देश

सुनको मूल्य प्रतितोला रु ३०० ले बढ्यो

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु एक लाख ९०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ४०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख एक १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँच ले घटेर रु एक हजार… पुरा पढौ

पोखरा लेडी जेसीजको जेसीज सप्ताह बैशाख ९ गते शुक्रबारदेखि

पोखरा, बैशाख ७ पोखरा लेडी जेसीजले बैशाख ९ गतेदेखि जेसीज सप्ताह आयोजना गर्ने भएको छ । पोखरा लेडी जेसीजले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी यहि वैशाख ९ देखि १५ गतेसम्म जेसीज सप्ताह गर्ने जानकारी दिएको हो । सप्ताहव्यापी कार्यक्रम बनाएको लेडी जेसीजले सात दिन सात फरक प्रकारका कार्यक्रम गर्ने कार्यतालिका तय गरेको पोखरा लेडी जेसीजकी अध्यक्ष जेसी लक्ष्मी अधिकारीले जानकारी दिईन् । पोखरा लेडी जेसीजका अनुसार जेसीज सप्ताहको पहिलो दिन औपचारिक उद्घाटन कार्यक्रम हुने छ भने सोहि दिन युवा र… पुरा पढौ

नेकपा माओवादीबाट मादी गाउँपालिकाको प्रमुखको उम्मेदवारका लागि एंगेल्स, कृष्ण, तोरण र लाल सिफारिस

पोखरा, बैशाख ७ नेकपा माओवादी केन्द्रले कास्कीको मादी गाउँपालिकाको प्रमुखमा चार जनाको नाम सिफारिस गरेको छ । गठबन्धन दलहरुबीच तालमेल भएको अवस्था बाहेक एकल चुनाव लड्नुपर्ने अवस्थाका लागि भन्दै माओवादी केन्द्रले गाउँपालिकाको प्रमुखमा एंगेल्स कार्की, कृष्णराज दाहाल, तोरण गुरुङ र लालबहादुर गुरुङको नाम सिफारिस गरेको हो । माओवादीबाट पालिका प्रमुखमा सिफारिसमा परेका एंगेल्स वाईसिएल कास्कीका अध्यक्ष तथा नेकपा माओवादी केन्द्र मादी गाउँपालिकाका उपाध्यक्ष हुन् । त्यस्तै, प्रमुखमा सिफारिसमा परेका कृष्णराज दाहाल नेकपा माओवादी केन्द्र मादी गाउँपालिकाका पूर्व अध्यक्ष हुन् भने… पुरा पढौ

डब्लुएचओका महानिर्देशक बिहीबार नेपाल आउने

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आउदै छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी भोलि (वैशाख ८ गते) अपराह्न १२ः२५ बजे नेपाल आउन लागेका हुन्। तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने छन् । त्यसैगरी उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन् । यस्तै नेपालमा रहँदा उनले नेपाल सरकारका उच्च अधिकारीसहित डब्लुएचओका नेपालस्थित प्रतिनिधि… पुरा पढौ

गण्डकी प्रदेशका सम्पदा सूचीकृत गर्न आग्रह

पोखरा । गण्डकी प्रदेशका प्राकृतिक सम्पदाहरुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले आग्रह गरेको छ । विश्व सम्पदा दिवसको अवसरमा नाट्टा गण्डकीले प्रदेशमा रहेका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक पुरातात्विक महत्व बोकेका स्थल पहिचान र संरक्षणका लागि सरोकारवालाबीच छलफल गर्दै युनेस्कोको लिष्टमा भएका सम्पदालाई सूचीकृत गर्दै थप सम्पदाको खोजीका लागि आग्रह गरेको हो । कार्यक्रममा पुरातत्व विभाग सम्पदा संरक्षण शाखाका प्रमुख रमेशराज पौडेलले गण्डकी प्रदेशमा कैयौँ प्राकृतिक सांस्कृतिक एवम् ऐतिहासिक सम्पदा रहेकाले ती सबैको… पुरा पढौ

