देश

चितवनलाई यातायात सेवाको हब बनाइन्छः अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनलाई यातायात सेवाको हबका रुपमा विकास गरिने बताएका छन् । यातायात व्यवस्था सेवा कार्यालयले सुरुआत गरेको सवारी दर्ता र सवारी चालक अनुमतिपत्र नवीकरण कार्यक्रम आज शुभारम्भ गर्दै उनले जिल्लावासीले अब सहजै सेवा पाउने बताए । जिल्लावासी यातायातसँग सम्बन्धित कामका लागि टाढा जानु नपर्नेमा जोड दिँदै उनले भने, “यो क्षेत्रलाई नेपालकै ठूलो यातायात सेवाको हब बनाइने छ ।” यातायात कार्यालयका लागि जग्गा र पूर्वाधार निर्माणका लागि पहल गरिने उनको भनाइ… पुरा पढौ

आज सूर्यग्रहण लाग्दै, नेपालबाट देखिदैँन

आज शनिवार सूर्यग्रहण लाग्ने भएको छ । आजको सूर्यग्रहणलाई अंग्रेजी वर्षको अन्तिम सूर्यग्रहण मानिएको छ । बिहान १०ः५९ बजेदेखि दिउँसो ३ः०७ बजेसम्म सूर्यग्रहण लाग्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार नेपाल लगायत दक्षिण एसियाली देशहरुबाट सूर्यग्रहण देखिदैन। यो सूर्यग्रहण पृथ्वीको दक्षिणी गोलार्धका विभिन्न ठाउँबाट देखिने छ। नेपाल पृथ्वीको दक्षिणी गोलार्धमा नभएकाले यो सूर्यग्रहण नेपालबाट नदेखिने भएको हो। अस्ट्रेलिया, दक्षिण अफ्रिका, लेसेथो, नामिबिया, चिली, न्युजिल्यान्ड,  दक्षिण अमेरिका र अन्टार्कटिकामा सूर्यग्रहण देखिने संचार माध्यमहरुले बताएको छ। जब चन्द्रमा… पुरा पढौ

कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार कक्षा १२ मा तीन लाख ७४ हजार १५ परीक्षार्थीमध्ये सात हजार ३६ जनाले ‘ए’ प्लस ग्रेड ल्याएको, ४८ हजार २३९ जनाले ‘ए’ ग्रेड ल्याएको, ७० हजार एक जनाले ‘बी’ प्लस र ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’ ग्रेड ल्याएका छन् । ‘सी’ प्लस ग्रेड परीक्षार्थी ७५ हजार ८८ जना र… पुरा पढौ

प्रतितोला रु. २०० ले घट्यो सुनः चाँदीको मूल्य स्थिर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. २०० ले घटेर रु. ९१ हजार ३०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९१ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९० हजार ८०० तोकिएको छ जसको मूल्य बिहीबार प्रतितोला रु. ९१ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला रु.… पुरा पढौ

पार्टीमा होइन, सरकारको कामकारवाहीमा अर्जुनदृष्टि लगाउन देउवालाई गोपालमानको सुझाव

कांग्रेस पूर्व उपसभापति गोपालमान श्रेष्ठले सभापति देउवालाई आफ्नो अर्जुनदृष्टि सरकारमा लगाउन सुझाव दिएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम अधिवेशनको विहीबार पोखरामा उद्घाटन गर्दै उनले भने,‘प्रधानमन्त्रीको जिम्मेवारी भनेको सरकार सफल बनाउनुतिर हुनुपर्छ, म उहाँलाई आफ्नो अर्जुनदृष्टि सरकारतर्फ लगाउन आग्रह गर्छु ।’ प्रधानमन्त्री देउवाले सरकारमा भन्दा पार्टीमा बढी ध्यान दिएको उनको भनाई थियो । उनले पार्टीलाई व्यक्ति व्यक्तिको कांग्रेस बनाउन नहुने बताए । ‘अहिले पार्टीमा शेरबहादुर कांग्रेस, रामचन्द्र कांग्रेस, अर्को कांग्रेस भनेजस्तो देखिएको छ, तर हामीलाई कांग्रेसलाई व्यक्ति व्यक्तिको कांग्रेस… पुरा पढौ

