देश

माओवादी अध्यक्ष प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच नयाँ दिल्लीमा भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहेका नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा भएको भेटमा दुई पार्टीको सम्बन्ध विस्तार र आपसीहितका बारेमा छलफल भएको थियो । माओवादी केन्द्रका अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले उनीहरुबीच भेटवार्ता भएको जानकारी दिए । सो अवसरमा भारतीय विदेशमन्त्री एस जयशङ्कर पनि उपस्थित थिए । अध्यक्ष दाहालले शनिबार मात्रै भारतीय विदेशीमन्त्री जयशङ्कर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता… पुरा पढौ

स्रोतमा नै फोहरको वर्गीकरण

काठमाडौँ । फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि काठमाडौँ महानगरपालिकाले आजदेखि स्रोतमा नै वर्गीकरण गरिएको फोहर मात्र सङ्कलन गर्न थालेको छ । यसका लागि महानगरले एक महिनाअघि नै सूचना सार्वजनिक गरेको थियो । नगर प्रमुख बालेन्द्र साह फोहर व्यवस्थापन कार्यमा सहयोग गरिदिन आग्रह गर्दै नागरिकको घरदैलोमा पुगेका थिए । आज महानगरका ३२ वटै वडाबाट यस किसिमको अभ्यास सुरु गरिएको हो । कुहिने र नकुहिने फोहरलाई फरकफरक राखे व्यवस्थापनमा ठूलो सहयोग हुने विश्वास महानगरको छ । महानगरले सङ्कलित फोहर उठाउनका लागि… पुरा पढौ

‘कोभिड सङ्क्रमितको उपचारका लागि स्वास्थ्य संस्था तयारी अवस्थामा’

मोरङ । प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेशमा बढ्दो कोभिड–१९ को रोकथाम एवं उपचारका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्था राखिएको बताएका छन ।जिल्ला कारागारमा रहेका ५४ कैदीबन्दीमा कोभिड–१९ पोजेटिभ देखिपछि मन्त्री यादवसहित प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मन्त्रालयका सचिव डा अनुज भट्टचन, कोसी अस्पतालका मेडिकल सुपरिडेण्टेन्ट यज्ञराज खरेल लगायतले आज कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रको निरीक्षणका तथा अवलोकनका क्रममा उनले सरकार जनताको स्वास्थ्य सुरक्षाप्रति चिन्तित रहेकाले कोभिड उपचारमा कुनै किसिमको कमि हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।… पुरा पढौ

अस्पतालमा निःशुल्क सेवा

लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बहिरङ सेवा र जनरल बेड सेवामा निःशुल्क व्यवस्था गरिएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई बहिरङ सेवा र जनरल बेड सेवामा शुल्क नलिने व्यवस्था गरेसँगै उक्त निर्णय आजदेखि कार्यान्वयनमा ल्याइएको प्रदेश सरकारका स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले जानकारी दिए । यस्तै साउन १ गतेदेखि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि अब रगत पनि निःशुल्क हुने भएको छ… पुरा पढौ

साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल

काठमाडौँ । साउन लागेसँगै पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको छ । साउन महिना भगवान शिवको महिना भएकाले यस बेलामा शुद्ध जल अर्पण मात्र गर्दा पनि खुसी हुने धार्मिक विश्वास छ । पशुपति क्षेत्रमा चहलपहलसँगै देवादिदेव महादेवलाई शुद्ध जल अर्पण गर्ने बोल बम यात्रीको पनि आजैदेखि भीड लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए ।विसं २०७७ र २०७८ मा कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिरमा नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाइएको थियो । दुई वर्ष साउन महिनामा… पुरा पढौ

वाम एकतामा आउन ओलीको आग्रह

काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालका कम्युनिष्ट पार्टीहरूलाई वामपन्थी एकतामा आउन आग्रह गरेका छन् । नेपाल–चीन हिमालयमैत्री समाजले आज यहाँ आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा उनले वामपन्थीहरू एक हुनुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले भने, “वामपन्थी कोही हुनुहुन्छ भने गठबन्धन छाड्नुहोस्, वाम एकता गरौँ ।” उहाँले देश, राष्ट्रियता, लोकतन्त्र, स्वाधिनताका लागि वामपन्थी मिल्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री ओलीले मुलुकको आधारभूत मूल्य मान्यता राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, सुशासन र मुलुकको विकासका लागि… पुरा पढौ

कविवर तेजनाथ घिमिरे रहेनन्

पोखरा, असार ३२ कविवर तेजनाथ घिमिरेको निधन भएको छ । पोखरेली कवि घिमिरेको गएराती २ बजेर १२ मिनेटमा आफ्नै निवास नदीपुरमा ८३ वर्षको उमेरमा निधन भएको हो । घिमिरे लामो समयदेखि उच्च रक्तचाप, मधुमेह, दमलगायतका दीर्घ रोगबाट पीडित थिए । साहित्य, पत्रकारिता, क्षिक आन्दोलन तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा घिमिरे पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष हुन् । स्वर्गिय घिमिरेका देशकाल, अनावरण, कालचक्रलगायतका कृतिहरु प्रकाशित छन् । स्वर्गिय घिमिरेको आजै पोखराको तुलसीघाटमा विहान १० बजे अन्त्येष्टि गर्ने तयारी भएको परिवारलाई उद्धृत… पुरा पढौ

थप २२९ मा सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ७१८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ६४४ जनाले पिसिआर र दुई हजार ६८ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ४८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ९०६ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।… पुरा पढौ

प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

काठमाण्डौं । प्रतिनीधि सभाको उपसभामुखम नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल निर्वाचित भएकी छन् । गठबन्धनकी संयुक्त उम्मेद्वार भुसालले प्रमुख प्रतिपक्षी एमालेकी सांसद विद्या भट्टराईलाई ३५ ले मतले पराजित गर्दै रिक्त प्रतिनीधी सभाको उपसभामुखमा निर्वाचित भएकी हुन् । भुसालले १४८ मत ल्याउँदा भट्टराईले ९३ मत ल्याइन् । शुक्रबार प्रतिनिधि सभामा उपस्थित २४२ सांसदमध्ये १ जना सांसदले मतदान प्रक्रियामा सहभागी भएका थिएनन्। उपसभामुख निर्वाचित हुनु अघिसम्म भुसाल कांग्रेसको तर्फबाट सचेतक थिइन् । उनी कांग्रेसको केन्द्रीय सदस्यसमेत हुन् । २०७४ मा उपसभामुख बनेकी… पुरा पढौ

चालु आव सकिन दुई दिन बाँकी ; १० खर्ब ३५ अर्ब राजश्व सङ्कलन

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा कूल रु ११ खर्ब ८० अर्बभन्दा बढी राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । नेपाल सरकारको हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयको विवरणलाई हेर्ने हो भने हालसम्म रु १० खर्ब ३५ अर्ब बराबरको राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार सरकारले रु ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबरको राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकामा हालसम्म रु १० खर्ब ३५ अर्ब ३९ करोड ४४ लाख बराबर राजश्व सङ्कलन गरेको छ । यो कूल लक्ष्यको… पुरा पढौ