देश

सामुदायिक प्रहरी सेवा केन्द्र कास्कीको स्वास्थ्य शिविरमा हजार बढी लाभान्वित

१ सय १२ औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र, जिल्ला समन्वय समिति कास्कीले एक दिवसिय बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पोखरा–३२ गगनगौंडास्थित गोगन उच्च माविमा भएको शिविरमा झण्डै ११ सयले स्वास्थ्यलाभ गरे । शिविरमा महिलाहरुको पाठेघर, स्तन, दाँत परिक्षणका साथै औषधी समेत वितरण गरिएको थियो । शिविरको एक समारोहका विच उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया गुरुङ्ग अधिकारीले महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि उपचारका लागि गण्डकी प्रदेश सरकारले चितवनको भरतपुर… पुरा पढौ

वायुसेवालाई साउदी अरेबियाको उडान अनुमति

नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ। नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन कार्यालय जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स् रियादले त्यहाँका ३ वटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको पहलमा सो उडान अनुमति प्राप्त भएको हो। यसका लागि मन्त्री आलेको निर्देशनमा केही समयअघिदेखि पत्राचार एवं सम्पर्क भएको थियो। उक्त क्षेत्रको उडान अनुमति… पुरा पढौ

कास्कीको घाचोकमा पाँचतारे होटल बराबरको सुविधासहित आवासीय वृद्धाश्रम सञ्चालन गरिने

पोखरा, फागुन २३ कास्कीको माछापुच्छ«े गाउँपालिकामा आवासीय बृद्धाश्रम बन्ने भएको छ । आमा स्मृति फाउण्डेसनको पहलमा माछापुच्छ«े गाउँपालिकाको घाचोकस्थित देउपुजे भन्ने ठाउँमा ७ करोड ५३ लाख ७५ हजारको लागतमा आवासीय वृद्धाश्रम ‘नाना मोहन आश्रम’ बनाउन लागिएको हो । आश्रमको गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका उप–महासचिव पृथ्वी सुब्बा गुरुङले सोमबार शिलान्यास गरे । ईमान फाउण्डेसन जर्मनी, आमा स्मृति प्रतिष्ठान माछापुच्छ«े गाउँपालिका र नाना मोहन आश्रमको सहयोगमा ६५ वर्ष माथिका असहाय, गरीब तथा विपन्न परिवारका लागि वृद्धाश्रम निर्माण गर्न लागिएको… पुरा पढौ

माओवादीको केन्द्रीय सदस्यमा दीपक र सुमन मनोनित, रामजी बरालको नाम ल्याउनै पर्नेमा

पोखरा, फागुन २३ नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा कास्कीका दीपक कोइराला र सुमन देवकोटा मनोनित भएका छन् । नेकपा माओवादी केन्द्रको आज बसेको बैठकमा अध्यक्ष प्रचण्डले कोइराला र देवकोटालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । प्रचण्डले केन्द्रीय सदस्यका लागि प्रस्ताव गरेको लिस्टमा उनीहरुको नाम छ । प्रचण्डले प्रस्ताव गरेको ९७ जनाको लिस्टमा देवकोटाको नाम ५४ औं नम्बरमा छ भने कोइरालाको ६५ औं नम्बरमा छ । त्यस्तै प्रचण्डले कास्कीका नेता रामजीप्रसाद बराललाई केन्द्रीय सदस्यमा ल्याउनै पर्नेमा राखेका छन् । सोमबार बसेको… पुरा पढौ

गण्डकी प्रदेशको आइटी पार्क : पर्खाल निर्माण शुभारम्भ

पोखरा ।गण्डकी प्रदेशको आइटी पार्क निर्माण कार्यको शुभारम्भ भएको छ । सोमबार कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले आइटी पार्क निर्माणको शुभारम्भ गरेका हुन्। करिब ९६ रोपनी जग्गामा निर्माण हुँदै गरेको आइटी पार्कको पर्खाल निर्माणको शिल्यान्यास गरिएको छ ।मन्त्री थापाले पर्खाल निर्माणको शिल्यान्यास सँगै आइटी पार्क निर्माणको कार्य अगाडि बढेको जानकारी गराए। ‘पर्खाल निर्माणको शिल्यान्याससँगै आइटी पार्क निर्माण कार्य शुभारम्भ भएको जानकारी गराउन पाउँदा खुशी लागेको छ’, मन्त्री थापाले भने, ‘सूचना प्रविधि पार्कको विस्तृत प्रतिवेदनको कार्य… पुरा पढौ

