देश

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किदै

आइसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा एक दिवसीय श्रृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज (मंगलबार) स्वदेश फर्किँदैछ। टोली दिउँसो ३ बजे नेपाल आइपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। राष्ट्रिय क्रिकेट टोली गएको असार १४ गते क्यानडा गएको थियो। त्यहाँ अभ्यास खेल खेलेर स्कटल्यान्ड पुगेको थियो। स्कटल्यान्डमा नेपालले घरेलु टोली र नामिबियासँग २/२ खेल खेलेको थियो। ४ खेलमा नेपाल ३ मा पराजित हुँदा एउटा मात्रै खेल जितेको थियो। नेपालले घरेलु टोली स्कटल्यान्डलाई एउटा खेलमा हराएको थियो। नेपाल २०… पुरा पढौ

यसकारण उकालो लाग्दैछ कोरोना सङ्क्रमणको ग्राफ !

काठमाण्डौं । कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या आजसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ । असार २६ गते १२१ मा सङ्क्रमण र ६७८ सक्रिय सङ्क्रमित रहेकोमा आज सक्रिय सङ्क्रमित एक हजार ७७६ पुगेका छन् । आइतबार साउन १ गते र आज सङ्क्रमणका कारणले एक÷एक सङ्क्रमितको ज्यान गएको छ । सङ्क्रमण असारदेखि उकालो लाग्न थालेको हो । असार २७ गते १६८, असार २८ गते १७७, असार… पुरा पढौ

प्रदेश र संघीय निर्वाचनमा सत्ता गठबन्धनका दलसँग चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय

काठमाण्डौ – नेपाली कांग्रेसले आगामी प्रदेश र संघीय निर्वाचनमा सत्ता गठबन्धनका दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आज सोमवार सम्पन्न बैठकले आउँदो सङ्घीय र प्रदेश सभा चुनाव पनि तालमेल गरेर अघि बढ्ने औपचारिक निर्णय गरेको हो । केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले संवादमार्फत गठबन्धन गर्नेबारेमा निष्कर्षमा पुग्ने निर्णय गरेको जानकारी दिए । पार्टीलाई चुनावमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै नागरिकको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत… पुरा पढौ

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भई देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । पछिल्लो केही दिनयता देशभर गर्मी बढेको छ । मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिण क्षेत्र अर्थात् भारततर्फ सरेका कारण मनसुन ब्रेक भएकाले… पुरा पढौ

प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु. ४०० ले बढेर रु. ९४ हजार पुगेको छ । पहेंलो धातु आइतबार प्रतितोला रु. ९३ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९३ हजार १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. पाँचले बढेर रु. एक हजार १६५ तोकिएको महासङ्घले जनाएको… पुरा पढौ

लागुऔषधसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले लागुऔषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले महोत्तरीको गौशालाबाट काठमाडौँ आउँदै गरेको बा ४ ख ५१४४ नम्बरको यात्रुबाहक बसमा सवार भारत विहारका १८ वर्षीय विवेक कुमारलाई आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध झोलामा लुकाएर ल्याएको अवस्थामा नागढुङ्गामा जाँचका क्रममा लागुऔषधसहित कुमारलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरी पक्राउ परेका भारतीय नागरिकसँग ७०० एम्पुल डाइजेपाम, ७०० एम्पुल फेनार्गन, ७०० एम्पुल नुर्फिन र… पुरा पढौ

कास्की लगायत २७ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्ध दोस्रो मात्राको खोप

कास्की लगायत २७ जिल्लाका बालबालिकालाई आज (सोमबार) देखि कोरोनाविरुद्ध दोस्रो मात्राको खोप दिइँदैछ। ५ देखि १२ वर्षमुनिका बालबालिकालाई आज (सोमबार) देखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ। पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो। यही, साउन ८ गतेसम्म यसअघि केन्द्र रहेको विद्यालयबाटै खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कास्की लगायत झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी काठमाडौं, ललितपुर, भक्तपुर, काभे, चितवन, सिन्धुली, मकवानपुर, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ,… पुरा पढौ

एसियाली जुडो च्याम्पियनसीपमा तारा र निशाले प्रतिस्पर्धा गर्ने

थाइल्याण्डको बैंककमा हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसीपको पहिलो दिन आज २ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र महिला ४८ केजीमुनि निशा श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्न लागेका हुन्।ताराले पहिलो चरणमा थाइल्याण्डका खेलाडीलाई प्रतिद्वन्द्वी पाएका छन्। यो स्पर्धामा १६ खेलाडी सहभागी छन्। पहिलो चरणमा निशाले बाइ पाएकी छन्। अर्को चरणमा निशाले हङकङ र थाइल्याण्डका खेलाडीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन्। निशाको स्पर्धामा १२ खेलाडी छन्। क्याडेटमा १६ राष्ट्रका १७४ खेलाडी सहभागी छन्। मंगलबार जुनियरतर्फ पनि २… पुरा पढौ

नेपाल स्कटल्यान्डसँग ८ विकेटले पराजित

आइसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्डसँगको खेलमा नेपाल ८ विकेटले पराजित बनेको छ। नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य स्कटल्यान्डले १९ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो। स्कटल्यान्डका लागि कलुम म्याकलिओडले सर्वाधिक ६४ रन बनाए। यस्तै, किले कोटजेरले नटआउट ४४ रन बनाए। बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले १/१ विकेट लिए। यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३५ ओभर ५ बलमा १२८ रन बनाउँदा अलआउट बन्यो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए। यस्तै,… पुरा पढौ

पाल्पामा ८७ प्रतिशत रोपाइँ

रामपुर । पाल्पामा हालसम्म ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष छिटो रोपाइँ भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । जिल्लाको सबैजसो ठाउँमा धान रोपाइँ अन्तिम चरणमा पुगेको उक्त केन्द्रका बाली संरक्षण अधिकृत मिलन गैरेले बताए । उनका अनुसार तानसेन नगरपालिकामा ७५ प्रतिशत, रामपुर नगरपालिकामा ८० प्रतिशत धान रोपाइँ भएको छ । यस्तै गाउँपालिकातर्फ तिनाउँमा सतप्रतिशत, बगनासकालीमा ८०, रिब्दिकोटमा ८५, रैनादेवीछहरामा ९०, पूर्वखोलामा ९६, निस्दीमा ८५, माथागढीमा ९५ र रम्भामा ८० प्रतिशत जमिनमा धान रोपाइँ भएको… पुरा पढौ