देश

नेपाललाई त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाको उपाधि

काठमाण्डौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधि नेपालले जितेको छ । दीपेन्द्रसिंह ऐरी र करन केसीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि चुमेको हो । ऐरीले अविजित ५४ रन बनाउनुका साथै महत्वपूर्ण चार विकेटसमेत लिए । केसीले अविजित ३३ रनको योगदान दिनुका साथै पपुवा न्युगिनीका तीन खेलाडीलाई पवेलियन फर्काए । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले निर्धारित २० ओभरमा ६… पुरा पढौ

नागरिकताको समस्या छिट्टै सामधान हुन्छ : मन्त्री खाँण

कलैया । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकताको समस्या छिट्टै सामधान हुने बताए । नेपाली कांग्रेस क्षेत्र नं १ क्षेत्रीय समितिले आज आयोजना गरेको आमसभामा उनले मधेसमा नागरिकताको ठूलो समस्या रहेको स्वीकार्दै नेपालमा जन्मेर हुर्किएकालाई नागरिकताबाट वञ्चित नगर्ने प्रतिबद्धता व्यक्त गरे । कानुनको अभावका कारण नागरिकता वितरणमा केही समस्या रहेको र त्यो समस्या अब छिट्टै सामधान हुने उनको दाबी थियो । नागरिकतासम्बन्धी कानुन निर्माणको प्रस्ताव सदनमा रहेको भन्दै उनले राष्ट्रिय सहमति जुटाएर नागरिकता ऐन बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा लागि परेको जानकारी दिए… पुरा पढौ

एमाले पार्टी कार्यालय अत्याधुनिक भवनमा सर्दै

काठमाडौँ । नेकपा (एमाले)को मुख्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । ठाउँ अभावका कारणले अहिले रहेको थापाथलीबाट एमाले मुख्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो । कार्यालय सचिव डा भीष्म अधिकारीले नयाँ वर्षका अवसरमा आगामी वैशाख १ गते पार्टी कार्यालय सर्ने जानकारी दिए । कार्यालय सञ्चालनका लागि पार्टीले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पुरै भवन भाडामा लिएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय भने अहिलेको भवनबाट पश्चिमतिर नयाँ भवन बनाइएको छ । एक वर्षअघि मात्र धुम्बाराहीस्थित पासाङल्हामु स्मृति… पुरा पढौ

एआइजी बढुवा विवाद हेर्न नमिल्ने सूचीमा

काठमाडौ । सर्वोच्च अदालतमा नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक ९डिआइजी०लाई अतिरिक्त महानिरीक्षक ९एआइजी०मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन आज पनि हेर्न नमिल्नेमा सूचीमा परेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आज सुनुवाइ तोकिएको भए पनि हेर्न नमिल्ने सूचीमा राखिएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार न्यायाधीश रेग्मीले उक्त विवाद हेर्न नमिल्ने थियो तर गोला प्रक्रियाबाट पेसी तोक्दा उहाँकै इजलासमा प¥यो । त्यसैले आज पनि सुनुवाइ हुन सकेन । एआइजी बढुवाविरुद्ध डिआइजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल… पुरा पढौ

लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्छ :अध्यक्ष नेपाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताए । उनले विगत सरकारले प्रतिगमन निम्त्याएको र अह्मकारी बनेकाले नै गठबन्धनको आवश्यकता परेको आरोप लगाए । ‘विनविन’को सिद्धान्तले गठबन्धन हुन्छ भन्दै पूर्वप्रधानमन्त्री नेपालले नेकपा(एकीकृत समाजवादी) नै असली कम्युनिष्ट पार्टी भएकाले मतदाताले कलम चिह्नमा अपार मत हाल्ने विश्वास व्यक्त गरे । उनले युक्रेन र रुसको समस्या… पुरा पढौ

गठबन्धन गर्न जिल्लामा कार्यदल बनाइने

तनहुँ । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने तनहुँका चार दलले निर्णय गरेका छन् । केन्द्रमा रहेको गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको हो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका नेताहरुको आज बसेको बैठकले आवश्यकता परेको खण्डमा वडास्तरसम्मै गठबन्धन गरेर जाने निर्णय गरेका छन् । निर्वाचनमा गठबन्धनका लागि दसवटै पालिकामा कार्यदल गठन गर्ने सहमति भएको नेपाली कांग्रेसका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । उनका अनुसार हरेक पालिकामा दुई÷दुईजना रहने गरी… पुरा पढौ

नवलपुरमा सम्बन्धविच्छेदका मुद्दा एक तिहाइ बढी

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नवलपुर जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सम्बन्धविच्छेदका मुद्दा मात्रै एक तिहाइभन्दा बढी रहेका छन् । जिल्लामा गत महिना दर्ता भएका १५६ मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका रहेको जिल्ला अदालतले जनाएको छ । अदालतका स्रेस्तेदार महेन्द्रप्रसाद पौड्यालका अनुसार फागुनमा मात्रै सम्बन्धविच्छेदका ५६ मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका मुद्दाको तुलनामा सम्बन्धविच्छेदका मुद्दा एक तिहाइभन्दा बढी अर्थात् करिब ३६ प्रतिशत हुन आउँछ । सम्बन्धविच्छेदका मुद्दा बढ्दै जानुमा वैदेशिक रोजगार र सामाजिक सञ्जाल मुख्य कारकका रुपमा देखिएको… पुरा पढौ

खानेपानी योजना चार वर्षपछि सम्पन्न

तनहुँ । तनहुँको बन्दीपुर–२ सिमलटारस्थित खानेपानी योजना चार वर्षपछि सम्पन्न भएको छ । योजना सम्पन्न भएपछि त्यस क्षेत्रका बासिन्दाले कुवाको पानी खानुपर्ने बाध्यता हटेको छ । सङ्घीय सरकारको रु एक करोड ५० लाख ७० हजारको लागतमा योजना सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रोजन बानियाँले जानकारी दिए । योजनाबाट २२५ परिवार लाभान्वित भएका छन् । सोही वडाको गिदारीबाट लिफ्ट गरी करिब एक किलोमिटर दूरीबाट पानी ल्याइएको हो । योजनाबाट सिमलटार, चामुण्डा, धारापानी र थुम्कीका बासिन्दा लाभान्वित भएका छन् । कोरोना… पुरा पढौ

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो महाधिवेशन मङ्गलबार

काठमाडौ । देशभरका साना उद्योगी तथा व्यवसायीको छाता सङ्गठन नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन यही चैत २२ गते मङ्गलबार हुने भएको छ । देशभरका झण्डै दुई दर्जन व्यापार सङ्घ आबद्ध महासङ्घको चौँथो वार्षिक साधारणसभा एवं दोस्रो राष्ट्रिय महाधिवेशन एभरेष्ट होटल नयाँ बानेश्वरमा हुन लागेको हो । साना उद्योगी तथा व्यवसायीलाई परेका समस्यालाई समाधान गर्दै मुलुकको आर्थिक विकासमा लाग्दै आएको महासङ्घले सर्वसम्मत नेतृत्व चयन गर्ने अध्यक्ष नरेश कटुवालले जानकारी दिए । महासङ्घले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले अस्वभाविकरुपले… पुरा पढौ

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मुलुक भारतको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणले स्वागत अभिवादन गरे । सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणमा गत शुक्रबार भारत भ्रमणमा गएका थिए । उनको भारत भ्रमणका क्रममा जनकपुर, जयनगर–कुर्था रेल सुभारम्भ तथा नेपाल–भारत ऊर्जा उत्पादन, विकास र विस्तारलगायत… पुरा पढौ