नेपाली काग्रेस वैदाम ६ को प्रजातान्त्रिक सम्बाद यात्रा सम्पन्न

पोखरा, फागुन २३ । नेपाली काग्रेस पोखरा महानगर पालिका वडा समिति ६ बैदामले “प्रजातान्त्रिक सम्बाद यात्रा” कार्यक्रम आइतबार सम्पन्न गरेको छ ।नेपाली काग्रेसमा लागेर नेपालमा प्रजातन्त्र ल्याउन गरेका त्याग, तपश्या र योगदान बारेमा सर्वसाधरण लाईु जानकारी दिने उद्ेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।्बैदाम क्षेत्रमा रहेर प्रजातन्त्रको बारेमा “प्रजातान्त्रिक सम्बाद यात्रा” मार्फत प्रजातन्त्रका सेनानीहरुले इतिहासमा भोगेका घटना क्रमहरुलाई नयाँ पुस्ताहरुमा शिक्षा मिलोस भन्ने उद्ेश्यका साथ नेपाली कागे्रसको बारे बुझौ, लेखौं र पढायौ भन्ने भावनाले कार्यक्रमको सुभारभ्भ गरिएको इकाई सभापति सन्तोष… पुरा पढौ

सृजना कप छात्र/छात्रा भलिबल प्रतियोगिता चैत ४ गतेदेखि ७ गतेसम्म हुने

पोखरा, फागुन २२ पोखरामा चैतको पहिलो साता सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा चैत ४ गतेदेखि ७ गतेसम्म सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिता हुने भएको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ विगत ४ वर्षदेखि शुरु भएको प्रतियोगिताको यो चौथो संस्करण गर्न लागेको आयोजक कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराले आइतबार पोखरामा पत्रकार… पुरा पढौ

बाल समाजसेवी प्रिन्सा काइण्डनेस क्लब मदरल्याण्डद्धारा सम्मानित

पोखरा, २२ फागुनकाइण्डनेस क्लब मदरल्याण्ड बोडिङ स्कुल पोखराको दोस्रो वर्षमा प्रदेश गरेको अवसरमा सम्मान कार्यक्रम गरेको छ । क्लबले पोखराकी समाजसेवी बालिका प्रिन्सा रेग्मीलाई सम्मान गरेको छ । सानै उमेरमा समाज सेवामा सक्रिय रेग्मीलाई क्लबले नगद १० हजार, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।कोरोना भाइरस महामारीको बेला निःशुल्क माक्स वितरण, खाद्यन्न वितरण, स्वास्थय सामग्री वितरण, कापी किताब वितरण लगाएतका विभिन्न समाज सेवाको काम गर्दै आएकी छन् ।सोही अवसरमा काइण्डनेस क्लबले प्रदान गर्ने काइण्डनेस टिचरको अवार्डबाट नुरमाया केसी सम्मानीत भइन्… पुरा पढौ

अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ कास्कीको अध्यक्षमा लामा

पोखरा २१ फागुन ।अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ कास्कीको अध्यक्षमा सरोज लामा सर्वसम्मत रुपमा चयन भएका छन । शनिवार आयोजित संघको प्रथम भेलाले कास्कीको अध्यक्षमा सरोज लामा सहित ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।जस अन्तर्गत संघको उपाध्यक्षमा भरत बहादुर सुवेदी, सचिवमा सविता कुमारी शर्मा र कोषाध्यक्षमा सीता अधिकारी चयन भएका छन । त्यसैगरी सदस्यहरुमा जीवन तिवारी, शिव पाण्डे, वैकुण्ठ भण्डारी, बिकास भुजेल, मन बहादुर धामी र मञ्जु गौतमलाई चयन गरिएको छभने दुई जना सदस्य… पुरा पढौ

४ प्रदेशमा प्रेस चौतारीको नयाँ नेतृत्व

प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशमा नयाँ नेतृत्व चयन गरिएको छ। शनिबार यहाँ भएको प्रथम संयुक्त अघिवेशनले चारै प्रदेशमा नयाँ नेतृत्व चयन गरेको हो। बागमती प्रदेशको अध्यक्षमा शरद सापकोटा, उपत्यकाको अध्यक्षतामा विष्णु आचार्य, प्रतिष्ठानको अध्यक्षमा सरोज ढुंगेल र एसोसिएट अध्यक्षमा श्रीहरि थापा निर्वाचित भएका छन्। सबै प्रदेशमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो। बागमती प्रदेशको महासचिवमा प्रकाश दाहाल, उपत्यकाका महासचिवमा धनश्याम धमला र प्रतिष्ठानको महासचिवमा भिसा काफ्ले निर्वाचित भएका छन्। अधिवेशनको नेकपा (एमाले) का उपाध्यक्ष सुभाषचन्द्र… पुरा पढौ