गुट नभनी सक्षम नेतृत्व चयन गर्न कांग्रेस बरिष्ठ नेता पौडेलको अपिल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वले पार्टीलाई सिद्धान्त अनुसार हिंडाउन नसकेको आरोप लगाएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम अधिवेशनको विहीबार पोखरामा उद्घाटन गर्दै उनले नेतृत्वले पार्टीलाई कांग्रेसको सिद्धान्त, बिचार र आदर्श अनुसार हिंडाउन नसकेको आरोप लगाएका हुन् । उनले झण्डै ७० प्रतिशत जनमत भएको कांग्रेस २५ प्रतिशतमा खुम्चिएको भन्दै यसो हुनुमा पार्टी सिद्धान्त अनुसार नहिंडेर भएको बताए । उनले पार्टी गुट, उपगुटमा विभक्त बनेको भन्दै यहि कारण पार्टी कमजोर भएको बताए । नत्र नेताचाहिं बलियो अनि पाटीचाहिं… पुरा पढौ

एशियन फोरमको छलफल तथा अन्तरक्रिया

पोखरा । वैदेशिक रोजगारीमा देखिएका कमि कमजोरीलाई न्यूनीकरणको लागि राज्यलाई नितिगत पैरवी गर्दै आएको गैरसरकारी संस्था एशिया मानव अधिकार तथा सांस्कृतिक बिकास मञ्च (एशियन फोरम)को छलफल तथा अन्तरक्रिया बिहिवार सम्पन्न भएको छ । पोखरामा गण्डकी प्रदेश तथा कास्की जिल्ला समितिको सम्युक्त आयोजनामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष सिद्धिचन्द्र बरालले कोरोनाको कारण प्रायः जसो गैरसरकारी संस्था बन्द भएको अवस्थामा एशियन फोरमले कोरोनाले वढि असर पारेको क्षेत्रमा कार्य गरेको वताए । सो अबसरमा पुर्व अध्यक्ष निरज थापाले संस्थाले काठमाडौ उपत्यका, तनहुँ र कास्की… पुरा पढौ

पशुपति क्षेत्रमा भक्तजनको भीड, बाला चतुर्दशी मेलाको तयारी पूरा

काठमाडौँ । दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् । पशुपति क्षेत्रमा सहजरुपमा बत्ती बालेर बस्ने स्थान पाउन मुस्किल हुने गरेको तेह्रथुमबाट बत्ती बाल्न आएका श्याममणि ढुङ्गानाले गुनासो गरे। मार्गशीर्षकृष्ण त्रयोदशीको बेलुकी पशुपतिनाथमा दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ । रातभर जाग्राम बसेर मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान दीप वाग्मतीमा सेलाएर पशुपति क्षेत्रका विभिन्न… पुरा पढौ

सन्दर्भः नेपाली काँग्रेसको १४ औं महाधिवेशन, लोगो सार्वजनिक गरिदैँ

नेपाली काँग्रेसको १४ महाधिवेशनको लोगो आज (बिहीबार) सार्वजनिक गरिने भएको छ। पार्टीको १४ औं महाधिवेशनको नजिकिदैँ गर्दा काँग्रेसले महाधिवेशनको लोगो सार्वजनिक गर्न लागेको हो। पार्टी सभापति शेरबहादुर देउवाले आज अपराह्न ४ बजे महाधिवेशनको लोगो सार्वजनिक गर्दै छन्। प्रदेश महाधिवेशनको उद्घाटनसँगै महाधिवेशनको लोगो सार्वजनिक गर्ने काँग्रेसको प्रचारप्रसार विभागले जानकारी दिएको हो। आज लोगो सार्वजनिक भएपनि २ दिनपछि मात्र होडिङबोर्ड, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट प्रचारप्रार गरिने जनाइएको छ। महाधिवेशनको नारा पनि तय गरिएको छ। विभागका अनुसार ‘उत्साह, एकता, रूपान्तरण सफल बनाउन नेपाली… पुरा पढौ

वर्षा र हिमपातको संभावना, पर्वतारोहणमा नजानू

गण्डकी प्रदेश लगायत आज (बिहीबार) देशका धेरै ठाउँको मौसम बद्ली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रका कारण आज देशका धेरै ठाउँमा पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले मौसम सम्बन्धी विशेष बुलेटिन निकालेर आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने र हिमाली जिल्लामा भारी हिमपात हुन सक्ने जनाएको हो। महाशाखाका अनुसार आज दिउँसो गण्डकी लगायत सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा… पुरा पढौ