देश

नेकाँ बैठक शुक्रबार

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार अपराह्न पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा हुने भएको छ । पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुने पार्टीले अनुरोध गरेको छ ।रासस पुरा पढौ

देशलाई शान्तिको बाटामा लान पैगम्बरको जीवन र उपदेशले प्रेरणा प्रदान गरोस्ः मुख्यमन्त्री

मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मका प्रवत्र्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनका अवसरमा आज सम्पूर्ण इस्लाम धर्मावलम्बी र प्रदेशवासीमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा प्रदेश र देशलाई शान्ति र अहिंसाको बाटामा लान पैगम्बरको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिएको छ ।यसैबीच पैगम्बरको जन्मदिनका उपलक्ष्यमा प्रदेश नं २ सरकारले यही कात्तिक १४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।रासस पुरा पढौ

कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै

ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले रु नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ । कोभिड–१९ पछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थान तथा त्यसमा रोजगारीका अवसर सृजना, ग्रामीण बजारको सम्पर्क सञ्चार विस्तार तथा उद्यमशीलता प्रवद्र्धन गर्न बैंकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना कार्यान्वयन गर्न बैंकले ऋणस्वरुप उक्त रकम नेपाल सरकारलाई प्रदान गर्ने निर्णय आज गरेको वासिङटन डीसीस्थित बैंकको प्रधानकार्यालयले जनाएको छ ।… पुरा पढौ

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजदेखि

नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण शुरु गर्दैछ । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले आजदेखि प्रशिक्षण शुरु गर्न लागेको हो । पहिलो दिनको प्रशिक्षण त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न २ बजे शुरु हुनेछ । प्रशिक्षणका लागि खेलाडी काठमाडौँ आइसकेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा राखेको छ । प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले एन्फालाई अनुमति दिइसकेको छ । नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी शुरु गर्नेछ । मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा… पुरा पढौ

डा बाबुराम र खगेन्द्र संग्रौलाको सामाजिक सञ्जालमा जुहारी

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा बाबुराम भट्टराई र विश्लेषक खगेन्द्र संग्रौंलाको सामाजिक सञ्जाल ट्वीटरमा जुहारी चलेको छ । बाबुरामले आज (बिहीबार) बिहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले घुमाउरो पाराले भारतका गुप्तचर प्रमुख सामन्त गोयल र भारतीय सेनाध्यक्ष मुकुन्द नरभाणेको आगामी दिनमा हुन लागेको नेपाल भ्रमणलाई स्वागत गर्दै उनले जायज मानेको संकेत गरेका छन् । उनले विभिन्न देशबाट हुने राजनीतिक र अन्य भ्रमणलाई जायज रहेको सामाजिक सञ्जालमा ट्वीट गरेका छन् । शक्तिराष्ट्रबाट भ्रमण नहुने हो भने… पुरा पढौ

पर्यटकीय गन्तव्य बन्दै मानहुँकोट

पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे । सामाजिक सञ्जालमा मानहुँकोटको बारेमा सुनेका पौडेल साथीहरुसँग मिलेर घुम्नका लागि मानहुँकोट आइपुगेका थिए । मानहुँकोट पुगेपछि सामाजिक सञ्जालमा पढेको भन्दा पनि बढी आनन्द महशुस गरेको पौडेलले बताए । ‘सामाजिक सञ्जाल फेसबुक, युट्यूव लगायतमा मानहुँकोटको तस्वीर, भिडियो हेर्थे, घुम्नैपर्ने ठाउँ जस्तो लागेको थियो,’ उनले भने, ‘यहाँ आएपछि यहाँको दृश्यले मनै लोभ्यायो ।’ पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यको रुपमा उदाउँदै गरेको मानहुँकोट दशैं बिदामा घुम्ने उपयुक्त गन्तव्य समेत बन्न… पुरा पढौ

