई र महानगर प्रमुख बालेन्द्र साह सहभागी बैठकले सडक निर्माणमा समस्या आउँदा मिलेर समाधान गर्ने गरी सहमति भएको छ । महानगर क्षेत्रमा सार्वजनिक सवारी साधन व्यवस्थित गर्ने विषयमा समेत छलफल गरिएको मन्त्री राईले जानकारी दिए । मन्त्रालयले सङ्घीयता कार्यान्वयन नहुँदा यातायात व्यवस्थापनको सबै विषय मन्त्रालयले हेर्ने गरेकामा अहिले अन्तर प्रदेशको… पुरा पढौ

अपराध रोकथाम तथा विकृतिविरुद्ध समुदाय प्रहरी जिल्ला समिति गठन

काभ्रेपलाञ्चोक । अपराध रोकथाम तथा विकृतिविरुद्ध जनचेतना फैलाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा ‘समुदाय प्रहरी जिल्ला समिति’ गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा गठित समितिले सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि हुने जनाइएको छ । समितिले समग्र सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न नेपाल प्रहरी तथा सरोकारवाला निकायबीच संस्थागतरुपले साझेदारी गर्दै अपराधका क्रियाकलाप न्यूनीकरण गर्दै लैजने जनाएको छ । समितिमा जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम र धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जूलाई सल्लाहकारमा चयन गरिएको छ भने समितिको सहसंयोजकमा काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका… पुरा पढौ

स्वास्थ्यको लागि खेल महत्वपूर्ण ः खेलकुदमन्त्री

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेल जित्नको लागि मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण हुने बताएका छन। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफ र अन्नपूर्ण ब्रसेल्स क्लबबीच आज भएको मैत्रीपूर्ण फुटसल खेलको उद्घाटन गर्दै मन्त्री गहतराजले शारीरिक विकासको लागि पनि खेलको महत्व छ भने । उनले नेपाली खेलकुदलाई वैज्ञानिक तवरले कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताए ।सातदोबाटोको च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा आज सम्पन्न मैत्रीपूर्ण खेलमा खेलकुद पत्रकार मञ्चले अन्नपूर्ण ब्रसेल्सलाई ५–४ गोल अन्तरले पराजित गर्दै… पुरा पढौ

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको सुन आज प्रतितोला रु २०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार १६० तोकिएको छ ।… पुरा पढौ