माओवादी केन्द्रद्वारा अन्नपूर्ण गाउँपालिकाका सबै वडाको उम्मेदवार सिफारिस

पोखरा, बैशाख ७ नेकपा माओवादी केन्द्रले कास्कीको अन्नपूर्ण गाउँपालिकाका सबै वडाको उम्मेदवार टुंगो लगाएर सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्रले एकल रुपमा चुनाव लड्नुपर्ने अवस्थाका लागि गाउँपालिकाका वडाध्यक्षसहित सबै सदस्यका लागि उम्मेदवार सिफारिस गरेको हो । माओवादी केन्द्रले वडा नम्बर १ का लागि वडाध्यक्षमा गोविन्दप्रसाद अधिकारीको नाम सिफारिस गरेको छ । त्यस्तै, सदस्यका लागि शिव दाहाल, कृष्ण अधिकारी, सुनिता पौडेल र कल्पना परियारको नाम सिफारिस गरेको छ । वडा नम्बर २ मा बेदप्रसाद शर्मालाई वडाध्यक्षका लागि सिफारिस गरेको छ… पुरा पढौ

गठबन्धनको निर्णयबाट रुष्ट बनेपछि कास्की कांग्रेस कार्यालयमा तालाबन्दी

पोखरा । सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद नेकपा (एकीकृत समाजवादी) लाई दिने सहमतिपछि नेपाली कांग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ । बुधबार कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो । महानगरका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गरी तालाबन्दीको निर्णय गरेका हुन् । गठबन्धनको निर्णयले जिल्ला कार्यसमितिसँग मात्रै सोधेर पोखराको मेयर एकीकृत समाजवादीलाई सुम्पेको भन्दै आफ्नो आत्मसम्मानमा चोट पुगेको बताइएको छ । ‘प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर पदमा प्रस्ताव… पुरा पढौ

पोखरा–२९ मा माओवादी केन्द्रबाट पौडेललाई वडाध्यक्षको उम्मेदवार बनाउन सिफारिस

नेकपा माओवादी केन्द्रले पोखरा महानगरपालिका वडा नम्बर २९ को वडाध्यक्षमा रामजी पौडेललाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्र पोखरा २९ को पूर्ण बैठकले उम्मेदवार छान्न सचिवालयलाई जिम्मा दिएको थियो । सोहि अनुसार सचिवालयले पौडेललाई अध्यक्षको उम्मेदवार बनाउन महानगर कमिटीलाई सिफारिस गरेको सचिव विधान देउजाले जानकारी दिए । त्यस्तै, वडा सदस्यमा खुल्लामा धनबहादुर विक र मोहनसिंह गुरुङ, महिला सदस्यमा कल्पना गुरुङ, दलित महिला सदस्यमा सरव्ती परियार र अञ्जु परियारलाई उम्मेदवार बनाउन सिफारिस गरेको देउजाले जानकारी दिए । पुरा पढौ

अन्ततः पोखरा महानगरपालिका एकीकृत समाजवादीको पोल्टामा

पोखरा, बैशाख ६ पोखरा महानगरपालिका नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । गठबन्धनको मंगलबार बसेको बैठकले भागवण्डा टुंगाउँदै पोखरा एकीकृत समाजवादीलाई दिने निर्णय गरेको हो । यसअघि पोखरा महानगरपालिका कसले पाउने भन्नेमा विवाद थियो । पोखरा महानगरमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रलगायतले गठबन्धनबाट दाबी गर्दै आएका थिए । तर आजको निर्णयसँगै विवाद अन्त्य भएको छ । अन्ततः पोखरा महानगर एकीकृत समाजवादीको पोल्टामा परेको छ । पुरा पढौ

बाह्रौं वार्षिकोत्सवको अवसरमा युनाईटेड क्लवको रक्तदान

पोखरा ६ बैशाख । युनाईटेड क्लवले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । क्लवले आफ्नो १२ औ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको सताब्यापी कार्यक्रम अन्तर्गत आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका हुन ।नेपाल रेडक्रस सोसाईटी वडा नम्बर १० का सभापति सम्मर बहादुर श्रेष्ठले पहिलो रक्तदाता गणेश पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरि सुरु भएको कार्यक्रममा ५४ जना युवा युवतीहरुले रक्तदान गरेका हुन । सो अवसरमा वोल्दै नेपाल रेडक्रस सोसाईटी वडा नम्बर १० का सभापति सम्मर… पुरा पढौ