चर्चित सञ्चारकर्मी लामिछाने दम्पतीलाई कोरोना संक्रमण

नेपाली सञ्चारकर्मका चर्चित सञ्चारकर्मी रवि लामिछाने दम्पतीलाई नै कोरोना संत्रमण भएको छ । लामिछानेले विहीबार विहान सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफू र आफ्नी श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । लामिछानेकी श्रीमती नेपाल चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष हुन् । लामिछानेले केहि आफ्नै लापरवाही र केहि पेशागत क्रियाकलापमा खटिदा समंक्रमण भएको हुनसक्ने बताएका छन् । उनले मंगलबार रातीदेखि हल्का ज्वरो आएपछि बुधबार पिसीआर टेस्ट गर्दा विहीबार विहान रिपोर्ट पोजिटिभ आएको उल्लेख गरेका छन् । उनले… पुरा पढौ

कोरोना रोकथामका लागि खटिएका पोखरा महानगरका स्वास्थ्य अधिकृत आचार्य र उनकी श्रीमतीलाई कोरोना संक्रमण

कोरोना रोकथाम तथा नियन्त्रणका लागि फ्रण्टलाईनमा बसेर खटिदै आएका पोखरा महानगरपालिकाका स्वास्थ्य अधिकृत हरिलाल आचार्य दम्पतीलाई नै कोरोना संक्रमण भएको छ । महानगरपालिका भित्र कोरोना नियन्त्रणका लागि दिनरात खटिदै आएका आचार्य र उनकी श्रीमती तीलकुमारी आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको हो । आचार्यले सामाजिक सञ्जाल फेसवुकमा बुधबार बेलुका स्टाटस लेख्दै आफू र आफ्नी श्रीमतीलाई कोरोना संक्रमण भएको पुष्टी भएको जनाएका छन् । फेसवुक स्टाटसमा उनले कोभिड–१९ बिरुद्धको विगत ८ महिनादेखिको संघर्षपूर्ण मोर्चामा सावधानी र सचेतताका साथ सहभागि हुँदाहुँदैपनि अनपेक्षित रुपमा… पुरा पढौ

पोखरा महानगरको कार्यालय २ हप्तापछि आजदेखि खुल्दै

पोखरा महानगरपालिकाको कार्यालय आजदेखि सञ्चालनमा आउँदैछ । पोखरा महानगर कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अत्यावश्यक सेवा बाहेकका अन्य सेवा असोज २९ गतेदेखि बन्द रहेकोमा आजदेखि महानगरले नियमित सेवा सञ्चालन गर्न लागेको हो । पोखरा महानगरपालिका कोरोना संक्रमण रोकथाम मूल समितिको बुधबार बसेको बैठकको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्नेगरी महानगरपालिकाबाट प्रदान गरिने सबै सेवाहरु कात्तिक १३ गते बिहीबारबाट संचालन गर्ने निर्णय गरेको थियो । पुरा पढौ

चरम लापरबाही ! स्वाब दिएका जनप्रतिनिधि दिनहुँ वडा कार्यालयमा, ९ दिनपछि कोरोना पुष्टी

पोखरा २७ का एक जना जनप्रतिनिधिलाई कात्तिक शुरु भएलगत्तदेखि रुघाखोकीले सतायो । ज्वरोसँगै सामान्य ढाड दुखाईपनि भइईरहेको थियो । ती जनप्रतिनिधिलाई भन्दापनि उनकी श्रीमती र बुहारीलाई कोरोनासँग मिल्दो लक्षण थियो । शुरुमा त केहि होईन होला भन्दै जँचाएनन्, पछि च्याप्दै गएपछि कोरोना परीक्षणका लागि कात्तिक ४ गते मंगलबार पिसीआर टेस्टका लागि स्वाब दिए । स्वाब दिएलगत्तै दशैंले छोप्यो, दशैंसँगै ल्यावका डाक्टरदेखि कर्मचारीपनि बिदामा बसे । डाक्टर र कर्मचारी नै नभएपछि पिसीआर परीक्षणको दर घटाइयो । परिणाम स्वरुप कात्तिक ४ गते… पुरा पढौ